Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #छठ
  • #‘जेरी अन टप’
  • #नेपाली कांग्रेसका
  • #पूर्णबहादुर खड्का
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सत्ता जोगाउन मुख्यमन्त्री पाण्डेलाई सकस ,आज विश्वासको मत लिँदै
सत्ता जोगाउन मुख्यमन्त्री पाण्डेलाई सकस ,आज विश्वासको मत लिँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ २८, २०८१
  •  विश्वासको मत नपाए मुख्यमन्त्रीबाट सुरेन्द्रराज पाण्डे पदच्युत हुने
  •  विश्वासको मत दिन एमालेसँग याचना
  •  ६० सदस्यीय संसद्मा कांग्रेसका २७, एमालेका २२, माओवादीका सभामुखसहित आठ, राप्रपाका दुई र एक जना स्वतन्त्र सांसद


काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् । आज बिहानसम्ममा राजनीतिक उथलपुथल भएमात्रै उनले विश्वासको मत पाउन सक्छन् । नभए उनी विश्वासको मत नपाएर सत्ताच्युत हुने अवस्थामा छन् । विश्वासको मतका लागि दिउँसो प्रदेशसभा बैठक बस्दै छ । 

बैठक बस्नुअघि मुख्यमन्त्री पाण्डेले पत्र लेख्दै नेकपा एमालेसँग सहयोगको याचना गरेका छन् । संसद् टिकाउन भए पनि विश्वासको मत दिन एमालेलाई पाण्डेको आग्रह छ । नेपालको संविधान र प्रदेशसभा नियमावली, २०८० ले व्यवस्था गरेबमोजिम आफूले २०८१ जेठ २८ गते दिनको ३ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्न लागेको मुख्यमन्त्री पाण्डेको पत्रमा भनिएको छ ।

उनले पत्रमार्फत भनेका छन्, ‘स्थायित्व र जनआकांक्षाअनुरुप प्रदेशको समग्र विकास तथा उन्नति हामी राजनीतिक दलबीचको सहकार्य र समन्वयबाट मात्रै सम्भव छ ।’राजनीतिक दलबीचको सहकार्यबाट स्थिर सरकार निर्माण गरी प्रदेशलाई दिगो विकासको दिशामा अगाडि बढाउन आफूलाई विश्वासको मत दिनुपर्ने पनि उनको तर्क छ । उक्त पत्र प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले एमालेका मुख्य सचेतक गोविन्द नेपालीलाई आइतबार हस्तान्तरण गरेका छन् ।

Hardik health

नेपालीले भने केन्द्रीय गठबन्धनअनुसार एमाले अघि बढ्ने बताए । उनले कांग्रेसका मुख्यमन्त्री पाण्डेलाई कुनै पनि हालतमा विश्वासको मत दिन नसकिने उल्लेख गरे । ‘मुख्यमन्त्रीजीले विश्वासको मत माग्नुभएको छ । त्यो स्वाभाविक नै हो तर हामी दिँदैनौं,’ उनले भने प्रभावसँग भने, ‘हामी केन्द्रीय गठबन्धनबाट अलग भएर निर्णय लिँदैनौं ।’उनी दोस्रोपटक यही १६ जेठमा मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश संसद्मा सबैभन्दा धेरै सदस्य भएका दलको नेताको हैसियतमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । 

यसअघि संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त एमाले संसदीय दलका नेता खगराज अधिकारीले लिएको विश्वासको मतलाई जेठ १४ मा सर्वोेच्च अदालतले असंवैधानिक ठहर गरेको थियो । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले कांग्रेस संसदीय दलका नेता पाण्डेलाई ४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो । जुन अल्पमतको सरकार हो ।

यसरी नियुक्त मुख्यमन्त्री पाण्डेले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । तर, उनले त्यसअघि नै विश्वासको मत लिन लागेका हुन् । उनी पहिलोपटक नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका थिए । तर, केन्द्रमा सत्ता समीकरण फेरबदल भएसँगै माओवादीले समर्थन फिर्ता लिएपछि पाण्डे सरकार अल्पमतमा परेको थियो । त्यसपछि भने प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नदेखेपछि उनले राजीनामा दिएका थिए । गत चैत २५ मा माओवादीको समर्थनमा एमालेका अधिकारी मुख्यमन्त्री बनेका थिए ।

६० सदस्यीय प्रदेश संसद्मा प्रदेश सभामुख कृष्णप्रसाद धितालले ३० सांसदको समर्थनलाई नै बहुमत घोषणा गरेका थिए । जसआधारमा उनले विश्वासको मत पाएको घोषणासमेत गरेका थिए । संसद्मै कांग्रेसले हंगामा मच्चाएको थियो । उसले कानुनी चुनौती दिने चेतावनी दिएको थियो । नभन्दै पाण्डे सर्वोच्च गए । अन्ततः अधिकारीले पाएको भनिएको विश्वासको मत सर्वोच्चबाट अवैध ठहर भयो । यसपछि विश्वासको मत बदर गर्दै मुख्यमन्त्रीमा पाण्डेलाई नै नियुक्त गर्न सर्वोच्चले आदेश दिएको हो । सोहीअनुसार मुख्यमन्त्री नियुक्त पाण्डेलाई यतिबेला भने विश्वासको मत पाउन हम्मेहम्मे छ ।

प्रदेश संसद्मा कांग्रेसका २७, एमालेका २२, माओवादीका सभामुखसहित आठ, राप्रपाका दुई र एक जना स्वतन्त्र सांसद छन् । पाण्डेलाई राप्रपाका दुई सांसदले विश्वासको मत दिए पनि सरकार टिक्ने अवस्था छैन । कतिपयले भने गण्डकी प्रदेश मध्यावधि चुनावको डिलमा पुगेको विश्लेषण गर्न थालेका छन् । यदि, मुख्यमन्त्री पाण्डेले विश्वासको मत नपाए संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार बन्ने छ ।
 


प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ?
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ? सोमबार, कात्तिक १०, २०८२
जनताले अपेक्षाअनुसार एकताबद्ध भए अघि बढ्नु पर्ने:कार्यबाहक सभापति खड्का
जनताले अपेक्षाअनुसार एकताबद्ध भए अघि बढ्नु पर्ने:कार्यबाहक सभापति खड्का सोमबार, कात्तिक १०, २०८२
देउवा दम्पत्ती  सिंगापुर जाँदै
देउवा दम्पत्ती  सिंगापुर जाँदै सोमबार, कात्तिक १०, २०८२
परिवर्तन पक्षधर शक्तिबीच सहकार्यको भावना सुदृढ गर्नुपर्छ: संयोजक दाहाल
परिवर्तन पक्षधर शक्तिबीच सहकार्यको भावना सुदृढ गर्नुपर्छ: संयोजक दाहाल सोमबार, कात्तिक १०, २०८२
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड आइतबार, कात्तिक ९, २०८२
बहुपक्षीय आन्दोलनको चेतावनीले त्रस्त सरकार, संवादमा आउन अपिल
बहुपक्षीय आन्दोलनको चेतावनीले त्रस्त सरकार, संवादमा आउन अपिल आइतबार, कात्तिक ९, २०८२
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
एन आई सी एशिया बैंकको सम्पत्ति लिलाममा
एन आई सी एशिया बैंकको सम्पत्ति लिलाममा
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP