Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सुम्निमा
  • #मिलन_चाम्स
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सोल_गुरुङ
  • #सिद्धार्थ_बैंक
  • #सानिमा बैंक
Search Here
समाचार
  • Home
  • समाचार
  • विकासका लागि ‘बालेन विद्रोह’
विकासका लागि ‘बालेन विद्रोह’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ १३, २०८१
  • सन् २०१२ को डिसेम्बरमा तीन वर्षमै सकिने गरी सांघाई कन्स्ट्रक्सनले जिम्मा लिएको कलंकी–महाराजगञ्ज चक्रपथ अलपत्र अवस्थामा
  •  पानी पर्दा हिलो र घाम लाग्दा धुलोले सर्वसाधारणलाई सास्ती
  •  चक्रपथ चाँडो बनाउन दबाबसहित काठमाडौं महानगर प्रमुख बालेनको विद्रोह

काठमाडौं– बालेन्द्र (बालेन) साह काठमाडौं महानगरपालिकाका प्रमुख हुन् । उनी देशकै शक्तिशाली स्थानीय सरकारका प्रमुख हुन् । उनै बालेन नै विकासका लागि विद्रोहको बाटो रोज्न बाध्य भएका छन् ।

उनको पछिल्लो विद्रोह हो– सडक विभागको गेटमा फालिएको फोहोर । शनिबार बालेनले विभागको बबरमहल र मीनभवनस्थित कार्यालयमा एक–एक ट्रक धुलो खसाले । उक्त धुलो आफैंले खसालेको उल्लेख गर्दै प्रमुख साहले सामाजिक सञ्जाल फेसबुकमार्फत उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायतमन्त्री रघुवीर महासेठलाई पायक पर्ने ठाउँमा दैनिक एक ट्रक धुलो उपहार पठाउने घोषणासमेत गरे । प्रमुख साहले स्टाटससँगै सडक विभागअन्तर्गतको सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंको गेटमा एक ट्रक धुलो फ्याँकिएको भिडियोसमेत सार्वजनिक गरे ।

‘तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ वर्षदेखि काठमाडौंको जनताले कलंकीदेखि महाराजगञ्जसम्म चक्रपथ बिस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नुपरेको छ,’ मन्त्री महासेठलाई सम्बोधन गर्दै बालेनले लेखेका छन्, ‘काठमाडौंमा हुने आधाभन्दा बढी प्रदूषणमा त्यहाँकै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलो धुँवा खानुपरेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारीसाधन मर्मतमा खर्च बढी गर्नुपरेको छ, पुग्न अबेला भोग्नुपरेको छ । र, काठमाडौं महानगरले अकारणमा गाली खानुपरेको छ । यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन ।

बसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्वीकार्नुहोला ।’काठमाडौंको कलंकीदेखि चाबहिल क्षेत्रसम्मको चक्रपथ क्षेत्र अस्तव्यस्त भएको धेरै भयो । सन् २०१२ मा तीन वर्षमै सम्पन्न गर्ने गरी चीन सरकार र नेपाल सरकारबीच सम्झौता भएको यो सडक १२ वर्ष बितिसक्दा पनि बनेको छैन । यही सडक ललितपुर क्षेत्रमा भने चिटिक्क बनिसकेको छ ।

Hardik health

यसैबारे बालेनले गत फागुन २९ गते लामो स्टाटस लेखेका थिए । ‘तीन वर्षभित्र आयोजनालाई पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको योजना १२ वर्ष बितिसक्दा थालनी हुनेसम्मको पनि संकेत देखिँदैन,’ त्यतिबेला बालेनले चिनियाँ सरकारको काम गर्ने गतिमाथिसमेत प्रश्न गरेका थिए, ‘यो अवस्था भोगेका हामी नेपालीले, चीनले २४ घण्टामा ठूला–ठूला भौतिक संरचना निर्माण गर्छ भन्ने समाचार कसरी पत्याउनु ? नेपालको संघीय राजधानी सहरकै हालत यस्तो छ, नेपालका दूर दराजको विकास पद्धतिले फड्को मार्छ, भनेर कसरी विश्वास गर्नु ?’

त्यतिबेला उनले काठमाडौंका सडकलाई सफा पार्न सक्दो प्रयास गरे पनि चक्रपथ क्षेत्रको फोहोरका कारण कुनाकुनामा समस्या भएको बताएका थिए । ‘काठमाडौंका सडकलाई धुँवा धुलोमुक्त बनाउन सडक बढार्ने, टिपनटापन गर्ने, ब्रुमर लगाउने र पानीले पखाल्ने गरेका छौं । यति गर्दा पनि सडकको अपेक्षित सफाइ प्राप्त गर्न सकेका छैनौं । यसका कारणमध्येको प्रमुख, चक्रपथ सुधार आयोजनाको वर्षौंसम्म नसकिने काम हो । चक्रपथबाट सहर प्रवेश गर्ने सवारीसाधनले चक्रपथको धुलो सहरका कुनाकुनासम्म पु¥याउने गरेका छन् । यसकारण नियमित प्रयत्न गरे पनि भित्री सहरी क्षेत्रको सडक अव्यवस्थित र फोहोर देखिने गरेको छ,’ त्यतिबेला बालेनले भनेका थिए । 

चीनकै अनुदानमा १९७७ मा २७ किलोमिटर लामो चक्रपथ निर्माण गरिएको थियो । अहिले चीनकै आर्थिक तथा प्राविधिक सहयोगमा चक्रपथको बिस्तार गर्न आयोजना अघि बढेको हो । सम्झौतामा दुईतर्फी चार लेन सडक, सर्भिस रोड, साइकल लेन, फुटपाथसहितको सडक र बस बिसौनी, पार्किङ लटलगायतका पूर्वाधार निर्माणसम्बन्धी बुँदा छन् । पुराना पुल तथा सर्भिस रोडहरूमा नयाँ पुलका साथै ‘अन्डर पास’ र तीन वटा ‘ओभर हेड पास’ बनाउने गरी भएको सहमति कार्यान्वयनसँग स्थानीय सहभागिता र अपनत्व, जनजीवनको यथावत् सञ्चालनजस्ता आयाम जोडिएका छन् ।

तर, यसका लागि अहिलेसम्म कुनै प्रयास नभएको महानगर प्रमुख साहको भनाइ छ । ‘निर्वाचित भएर आइसकेपछि चक्रपथ सुधार (दोस्रो चरण) का लागि हामीले २२ स्थानका संरचना (मन्दिरसहित) हटाएर साइट क्लियर गरेका छौं । तर समयमा नै काम सुरु नहुँदा एकातिर विकास योजनाको भविष्य अनिश्चित भएको छ भने अर्कोतिर भत्किएका सडक वर्षात्को समयमा हिलाम्य र हिउँदमा धुलाम्य हुने गरेका छन्,’ उनले भनेका छन् ।आयोजनाको लागत पाँच अर्ब ८५ करोड रुपैयाँ हो । गत असारमा सडक विभागले महाराजगञ्ज क्षेत्रको २४४ मिटर छोडेर निर्माण थाल्न पत्राचार गरेको भए पनि चिनियाँ निर्माण कम्पनीले पूरै साइट क्लियर गरेपछिमात्रै आफू अगाडि बढ्ने अड्डी कसेको थियो । कलंकीदेखि बसुन्धरा कल्भर्टसम्म चिनियाँ पक्षले र बाँकी खण्ड नेपाल सरकारले नै बिस्तार गर्ने कार्ययोजना थियो । 

२०७९ को फागुनमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छनसङ सोङ, मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रमुख साहसहितको टोलीले स्थलगत अवलोकन गरेका थिए । त्यसैका आधारमा काठमाडौं महानगरले चक्रपथ बिस्तारमा देखिएका बाधा–अवरोधका बारेमा जानकारी लिएर हटाएको थियो । स्थलगत भ्रमणका चिनियाँ राजदूत छन सोङले आगामी छ महिनामा आयोजना बिस्तारका लागि जनशक्ति परिचालन बताएका थिए ।

यस्ता आयोजनामा काठमाडौं महानगरका प्रमुखले संघ, प्रदेश सरकारमात्र हैन सडक बनाउने ठेकेदार कम्पनीसँग समन्वय गर्नुपर्ने हुन्छ । साहले महानगरको तर्फबाट आफू जुनसुकै दायित्व निर्वाह गर्न तयार रहेको बताएका छन् । ‘आयोजना कार्यान्वयनपूर्व, आयोजना कार्यान्वयन अवधि र आयोजना समापनपश्चात् पनि हामीसँग सरोकार राख्ने धेरै विषय छन् । यस्ता विषयमा सरोकार राख्ने कार्यालयहरूका बीचमा आपसी समन्वय, आन्तरिक तथा सार्वजनिक सूचना प्रवाह र लाभग्राही तथा उपभोक्ताको सहभागिताको हामीले अपेक्षा गरेका छौं,’ उनले भनेका छन्, ‘आयोजना अब छिट्टै सुरु हुन सकोस् । यसका लागि महानगरपालिकाले निर्वाह गर्नुपर्ने थप दायित्वका लागि हामी तत्पर छौं ।’


यसअघि प्रमुख साहले जेठ ७ गते माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा फोहोर पठाएका थिए । जेठ ५ देखि बञ्चरेडाँडामा रोजगारीको माग राखेर बलामी युवा समाजले फोहोर रोकेपछि उनले सरकारको नेतृत्व दल माओवादी कार्यालयमा चार वटा फोहोर बोेकेको ट्रक पठाएका थिए । ती ट्रकका चालक पक्राउपछि आक्रोशित हुँदै प्रमुख साहले फेसबुकमा चालकलाई रिहा नगरे कुनै फोहोर नउठ्ने चेतावनी दिएका थिए ।

‘भ्रष्टलाई समाउन सक्नुभएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनुभएछ यो सरकारले । जबसम्म स–सम्मान चालकहरु रिहा हुन्नन् सिंहदरबारलगायत सबै पार्टी कार्यालयको तथा नेताहरुको घरको फोहोर उठ्दैन,’ महानगर प्रमुख साहले त्यतिबेला लेखेका थिए, ‘को–को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छाडिदैन !’ उनको चेतावनीपछि सरकारले चालकलाई रिहा गरेको थियो ।
 


प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ११:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमाको ८० प्रतिशत घरमा धारा जडान
हिमाको ८० प्रतिशत घरमा धारा जडान आइतबार, कात्तिक ३०, २०८२
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन आइतबार, कात्तिक ३०, २०८२
मालढुंगा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने
मालढुंगा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने आइतबार, कात्तिक ३०, २०८२
हात्तीको बथान झापा प्रवेशः सुरक्षित रहन आग्रह
हात्तीको बथान झापा प्रवेशः सुरक्षित रहन आग्रह आइतबार, कात्तिक ३०, २०८२
शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण
शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण आइतबार, कात्तिक ३०, २०८२
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि आइतबार, कात्तिक ३०, २०८२
मच्छिमको तामा खानी उत्खननका लागि अध्ययन सुरु
मच्छिमको तामा खानी उत्खननका लागि अध्ययन सुरु आइतबार, कात्तिक ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP