Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #मट्यांग्राे
  • #दक्षिण कोरिया
  • #लिपुलेक
  • #घुँगीफोर गरुड
  • #विदेसिनेको संख्या
  • #विपद्का घटना
  • #दुर्घटना
  • #गाजा
Search Here
समाचार
  • Home
  • समाचार
  • झापामा ४२ हजार मनसुनजन्य विपद्‍बाट प्रभावित हुने प्रक्षेपण
झापामा ४२ हजार मनसुनजन्य विपद्‍बाट प्रभावित हुने प्रक्षेपण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ २४, २०८१

झापा -  यस वर्षको मनसुनमा जिल्लामा ४२ हजारभन्दा बढी मानिस बाढी र डुबानको समस्याबाट प्रभावित हुनसक्ने प्रक्षेपण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् प्रतिकार्य योजना २०८१ अनुसार करिब ४२ हजार मानिस बाढी र डुवानबाट प्रभावित हुने अनुमान गरिएको हो ।

समितिको प्रक्षेपणअनुसार १५वटै पालिकाका नौ हजार घरपरिवार मनसुनजन्य विपद्बाट प्रभावित हुनेछन् । जिल्लामा मनसुनजन्य विपद्मा बाढीको समस्या धेरै हुने गरेको विगतको तथ्याङ्कले देखाउँछ । उक्त अनुमान अनुसार अहिलेदेखि नै जोखिम न्यूनीकरण र व्यवस्थापनको तयारी तीव्र बनाइएको समितिले जनाएको छ । 

नेपाल रेडक्रस सोसाइटीले राहत सामग्री, एम्बुलेन्स र स्वयंसेवक दस्ता तयारी अवस्थामा राखेको छ । झापाका नौवटा नदीमा आउने बाढीबाट सबैभन्दा धेरै प्रभावित हुने गरेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको अभिलेखअनुसार कनकाई, मेची, बिरिङ, रतुवा, कमल, बनियानी, निन्दा, हडिया र टाङटिङ नदीमा आउने बाढीबाट स्थानीय बासिन्दा प्रभावित बन्ने गरेका छन् ।

दक्षिण–पश्चिम झापाको बाढी र डुबानको जोखिममा रहेका बाह्रदशी, झापा र गौरीगञ्ज पालिकामा उद्धार तथा राहत कार्यका लागि रबर बोटको व्यवस्था गरिसकेको प्रजिअ बाँस्तोलाले बताउनुभयो । उहाँले भन्नुभयो, “बाढीको उच्च जोखिममा रहेका गाउँमा जुनसुकै बेला उद्धार तथा राहत पुर्याउन रबर बोटको व्यवस्था मिलाएका छौँ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसले यसका लागि समन्वय गरेर कार्य गर्नेछन् । जनधनको क्षति हुन नदिन सबै पक्षसँग समन्वय गरेर आवश्यक पूर्वतयारी गरिरहेका छौँ ।”

विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् प्रतिकार्य योजना २०८१ अनुसार कनकाई नदीको कटान र डुबानले यस वर्ष झापा, गौरीगञ्ज, शिवसताक्षी र कनकाई पालिकाका दुई हजार दुई सय ४९ घरका १० हजार तीन सय ४५ जना विस्थापित हुने सम्भावना छ ।

मेची नदीबाट मेचीनगर, भद्रपुर नगरपालिका र कचनकवलका एक हजार ९० घरका पाँच हजार १४ र विरिङ नदीबाट कनकाई, बाह्रदशी, कचनकवल, झापा, अर्जुनधारा र बुद्धशान्ति पालिकाका दुई हजार एक सय १५ घरका नौ हजार सात सय २९ जना विस्थापित हुने सम्भावना छ । 
    
यसैगरी, रतुवा नदीबाट दमक, कमल, गौरादह र गौरीगञ्जका एक हजार तीन सय ३० घर, कमल र बनियानीबाट गौरीगञ्ज, शिवसताक्षी र कमलका एक हजार १५ घर, निन्दाबाट मेचीनगरका एक सय ५०, हडिया नदीबाट बुद्धशान्ति र मेचीनगरका तीन सय ५० घर, टाङटिङबाट अर्जुनधाराका दुई सय ५० घर र देउनियाँ नदीबाट भद्रपुर र हल्दिबारीका चार सय ४५ घर विस्थापित हुन सक्ने पक्षेपण गरिएको समितिका अध्यक्ष एवं प्रजिअ बाँस्तोलाले जानकारी दिए ।

समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बाढीको उच्च जोखिमबाट समुदायलाई सुरक्षित राख्न सरोकार भएका सबै निकायलाई तयारी अवस्थामा राखिएको बताए  । उनले जिल्ला विपद् व्यवस्थापनको कोषमा रु एक करोड ५० लाख सञ्चित रहेको जानकारी दिए । उक्त रकम बाढीलगायत विपद्का कारण जीउधन गुमाउने परिवारलाई तत्काल राहत तथा उद्धारमा खर्च गरिने छ । 

मृतकका परिवारलाई रु दुई लाख र घर क्षति भएका परिवारलाई रु १५ देखि २० हजारसम्मका दरले कोषबाट राहत उपलब्ध गराइने प्रजिअ बाँस्तोलाले जानकारी दिए । उनका अनुसार जिल्लाका १५ वटै पालिकामा अलग–अलग विपद् कोष स्थापना गरी पालिका अनुसार रु १० देखि ५० लाखसम्मको रकम रहेको छ ।

 


प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १९:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पशुपति क्षेत्र विकास कोषले तिज विशेष पार्किङ व्यवस्था 
पशुपति क्षेत्र विकास कोषले तिज विशेष पार्किङ व्यवस्था  आइतबार, भदौ ८, २०८२
राष्ट्रपतिसँग विपिन जोशीका परिवारले गरे  भेट
राष्ट्रपतिसँग विपिन जोशीका परिवारले गरे  भेट आइतबार, भदौ ८, २०८२
खोटाङमा श्रमदान अभियान
खोटाङमा श्रमदान अभियान आइतबार, भदौ ८, २०८२
 टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
 टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु आइतबार, भदौ ८, २०८२
शिक्षा विधेयकमा विरोध कायमै
शिक्षा विधेयकमा विरोध कायमै आइतबार, भदौ ८, २०८२
प्रहरी र पत्रकारबीच घम्साघम्सी 
प्रहरी र पत्रकारबीच घम्साघम्सी  शुक्रबार, भदौ ६, २०८२
क्षमता अभिवृद्धि केन्द्र उद्घाटन गर्दै: मन्त्री यादव
क्षमता अभिवृद्धि केन्द्र उद्घाटन गर्दै: मन्त्री यादव शुक्रबार, भदौ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म गएँ अब भाउजू ! 
म गएँ अब भाउजू ! 
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP