Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
विश्व
  • Home
  • विश्व
  • आरसिबीलाई २ अर्ब डलरसम्ममा बेच्ने तयारी, मालिकको रणनीतिक समीक्षा सुरू
आरसिबीलाई २ अर्ब डलरसम्ममा बेच्ने तयारी, मालिकको रणनीतिक समीक्षा सुरू
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक २०, २०८२

एएफपी– इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको नयाँ च्याम्पियन रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) का मालिकहरूले टोली बिक्री गर्ने सम्भावनाबारे गम्भीर रूपमा विचार गर्न थालेका छन् । यो प्रतिष्ठित फ्रेन्चाइजको मूल्याङ्कन करिब दुई अर्ब अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको हाे ।

विश्वप्रसिद्ध पेय पदार्थ कम्पनी डियाजियोको भारतीय शाखा युनाइटेड स्पिरिट्स लिमिटेड (युएसएल) ले मुम्बई स्टक एक्सचेन्जमा दर्ता गराएको विवरणमा आरसिबीमा गरेको लगानीको ‘रणनीतिक समीक्षा’ सुरू भएको औपचारिक रूपमा जनाएको छ । युएसएलका प्रमुख कार्यकारी अधिकृत प्रवीण सोमेश्वरले बुधबार पठाइएको पत्रमा आरसिबीलाई ‘एक मूल्यवान र रणनीतिक सम्पत्ति’ भनेका छन् । तथापि, उनले यसलाई ‘हाम्रो मुख्य अल्कोबेभ व्यवसायसँग प्रत्यक्ष रूपमा सम्बन्धित नभएका’ कारण समीक्षा आवश्यक भएको बताए  ।

'यो निर्णयले युएसएल र डियाजियो दुवैको भारतस्थित व्यवसायिक पोर्टफोलियोको समीक्षा र सुदृढीकरणप्रति प्रतिबद्धता झल्काउँछ', सोमेश्वरले भने,'हामी आरसिबी र त्यससँग सम्बन्धित सम्पूर्ण हितलाई प्राथमिकतामा राख्नेछौँ ।' यो समीक्षा प्रक्रिया पुरुष तथा महिला दुवै टोलीका स्वामित्व सम्हाल्ने रोयल च्यालेन्जर्स स्पोर्ट्स प्राइभेट लिमिटेड सम्म फैलिने बताइएको छ र आगामी वर्षको मार्चसम्ममा यसको निष्कर्ष आउने अपेक्षा गरिएको छ ।

Hardik health

सन् २००८ मा स्थापना भएको यो चर्चित टी–२० क्रिकेट लिगमा आरसिबीले पहिलो पटक यसै वर्ष जुन महिनामा आइपिएल उपाधि जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । ब्लुमबर्ग न्युजका अनुसार, टोलीका मालिकहरू अहिले ‘क्लबको केही हिस्सा वा सम्पूर्ण स्वामित्व बिक्री गर्ने सम्भावनाबारे विचार गर्दै’ दुई अर्ब डलरसम्मको मूल्याङ्कन लक्ष्य राखिरहेका छन् ।

तर विजयको उत्सवपछि आरसिबीमाथि दुःखद क्षण पनि आयो । अहमदाबादमा अन्तिम जित हासिल गरेको एक दिनपछि, बैङ्गलोरको एम. चिन्नास्वामी स्टेडियम बाहिर आयोजित विजय परेडमा ठेलमठेल हुँदा ११ जना प्रशंसकको मृत्यु भयो भने ५० भन्दा बढी घाइते भए । हजारौँको भीडले आफ्ना प्रिय नायक विराट कोहली र विजयी टोलीलाई घर फर्किँदा स्वागत गर्न सडकमा उत्रिएका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनालाई ‘पूर्ण रूपमा हृदयविदारक’ भन्दै गहिरो शोक प्रकट गरेका थिए । कप्तान कोहलीले पनि सामाजिक सञ्जालमार्फत लेख्दै आफू ‘शब्दविहीन र अत्यन्त पीडित’ भएको प्रतिक्रिया दिएका  थिए । आरसिबीको सम्भावित बिक्रीबारे हुने यो समीक्षा र निर्णयले भारतीय खेल इतिहासमै सबैभन्दा ठूलो व्यावसायिक सम्झौता बन्ने सम्भावना देखिएको छ ।


प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित आइतबार, चैत २२, २०८२
माल्दिभ्समा मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव
माल्दिभ्समा मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव आइतबार, चैत २२, २०८२
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो आइतबार, चैत २२, २०८२
साउदी अरबद्वारा ‘शम्स’ उपग्रह सफल प्रक्षेपण, अन्तरिक्ष क्षेत्रमा नयाँ उपलब्धि
साउदी अरबद्वारा ‘शम्स’ उपग्रह सफल प्रक्षेपण, अन्तरिक्ष क्षेत्रमा नयाँ उपलब्धि आइतबार, चैत २२, २०८२
पाकिस्तानमा भएको विस्फोटमा पाँच जनाको मृत्यु : प्रहरी
पाकिस्तानमा भएको विस्फोटमा पाँच जनाको मृत्यु : प्रहरी शुक्रबार, चैत २०, २०८२
म्यान्मामा सैनिक शासनको निरन्तरता
म्यान्मामा सैनिक शासनको निरन्तरता शुक्रबार, चैत २०, २०८२
इरान अझै आक्रमण गर्न सक्षम रहेकाे एक अमेरिकी प्रतिवेदन
इरान अझै आक्रमण गर्न सक्षम रहेकाे एक अमेरिकी प्रतिवेदन शुक्रबार, चैत २०, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP