Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
विश्व
  • Home
  • विश्व
  • मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा शेनबाम निर्वाचित
मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा शेनबाम निर्वाचित
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ २१, २०८१

एजेन्सी -  सर्वोच्च राजनीतिक ओहोदामा पुग्ने पहिलो महिला  क्लाउडिया शेनबाम निर्वाचित भएकी छिन् ।  मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा क्लाउडिया शेनबाम निर्वाचित भएकी हुन्  । 

मेक्सिको सिटी निबासी ६१ वर्षीय पूर्व मेयर तथा प्रशिक्षणद्वारा वैज्ञानिक बनेका उनले ५८ देखि ६० प्रतिशत मत प्राप्त गरेको ‘नेसनल इलेक्टोरल इन्स्टिच्युट’ले जनाएको छ । विशेष गरी दुई दर्जनभन्दा बढी आकांक्षी स्थानीय राजनीतिज्ञहरूको हत्या भएको रक्तपातपूर्ण चुनावी प्रक्रियापछि भएको निर्वाचनमा मेक्सिकाले महिला नेतृत्व पाएको छ ।

मतदाताहरूको सुरक्षाका लागि हजारौं सैनिकहरू तैनाथ गरिएको थियो । शेबनामले प्राप्त गरेको मत प्रतिशत उहाँको मुख्य प्रतिद्वन्द्वी जोचिटल गाल्भेजभन्दा ३० प्रतिशत अङकभन्दा बढी हो भने लामो समयदेखि मध्यमार्गी जोर्ज अल्भारेज मेनेजभन्दा ५० प्रतिशत अङ्क बढी हो । 

निर्वाचनमा अति हिंसात्मक लागूऔषध गिरोहले आतङ्कित पारेका क्षेत्रहरूमा छिटपुट हिंसाका बावजुद ल्याटिन अमेरिकी राष्ट्र मेक्सिकोभरिका मतदान केन्द्रहरूमा मतदाताहरूको भीड लागेको थियो । उनले आफू निर्वाचित हुन पहिले नै मतदान भएको दिनलाई ‘ऐतिहासिक दिन’ का रूपमा घोषणा गरेकी थिइन्  ।

Sonam Lhosar
Hardik health

मतदानपछि शेबनामले आफूलाई आँफैले दिएको मत आफ्नो जीतका लागि नभई ९३ वर्षीया अग्रज वामपन्थी नेता इफिजेनिया मार्टिनेजको सम्मानका लागि भएको बताएकी थिइन्  । “लोकतन्त्र दीर्घकालसम्म रहिरहनेछ,” शेनबामले आफू निर्बाचित बनेपछि शुभचिन्तक तथा सहयोगी कार्यकर्ताको भीडलाई सम्बोधन गर्दै घोषणा गरिन्  । 

निर्वाचन सकिएपछि गाल्भेजले आफ्ना अनुयायीहरूलाई मतगणनालाई नजिकबाट नियाल्न आग्रह गरेकी थिइन् । “हामी अधिनायकवाद र सत्ताविरुद्ध प्रतिस्पर्धा गरिरहेका छौं र उनीहरु जे पनि गर्न सक्षम छन्,” सिनेटर तथा आदिवासी मूलकी व्यवसायीसमेत रहेकी ६१ वर्षीया गाल्भेजले भनिन्  । 

हरेक दिन करिब १० जना महिला वा बालिकाको हत्या हुने मेक्सिकोको सबैभन्दा अग्लो राजनीतिक सिसाको छाना एक महिलाले तोडेको भन्दै बिजय ¥यालीमा सहभागी महिलाले खुशी व्यक्त गरेकी छन् । मेक्सिको सिटीकी ५५ वर्षीया क्लिनर क्लेमेन्सिया हर्नान्डेजले भनिन्, “नवनिर्वाचित महिला राष्ट्रपति शेनबाम यो देशका लागि परिवर्तनको बाहक बन्नुहुनेछ । उहाँले महिलाका लागि अझ धेरै काम गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ ।”

उनले भनिन्, “मेक्सिकोमा धेरै महिला आफ्ना जीवनसाथीको अधीनमा छन् । उनीहरूलाई कामका लागि घरबाट बाहिर निस्कन दिइएको छैन । यस्तो अवस्थामा एक महिला देशको सर्वोच्च राजनीतिक पद धारण गर्नसक्नु समस्त महिलाहरूको विजय हो ।” यद्यपि, ३० वर्षीया डेनिएला पेरेजले महिला राष्ट्रपति हुनु देशका लागि ‘ऐतिहासिक कुरा’ हुने बताइन्  । राष्ट्रपतिका मुख्य दुबै उम्मेदवार उहाँको विचारमा ‘पूर्णतया नारीवादी’ थिएनन् ।

रसद कम्पनीका प्रमुख व्यवस्थापक पेरेजले भन्नुभयो, “हामीले महिला अधिकारमा सुधार ल्याउन, महिला हत्याको समस्या समाधान गर्न र महिलाहरूलाई थप सहयोग गर्न उनीहरूको भूमिका हेर्नुपर्नेछ ।” शेनबामले आफ्नो लोकप्रियताको धेरै श्रेय निवर्तमान राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरलाई दिनुभएको छ । बामपन्थी नेता तथा मोरेना पार्टीका सल्लाहाकार ओब्राडोरले राष्ट्रपतिको दोस्रो कार्यकालका लागि अनुमोदन दर ६० प्रतिशतभन्दा बढी हुँदाहुँदै पनि उहाँले दोस्रो कार्यकालका लागि आफुलाई निर्वाचनमा सहभागी गराउनुभएको थिएन । 

सडक खाना विक्रेता ५० वर्षीया रीना बाल्बुएनाले सत्तारुढ मोरेना पार्टीले वृद्धवृद्धा र बालबालिकालाई धेरै सहयोग गरेकाले आफूले शेनबामलाई मतदान गरेको बताइन्  । राजनीति, अपराध र भ्रष्टाचारको पर्यायजस्तो देखिने मेक्सिकोमा लागूऔषध तस्करहरूले आफ्ना मनपर्ने उम्मेदवारलाई जिताउन निकै हदसम्म प्रयास गरे ।निर्वाचन सुरु हुनुभन्दा केही घण्टाअघि हिंसात्मक पश्चिमी राज्यमा एक स्थानीय उम्मेदवारको हत्या भएको अधिकारीहरूले बताएका छन् ।

मध्य मेक्सिकोको पुएब्ला राज्यमा अज्ञात व्यक्तिले मतपत्र चोर्न मतदान केन्द्रमा आक्रमण गर्दा दुई जनाको मृत्यु भएको स्थानीय सुरक्षा स्रोतले एएफपीलाई जानकारी दिएको छ ।हिंसाका कारण दक्षिणी राज्य चियापासका दुई नगरपालिकामा मतदान स्थगित गरिएको छ ।

शेनबामले राष्ट्रपति लोपेज ओब्राडरको गोली होइन, अङ्कमाल (हग्स नट बुलेट्स) भन्ने विवादास्पद रणनीतिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेकी  छन् । यो नारा सज्जनको लागि झट्ट सुन्दा ठीक लागेपनि मेक्सिकाका हिंसाग्रस्त समुदायमा सक्रिय आपराधिक समूहसँगको अङ्कमाल देशका लागि घातक बन्ने उहाँका आलोचकले बताएका छन् ।

शेबनामका प्रतिस्पर्धी नेता गाल्भेजले कार्टेलसँग सम्बन्धित हिंसाको लागि कडा दृष्टिकोण अपनाउने निर्वाचन अभियानको नारा बनाएको थियो भने ‘अपराधीहरूको लागि अङ्कमाल समाप्त भएको’ घोषणा गर्नुभएको थियो । कार्टेलको अर्थ  स्वतन्त्र बजार सहभागीहरूको समूह हो र यसले एकअर्कासँग सहकार्य गर्दछ र साथसाथै आफ्नो नाफा सुधार गर्न र बजारमा प्रभुत्व जमाउन एकअर्कासँग प्रतिस्पर्धा नगर्न सहमत हुन्छ । 

सरकारले सन् २००६ मा लागूऔषध ओसारपसारविरुद्ध लड्न सेना परिचालन गरेयता चार लाख ५० हजारभन्दा बढी मानिसको हत्या भइसकेको छ भने हजारौँ बेपत्ता भएका छन् ।नवनिर्वाचित राष्ट्रपतिले विशेष गरी सीमापार लागुऔषध तस्करी र बसाइँसराइ र छिमेकी मुलुक संयुक्त राज्य अमेरिकासँगको तनावपूर्ण सम्बन्धजस्ता जटिल मुद्दाहरूको व्यवस्थापन पनि गर्नुपर्नेछ ।यो निर्वाचनबाट नयाँ राष्ट्रपति चयनसँगै संसद सदस्य, गभर्नर र असङ्ख्य स्थानीय अधिकारी चयनसहित कुल २० हजारभन्दा बढी पदहरूमा जनप्रतिनिधिको चयन भएको छ ।
--- 


प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १६:०४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण युक्रेनमा विद्युत कटौती : रुसी अधिकारीको आरोप
दक्षिण युक्रेनमा विद्युत कटौती : रुसी अधिकारीको आरोप आइतबार, माघ ४, २०८२
इयु-मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता
इयु-मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता आइतबार, माघ ४, २०८२
पाकिस्तानको मलमा आगलागी :६ जनाको मृत्यु, २० भन्दा बढी घाइते
पाकिस्तानको मलमा आगलागी :६ जनाको मृत्यु, २० भन्दा बढी घाइते आइतबार, माघ ४, २०८२
अमेरिकाद्वारा शान्ति बोर्ड स्थापना, सदस्य राष्ट्रलाई योगदान अनिवार्य : ब्लूमबर्गले प्रतिवेदन 
अमेरिकाद्वारा शान्ति बोर्ड स्थापना, सदस्य राष्ट्रलाई योगदान अनिवार्य : ब्लूमबर्गले प्रतिवेदन  आइतबार, माघ ४, २०८२
फिलिपिन्समा दुर्घटनामा : मृतक सङ्ख्या ३५ पुग्यो
फिलिपिन्समा दुर्घटनामा : मृतक सङ्ख्या ३५ पुग्यो आइतबार, माघ ४, २०८२
ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन आइतबार, माघ ४, २०८२
इन्डोनेसियाको पहाडी क्षेत्रमा हराएको विमानको भग्नावशेष फेला
इन्डोनेसियाको पहाडी क्षेत्रमा हराएको विमानको भग्नावशेष फेला आइतबार, माघ ४, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP