Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विश्व
  • Home
  • विश्व
  • अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रराष्ट्रसंघ
अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रराष्ट्रसंघ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक २०, २०८२

एएफपी– अफगानिस्तानमा सन् २०२५ मा अफिम खेती २० प्रतिशतले घटेको संयुक्त राष्ट्रसंघले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसैसँगै उक्त निकायले सिन्थेटिक औषधि उत्पादन र तस्करीमा एकैसाथ तीव्र वृद्धि हुने खतरा रहेको चेतावनीसमेत दिएको छ ।

तालिबान सरकारका अधिकारीहरूले सत्तामा पुनः फर्किएको एक वर्षपछि सन् २०२२ मा राष्ट्रव्यापी रूपमा अफिम खेतीमा प्रतिबन्ध लगाएका थिए । उक्त प्रतिबन्धपछि अफिम खेतीका लागि समर्पित क्षेत्र सन् २०२४ को १२ हजार ८०० हेक्टर (करिब ३१ हजार ६०० एकड) बाट घटेर सन् २०२५ मा १० हजार २०० हेक्टरमा पुगेको संयुक्त राष्ट्रसंघको लागुऔषध तथा अपराध कार्यालय (युएनओडिसी) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा जनाइएको छ ।

युएनओडिसीका अनुसार सन् २०२२ मा अफिम खेतीको क्षेत्र करिब दुई लाख ३२ हजार हेक्टरमा फैलिएको थियो । हेरोइनको प्रमुख स्रोत मानिने अफिमको उत्पादन सन् २०२५ मा करिब २९६ टन मात्र भएको अनुमान गरिएको छ । यो अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतले घटेको हो । प्रतिवेदनअनुसार अफिम बिक्रीबाट अफगान किसानहरूले सन् २०२४ मा प्राप्त गरेको २६ करोड अमेरिकी डलर आम्दानी यस वर्ष घटेर १३ करोड ४० लाख डलरमा सीमित भएको छ । यद्यपि सन् २०२५ मा खेती र उत्पादन घटे पनि सुक्खा अफिमको मूल्य प्रतिबन्धपूर्वको औसतभन्दा अझै पाँच गुणा बढी रहेको बताइएको छ ।

Hardik health

संयुक्त राष्ट्रसङ्घको उक्त निकायले सिन्थेटिक औषधि, विशेषतः मेथामफेटामाइनको उत्पादन र तस्करी तीव्र गतिमा बढ्दै गएको चेतावनीसमेत दिएको छ । प्रतिवेदनमा भनिएको छ, 'उत्पादनको सहजता, नियन्त्रण निकायका लागि पत्ता लगाउनको कठिनाइ र जलवायु परिवर्तनको असरबाट तुलनात्मक रूपमा कम प्रभावित हुने क्षमताका कारण सिन्थेटिक औषधिहरू सङ्गठित आपराधिक समूहहरूका लागि नयाँ व्यापार मोडेलका रूपमा उदाएका छन् ।'

संयुक्त राष्ट्रसङ्घले बारम्बार अन्तर्राष्ट्रिय समुदायलाई अफगान किसानहरूलाई वैकल्पिक जीविकोपार्जनका उपायहरू उपलब्ध गराउन र अफिम खेतीबाट अन्य बालीतर्फ सर्न सहयोग गर्न आग्रह गर्दै आएको छ । तालिबान सरकारले पनि यस विषयमा विश्व समुदायसँग सहयोगको याचना गरेको छ । प्रतिवेदनका अनुसार अफिम प्रतिबन्धपछि धेरै किसानहरू अन्न र अन्य बालीतर्फ आकर्षित भएका छन्, तर खडेरी र कम वर्षा जस्ता प्रतिकूल मौसमका कारण ४० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिन बाँझो रहँदै आएको छ । सन् २०२२ को प्रतिबन्धपछि अफगानिस्तानका खेतीयोग्य क्षेत्रहरूमा उल्लेखनीय भौगोलिक परिवर्तन आएको देखिएको छ । दक्षिणका तालिबान गढहरूबाट टाढा रहेका उत्तरपूर्वी क्षेत्रमा खेती बढेको र त्यहाँ केही प्रतिरोध पनि देखिएको प्रतिवेदनमा उल्लेख छ ।

बदख्सान प्रान्तमा सन् २०२४ को मे महिनामा अफिम खेती नष्ट गर्न पठाइएका सुरक्षाकर्मी र किसानहरूबीच झडप हुँदा कैयौँ नागरिकले ज्यान गुमाउनुपरेको पनि उल्लेख गरिएको छ । अफिम खेती घट्नुले अफगान अर्थतन्त्र र ग्रामीण जीवनमा गम्भीर असर पारेको तर प्रतिबन्धपछि अवैध औषधि व्यापार अन्य रूपमा विस्तार भइरहेको राष्ट्रसंघले चेतावनी दिएको छ ।


प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १७:१४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP