Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सुम्निमा
  • #मिलन_चाम्स
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सोल_गुरुङ
  • #सिद्धार्थ_बैंक
  • #सानिमा बैंक
Search Here
समाचार
  • Home
  • समाचार
  • सिक्किममा फेरि प्रेमसिंह तामाङ
सिक्किममा फेरि प्रेमसिंह तामाङ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ २१, २०८१

 

  • तामाङको दल सिक्किम क्रान्तिकारी मोर्चा ३२ मध्ये ३१ प्रदेशसभा सिटमा विजयी, प्रधानमन्त्री मोदीले दिए बधाई
  • तामाङ पुनः मुख्यमन्त्री बन्ने पक्का भएको भारतीय सञ्चारमाध्यमहरुको भनाइ
  • सन् १९९४ देखि २०१९ सम्म सिक्किममा राज गरेका पवन चाम्लिङले दुई स्थानबाट उम्मेदवारी दिएकामा दुवै स्थानमा पराजित

काठमाडौं– सिक्किममा मुख्यमन्त्री प्रेमसिंह तामाङको दल सिक्किम क्रान्तिकारी मोर्चाले ३२ मध्ये ३१ प्रदेशसभा सिट जितेको छ । आइतबारको अन्तिम नतिजाअनुसार अब प्रेमसिंह पुनः मुख्यमन्त्री बन्ने पक्का भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रेमसिंह पोकलोक कमराङ क्षेत्रबाट पुनः निर्वाचित भएका छन् ।

उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिँदै सहकार्य गरी अघि बढ्ने वाचासमेत गरिसकेका छन् । गत अप्रिल १९ मा भएको निर्वाचनको अन्तिम मत परिणामपछि तामाङले भनेका छन्, ‘यो जितको श्रेय कार्यकर्ता हुन् । मैले भाषणमात्र गरें । मभन्दा ज्यादा कार्यकर्ता खटे । नसुती नसुती खटे ।’

विजय ¥यालीलाई सम्बोधन गर्दै तामाङले नयाँ मतदातालाई विशेष धन्यवाद दिए । ‘नयाँ मतदाता जो हामीतिर आउनुभयो । युवाहरुले हामीलाई साथ दिनुभयो । सबैलाई धेरै धेरै धन्यवाद,’ तामाङले शपथसमेत जनताको माझमा लिने वाचा गरे । एक सिट भने यहाँ सिक्किम डेमोक्रेटिक फ्रन्टले जितेको छ । सन् १९९४ देखि २०१९ सम्म सिक्किममा राज गरेका पवन चाम्लिङको दल सिक्किम डेमोक्रेटिक फोरमले १४ सिट गुमाउँदै एक स्थानमा चित्त बुझायो । जबकि चाम्लिङले दुई स्थानबाट उम्मेदवारी दिएकोमा दुवै स्थानमा उनी पराजित भए ।

Hardik health

यसरी उदाए तामाङ
सुरुमा प्रेमसिङ चाम्लिङकै दल एसडिएफमा थिए । सन् १९९४ मा उनले चाम्लिङसँगै मिलेर एसडिएफ गठन गरेका थिए । २६ वर्षको उमेरमा सांसद बनेका तामाङ २० वर्षसम्म चाम्लिङकै साथमा रहे । चाम्लिङले २५ वर्ष शासन गर्दा तामाङ पनि १५ वर्षसम्म मन्त्री भए । सन् २०१३ मा भने पवनसँग प्रेमसिंहको ठाकठुक चल्यो । प्रेमसिंहले पवनलाई नातावादी र भ्रष्टाचारीको आरोप लगाएर पार्टी छाडे । त्यसपछि उनले नयाँ दल एसकेएम गठन गरे । 

वर्षदिनमै सन् २०१४ को निर्वाचनमा एसकेएमले १० सिट जित्यो । सन् २०१७ मा गाई वितरण कार्यक्रममा भ्रष्टाचार गरेको अभियोगमा प्रेमसिंह जेल परे । त्यतिबेला उनलाई १० लाख भारतीय रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको थियो । एक वर्ष जेल बसेका तामाङले समर्थक यति धेरै पाए कि सन् २०१९ मा आफ्नो दललाई १७ सिट जिताए । पछि पवनकै पार्टीका चार सांसद आफ्नो दलमा भित्र्याउँदै पहिलोपटक मुख्यमन्त्री बन्न सफल भए ।

शिक्षकबाट करिअर सुरु गरेका तामाङ सन् १९६८ फेब्रुअरी ५ मा पश्चिम सिक्किममा जन्मिएका हुन् । कालुसिंह तामाङ र धनमाया तामाङका छोरा प्रेमले दार्जीलिङको दार्जीलिङ गभर्मेन्ट कलेजबाट स्नातक गरेका छन् । सन् १९९० देखि सन् १९९३ सम्म सरकारी शिक्षकका रूपमा कार्यरत प्रेमले तीन वर्ष अध्यापन गराएपछि राजनीतिमा लागेका थिए । कृष्णा राईसँग विवाह गरेका उनका एक छोरा आदित्य तामाङ छन् ।

एसडिएफको युवा संगठनको उपाध्यक्ष बनेका उनी २६ वर्षको उमेरमा चाङकुङबाट राज्यसभामा चुनिए । त्यही साल उनी पशुपालनमन्त्री भए । सन् १९९९ मा चाङकुङबाटै सांसद चयन भएपछि उनले २००४ सम्म उद्योग मन्त्रालयको जिम्मेवारी सम्हाले । सन् २००४ को चुनावमा तामाङले भारतीय राष्ट्रिय कंग्रेसका सतिशमोहन प्रधानलाई हरा

त्यसपछि उनले सन् २००९ सम्म आवास मन्त्रालय सम्हाले । सन् २००९ मा भएको राज्यसभा निर्वाचनमा उनले भारती कंग्रेसका अरूणकुमार सिंहलाई पराजित गरे । त्यसपछि पवनसँग उनको कुरा मिलेन । सन् २०१४ सेम्टेम्बर ६ मा उनले एसडिएफबाट राजीनामा दिएर एसकेएम गठन गरे । सन् २०१९ को चुनावपछि त २५ वर्ष सिक्किममा राज गरेका चाम्लिङको शासन अन्त्य गरे । 

जनताका समस्यामा साथ दिएका कारण उनको दललाई मन पराएको बताइएको छ । तामाङले अब आफू एकपटक मात्र मुख्यमन्त्री बन्ने र नयाँलाई जिम्मेवारी छाड्ने प्रतिबद्धतासमेत जनाएका छन् । ‘दुई कार्यकालभन्दा बढी मुख्यमन्त्री बन्ने छैन । दलको अर्को नेतालाई यो जिम्मेवारीका अवसर प्रदान गर्ने छु,’ उनले भनेका छन् । 
(भारतीय समाचार संस्थाहरुको सहयोगमा)
 


प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १०:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमाको ८० प्रतिशत घरमा धारा जडान
हिमाको ८० प्रतिशत घरमा धारा जडान आइतबार, कात्तिक ३०, २०८२
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन आइतबार, कात्तिक ३०, २०८२
मालढुंगा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने
मालढुंगा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने आइतबार, कात्तिक ३०, २०८२
हात्तीको बथान झापा प्रवेशः सुरक्षित रहन आग्रह
हात्तीको बथान झापा प्रवेशः सुरक्षित रहन आग्रह आइतबार, कात्तिक ३०, २०८२
शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण
शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण आइतबार, कात्तिक ३०, २०८२
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि आइतबार, कात्तिक ३०, २०८२
मच्छिमको तामा खानी उत्खननका लागि अध्ययन सुरु
मच्छिमको तामा खानी उत्खननका लागि अध्ययन सुरु आइतबार, कात्तिक ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP