Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा प्रकाश कटवाल, नयाँ कार्यसमिति निर्वाचित
राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा प्रकाश कटवाल, नयाँ कार्यसमिति निर्वाचित
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख ३०, २०८१

काठमाडौं -  शुक्रबारबाट काठमाडौंमा सुरु भएर राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैठौं केन्द्रिय महाधिवेशन शनिबार राती प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न भएको छ । अधिवशेनको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवम् बरिष्ठ संगीतकार शम्भुजीत बासकोटाले काठमाडौंको राष्ट्रिय सभागृहमा उद्घाटन गरेका थिए । मुलुकका २० हजारभन्दा बढी कलाकारहरु समेटिएको यस संघको महाधिवेशनमा ७५ जिल्लाबाट  कलाकारहरु काठमाडौं आई सहभागी भएका छन् ।

संघको शनिबार राती सम्पन्न अधिवेशनबाट अध्यक्षमा लोक गायक प्रकाश कटवाल निर्विरोध निर्वाचित भएका छन् । कटवालको अध्यक्षतामा संघका नयाँ कार्यसमिति निर्वाचित भएको छ ।संघको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उमा श्रेष्ठ, प्रथम उपाध्यक्षमा अमृत खाती चयन भएका छन् । यस्तै उपाध्यक्षमा रमेश दुलाल (कागे), कुमार कार्की, जीवन परियार र तीर्थबहादुर श्रेष्ठ (मिलन) निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिको महासचिवमा विनोद ढकाल, उपमहासचिवमा मान बहादुर तामाङ र रबिन्द्र रिमाल, सचिबमा दिनेश डाँगी, शोभा थापा, आशा लामा, रुपक परियार निर्वाचित भएका छन् । यस्तै सहसचिवमा स्मृति गौतम, प्रवक्तामा सविन चौहान, कोषाध्यक्षमा गोविन्द गौतम र सह कोषाध्यक्षमा टीका सानु निर्वाचित भएका छन् ।

यसैगरी संघको केन्द्रीय सदस्यहरुमा नवराज भट्टराई, कुल बहादुर वली, दिनेश भण्डारी, नक्कुल प्रसाद गौतम, प्रदिप रोक्का,अशोक सापकोटा, रुपेश पुडासैनी, ऐन बहादुर दौड्याल, दिलु बि.सी., ढक बहादुर खत्री, उमेश शिवाकोटी, दिल बहादुर भण्डारी (दिनेश), यज्ञ कुमारी रुचाल, शंकर ढकाल, सुमि श्रेष्ठ, निरुता खत्री, प्रतीमा अर्याल र सुजता केसी निर्वाचित भएका छन् ।

Hardik health

नयाँ कार्यसमितिमा उपमहासचिब, सचिव, सहसचिब र महिला सदस्यमा मतदान भयो भने बाँकी अन्य पद निर्विरोध निर्वाचित भए । निर्वाचित पदाधिकारीहरुलाइ निर्वाचन समितीले आइतबार बिहान पद तथा गोपनियताको सपथ खुवाएको छ ।पद तथा गोपनियताको सपथ लिएसँगै नव निर्वाचित अध्यक्ष प्रकाश कटवालले संस्थामा सबैलाई मिलाएर अगाडी बढाइने बताए,‘कलाकारको हक हितमा नयाँ योजना, यस संघको आफ्नो भवन निर्माण, कलाकार कल्याणकारी कोष स्थापना र संगीत विकाश बोर्ड स्थापनमा मेरो विशेष प्रथमिता रहन छ ।’ उनले भने ।

श्रष्टा सम्मानसहित उद्घाटन समारोह सम्पन्न
यस अघि संघको उद्घाटन समारोह तथा १८ औं वार्षिक साधारणसभा कार्यवाहक अध्यक्ष प्रकाश कटवालको सभापतित्वमा शुक्रबार दिउँसो राष्ट्रिय सभागृहमा सम्पन्न भएको थियो ।
सो उदघाटन समारोहमा प्रमुख अतिथिग बरिष्ट संगीतकार शम्भुजीत बासकोटा सहित जनसवाल राष्ट्रिय दैनिकका सम्पादक एबम संघका सल्लाहकार रामजी बगाले, लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रिता थापामगर, सोही प्रतिष्ठानका पूर्व अध्यक्षहरु बद्री पँगेनी, चन्द्र शर्मा, उपाध्यक्ष राधिका हमाल,राष्ट्रिय लोक दोहोरी व्यबसायी संघका अध्यक्ष बिनोद श्रेष्ठ, लोक सञ्चारकर्मी संघका अध्यक्ष चन्द्रमणि गौतम, इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा लोक गायक कृष्ण कँडेललगायतका अतिथि थिए ।

कार्यक्रममा बरिष्ठ पत्रकार रामजी बगाले, राष्ट्रिय लोकदोहोरी व्यबसायी संघका अध्यक्ष बिनोद श्रेष्ठ, ग्रीनसिटिअस्पतालका अध्यक्ष एलबि टन्डन, साझासवाल मिडियाका सम्पादक अनिल अधिकारी, न्युजलाइन्स मिडियाका पत्रबार राजु भट्टसहित यस संघका विशेष सहयोगीहरुलाई सम्मानित गरिएको थियो ।उद्घाटन समारोहका प्रमुख अतिथि तथा बरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले नेपाली गीतसंगीत तथा कलाको क्षेत्रमा राष्ट्रिय संगीतकर्मी संघका तर्फबाट कलाकाहरुले निकै ठुलो योगदान पुर्याएको बताए । कलाकारहरुको एकता र हकहितका लागि यो संस्थाले गरेको काम प्रशंसनीय भएको बास्कोटाले बताए ।

सो समारोहमा राष्ट्रिय संगीतकर्मी संघका महासचिब अमृत खातीले कार्यक्रमबारे प्रकाश पार्दै यो संघमा गायक गायिका, नृत्यकार, मोडल, चलचित्रकर्मी जस्ता विविध पेशाका कलाहरु आबद्ध रहेको बताए । आफु महासचिब हुँदाको अबस्थामा संघमा उल्लेख्य प्रगतिको कार्य भएको बताउँदै महासचिव खातिले सोबारे प्रकाश पारे ।कार्यक्रमका विशिस्ट अतिथि, जनसवाल राष्ट्रिय दैनिकका सम्पादक एबम संघका सल्लाहकार रामजी बगालेले संघको १८ औं वार्षिक साधारण सभाको सफलताको  शुभकामना ब्यक्त गरे ।

यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले यो अधिवशेनले कलाकारहरु जुटेर अघि बढ्न सक्छन भन्ने सन्देश दिने विश्वास व्यक्त गरिन् । संघको अधिवेशनको शुभकामना दिँदै उनले आउँदा कार्यसमिति निकै राम्रो बन्ने जनाउदै प्रतिष्ठान र संघ एउटै आमाको दुई सन्तान भएको बताइन् ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्षहरु बद्री पँगेनी र चन्द्र शर्माले पनि संघको १८ औं वार्षिक साधारण सभाको सफलताको  शुभकामना ब्यक्त गरे ।

संघका कार्यवाहक अध्यक्ष प्रकाश कटवालले आफु सँधै कलाकारहरुको हकहित र एकताको पक्षमा रहेको बताए । हरेक जिल्लामा पुगेर अधिवेशन गर्दै आफुले त्यहाँका कलाकारको समस्या बुझेकाले ती समस्या समाधानको लागि क्रियाशिल रहेको जनाए । अहिले बजारमा संघबारे विभिन्न गुटबन्दी चलिरहे पनि आफु एकताको पक्षमा रहेको कार्यवाहक अध्यक्ष कटवालले बताए । यो अधिवेशनब्स्स अध्यक्षको दावेदारी प्रस्तुत गरेका कटवालले आफु संघमा रहेर कलाकारहरुको सेवामा निरन्तर लागि पर्ने बताए ।

उद्घाटन समारोहका शुभारम्भमा नौमती बाजाले अतिथिहरुलाई स्वागत गरिएको थियो । देउडा नृत्य, झाँकी नाच, हुड्केली नृत्यसहित विभिन्न नृत्यले कार्यक्रमलाई निकै आकर्षक तुल्याएको थियो ।

 


प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण हुँदै
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण हुँदै आइतबार, चैत २२, २०८२
निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने
निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने शुक्रबार, चैत २०, २०८२
‘रोल नं १’को पहिलो झलक सार्वजनिक
‘रोल नं १’को पहिलो झलक सार्वजनिक बिहीबार, चैत १९, २०८२
 डाक्टर दम्पतीको रोमान्टिक गीत ‘सधैं साथमा तिम्रो’  सार्वजनिक
 डाक्टर दम्पतीको रोमान्टिक गीत ‘सधैं साथमा तिम्रो’ सार्वजनिक बुधबार, चैत १८, २०८२
चलचित्र ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक
चलचित्र ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक बुधबार, चैत १८, २०८२
फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने
फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने मंगलबार, चैत १७, २०८२
कार्की आयोगको प्रतिवेदनप्रति शिव परियारको गम्भीर आपत्ति
कार्की आयोगको प्रतिवेदनप्रति शिव परियारको गम्भीर आपत्ति सोमबार, चैत १६, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP