Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सुम्निमा
  • #मिलन_चाम्स
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सोल_गुरुङ
  • #सिद्धार्थ_बैंक
  • #सानिमा बैंक
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘टीओआर’मा टस न मस
‘टीओआर’मा टस न मस
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ ११, २०८१

कांग्रेसले अहिले केही सवाल उठायो । उठाएको पनि रवि लामिछाने कि को भन्ने बाबुबिरुद्ध । रवि लामिछानेविरुद्ध कांग्रेस खनिएको छ, के भन्नु ? भँगेरा मार्न जाने तोप बोकेर
केपी शर्मा ओली
अध्यक्ष
नेकपा एमाले

काठमाडौं– सहकारीको रकम अपचलनको मुद्दा पार लगाउन कस्तो मोडालिटीमा जाने ? यो विषय पार लगाउन बनेको कार्यदलको बिहीबारको बैठक पनि निष्कर्षबिहीन बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लगाउँदै लामो समयदेखि कांग्रेसले विरोध गर्दै आएको छ ।

कांग्रेसले संसदीय छानबिन समितिबाटमात्र यो मुद्दा पार लाग्ने भन्दै सदनदेखि सडकसम्मै आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ । तर सत्तापक्षले भने कांग्रेसका मागको कुनै सुनुवाई नगर्ने देखिएको छ ।बिहीबार सिंहदरबास्थित कानुन मन्त्रालयमा बसेको बैठकमा कुनै सहमति हुन नसकेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए । यद्यपि सहकारीको नाम भने खुलाएर लेख्न सकिने विषयमा आफूहरुले प्रस्ताव राखेको बर्तौलाको भनाइ थियो । ‘सहकारीको नाम राखेर छानबिन समिति बनाउने विषयमा छानबिन गरौं । व्यक्तिको नाम राखेर जान सकिँदैन भन्ने कुरा भयो,’ बर्तौलाले भने । बैठकमा कांग्रेस केही लचक भएको उनको दाबी थियो । ‘पहिला नै नाम राख्न सकिदैन भनेर भन्ने हामीले भन्यौ । कांग्रेस केही लचक भएको छ,’ बर्तौलाले भने ।

कांग्रेसले लामिछानेमाथि अनुसन्धान गर्न माग जारी राखेपछि सरकारले जेठ ५ गते कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले छानबिन समितिको कार्यादेश(टीओआर) तय गर्ने जिम्मेवारी पाएको थियो । तर समितिको बैठकमा कार्यादेशबारे अझै सहमति जुट्न नसकेको हो ।एमाले नेता बर्तौलाले भने झैं समितिमा कांग्रेसले कुनै लचकता नदेखाएको कांग्रेस सहमहामन्त्री जीवन परियारले बताए । सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछाने संलग्न रहेको पुष्टि भइसकेकोले नाम कीटेरै राख्नुपर्ने कांग्रेसको माग छ । ‘हामी अडानबाट पछि हटेका छैनौं । जसका बारेमा छानबिन समिति बनाउने भनेका छौं त्यहा नपुगेसम्म हामी मान्दैनौं,’ परियारले भने, ‘सत्तापक्षका साथीहरुले रवि लामिछानेको नाम नराखेर पनि छानबिन समिति बनाउन सकिन्छ भन्नु भएको छ । हामीले त्यस्तो गोलमोटोल मान्दैनौं भनेका छौं ।’

Hardik health

जसका बारेमा छानबिन समिति बनाउने भनेका छौं त्यहा नपुगेसम्म हामी मान्दैनौं । सत्तापक्षका साथीहरुले रवि लामिछानेको नाम नराखेर पनि छानबिन समिति बनाउन सकिन्छ भन्नु भएको छ । हामीले त्यस्तो गोलमोटोल मान्दैनौं
जीवन परियार
सहमहामन्त्री, नेपाली कांग्रेस

कार्यदलमा प्रमुख तीन दलबाट एक एक जना र सरकारका तर्फबाट कानुनमन्त्री रहेका छन् । कार्यदलमा कानुनमन्त्री गिरी, कांग्रेस सहमहामन्त्री परियार, एमाले प्रमुख सचेतक बर्तौला र रास्वपाबाट शिशिर खनाल रहेका छन् । बिहीबारको बैठकमा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए । रास्वपा नेता शिशिर खनालले कांग्रेस नेताहरुले पार्टी नेतृत्वसँग छलफल गरेपछि थप निर्णय लिने बताए । ‘हामीले समितिका लागि प्रस्ताव ग¥यौं । कांग्रेसले नेतृत्वसँग कुरा गर्छौ भन्नु भएको छ,’ खनालले भने ।

बिहीबार सहमति नजुटेपछि कार्यदलले आज बिहानका लागि बैठक डाकेको छ । आजै बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक अघि कार्यदलले कुनै न कुनै निचोड आउने गरी छलफल गर्ने बर्ताैलाले दाबी गरे । ‘कार्यदलको अन्तिम बैठक बिहान ८ बजे बस्छ । यहाँबाट निष्कर्ष निकालेर हामी सदनमा पुग्छौ,’ बर्तौलाले भने ।

गृहमन्त्रीमाथि कांग्रेस खनिएकोमा ओलीको आपत्ति
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसदमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै संसद अवरुद्ध गरिरहेको र एउटा पात्रका विरुद्ध खनिएकोमा आपत्ति जनाए । ‘कांग्रेसले अहिले केही सवाल उठायो । उठाएको पनि रवि लामिछाने कि को भन्ने बाबुबिरुद्ध कांग्रेस खनिएको छ । रवि लामिछानेविरुद्ध कांग्रेस खनिएको छ, के भन्नु – भँगेरा मार्न जाने तोप बोकेर,’ बिहीबार सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘बल्ल बल्ल राजनीतिमा आएको एक वर्ष भएको छ । कांग्रेसले अघिल्लो दिन प्रधानमन्त्रीमा प्रस्ताव गरेको र प्रस्ताव नमानेपछि सहकारी ठगीको आरोप लगाएर अर्घेल्याइँ गरेको हो ।’


संसदमा मुर्दावादको नारा लगाउन नमिल्ने र अप्रमाणित कुरा संसदमा बोल्न नहुने ओलीले बताए । राजनीति गर्नुपर्छ तर राजनीति देशका लागि, जनताका लागि, सत्य स्थापनाका लागि हुनुपर्ने उनको भनाइ थियो । राजनीति क्षणिक स्वार्थका लागि र क्षणिक लाभका लागि गर्न नहुने उनले बताए ।ओलीले थपे, ’रातिसम्म प्रधानमन्त्रीका लागि ठीक, म यता लाग्न सक्दिनँ भनेपछि त्यसो भए तँ सहकारीको ठग । यो अलि मिलेन । एउटा व्यक्तिको नाम लिएर संसदमा सहकारीको ठग कहाँ प्रमाणित भयो । भ्रष्टाचारी ठहर भएको मान्छे संसदमा उभिएर सहकारी ठग भनिरहेको छ । संसदमा मुर्दावादको नारा लगाइँदैन । त्यसलाई राम्रो मानिँदैन । अप्रमाणित कुरा संसदमा बोलिँदैन ।’
 


प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमाको ८० प्रतिशत घरमा धारा जडान
हिमाको ८० प्रतिशत घरमा धारा जडान आइतबार, कात्तिक ३०, २०८२
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन आइतबार, कात्तिक ३०, २०८२
मालढुंगा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने
मालढुंगा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने आइतबार, कात्तिक ३०, २०८२
हात्तीको बथान झापा प्रवेशः सुरक्षित रहन आग्रह
हात्तीको बथान झापा प्रवेशः सुरक्षित रहन आग्रह आइतबार, कात्तिक ३०, २०८२
शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण
शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण आइतबार, कात्तिक ३०, २०८२
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि आइतबार, कात्तिक ३०, २०८२
मच्छिमको तामा खानी उत्खननका लागि अध्ययन सुरु
मच्छिमको तामा खानी उत्खननका लागि अध्ययन सुरु आइतबार, कात्तिक ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP