Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
जीवनशैली
  • Home
  • जीवनशैली
  • मकै बेचेर जीविकोपार्जन
मकै बेचेर जीविकोपार्जन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ १८, २०८१

घोराही -  दाङ घोराही उपमहानगरपालिका–१८ रझेनाका ६० वर्षीया पार्वती घर्तीले मकै बेचेर जीविकोपार्जन गर्दै आएकी छिन्  । जेठको चर्को घाममा पनि उनी मकै पोलेर बेच्न व्यस्त हुन्  । उनले विगत ३५ वर्षदेखि यसरी नै आफ्नो दैनिकी सञ्चालन गर्दै आएकी हुन् ।

हरेक वर्ष मकैको सिजन सुरु भएसँगै उनलाई पोलेर बेच्न भ्याइनभ्याइ हुन्छ । घर्तीले मौसमी मकैभन्दा बेमौसमी बढी बिक्ने भएकाले गर्मीमा पनि असिनपसिन भएर मकै पोल्दै आएको बताइन् । “प्रतिगोटा रु २५ ले बेच्दा रु १० फाइदा हुन्छ । खर्च कटाएर दैनिक रु चार/पाँच सयसम्म आम्दानी भइरहेको छ”, उनले भनिन् । यही कामबाट भएको आम्दानीले आफूसहित पाँच जनाको जीविकोपार्जन भइरहेको उनले जानकारी दिए । 

घर्तीले भने  “उमेरअनुसारको अन्य काम, पेसा व्यवसाय गर्न सकिँदैन त्यसकारण यही पेसालाई निरन्तरता दिँदै आएको छु । मैले पोलेको मकै सबैले असाध्यै मन पराउँने हुँदा खुसी लाग्छ ।” सानै भए पनि स्वरोजगार हुँदा आफूलाई आवश्यक परेमा रु दुई/चार हजारका लागि अरुसँग हात थाप्न नपर्ने उनको अनुभव छ ।

Hardik health

गर्मीको समयमा केही समस्या भए पनि विगत लामो समयदेखि गर्दै आएको कामप्रति घर्ती सन्तुष्ट छिन् । उनले  बिहानको समयमा देउखुरीका विभिन्न ठाउँमा हरियो मकै लिन जान्छिन्  भने दिउँसो २ बजेपछि घोराही–१५ को कृषिउपज बजार केन्द्रको अगाडितर्फ सडक छेउमा मकै पोलेर बेच्न व्यस्त छिन्  । दैनिक रु १५ सयदेखि दुई हजारसम्मको कारोबार हुने गरेको उनले बताइन् । 

घर्तीजस्तै घोराही–१८ का मनकुमारी नेपालीको पनि मकै बेचेरै दैनिकी बित्ने गरेको छ । ५८ वर्षीया मनकुमारीले २१ वर्षदेखि मकै पालेर बेच्ने गरेको बताइन् । लामो समय भइसकेकाले आफूलाई यो पेसा सहज लाग्ने उनको भनाइ छ ।  “उमेर हुँदा पनि अरु जागीर गर्नको लागि पढाइ भएन । अहिले अरु काम गरेर खान पनि नसकिने अवस्था भएकाले मकै पोलेर बेच्ने गरेको छु । आफूले सक्दासम्म यो कामलाई निरन्तरता दिनेछु”, उनले भनिन् , “मकै लिन बिहान देउखुरी जान्छु, दिउँसोको समयमा पोल्ने र बेच्नेमा दिन बित्छ ।”

आजभोलि दाङमा अत्यधिक गर्मी बढेकाले  केही समस्या भएको नेपालीले बताइन्  । आफूले पोलेको मकै सहजरुपमा बिक्री हुँदा खुसी लाग्ने उनको अनुभव छ । दैनिक ६०÷६५ गोटा मकै पोलेर बेच्ने गरेको बताउँदै उनले रु १५ सयदेखि दुई हजारसम्मको कारोबार हुने जानकारी दिइन्  ।  पार्वती घर्तीले मकै पोल्दै गरेको ठाउँमा भेटिएका घोराही–१५ का डम्मरी रावतले बजारका अन्य खाजा खानुभन्दा स्वास्थ्यलाई पनि फाइदा हुने भन्दै मकै नै खान आग्रह गरे  । आफू पनि हरेक दिन खाजा खाने समयमा उनले पोल्दै गरेको ठाउँमा आएर मकै खाने गरेको उनले बताइन‍्  । यति धेरै गर्मीको समयमा पनि उनीहरुले आफ्नो व्यवसायलाई निरन्तरता दिएको भन्दै आत्मविश्वासका लागि सबै महिलाले स्वरोजगार बन्नुपर्ने उनको भनाइ छ ।


प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १४:०२
प्रतिक्रिया दिनुहोस्
थप जीवनशैली
संविधानसभा सदस्य गमबहादुर श्रीस कृषि उद्यममा
संविधानसभा सदस्य गमबहादुर श्रीस कृषि उद्यममा मंगलबार, चैत २४, २०८२
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन
स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन सोमबार, चैत २, २०८२
‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’
‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’ शुक्रबार, फागुन २९, २०८२
बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा बिहीबार, फागुन २८, २०८२
वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण
वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण शुक्रबार, फागुन १५, २०८२
गाउँमै पुर्ख्याैली कालिगड पेसा संरक्षणमा जुट्दै युवा
गाउँमै पुर्ख्याैली कालिगड पेसा संरक्षणमा जुट्दै युवा मंगलबार, फागुन १२, २०८२
लोकप्रिय
  • Week
  • Month
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP