Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • अमुल्य जीवनको मूल्यमाथि प्रश्न - लघुचलचित्र ‘भाउ’
अमुल्य जीवनको मूल्यमाथि प्रश्न - लघुचलचित्र ‘भाउ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख २४, २०८१

काठमाडौं - विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’ (कस्ट अफ लिभिङ) कान्तिपुर सिनेमाज् ओटीटी प्लेटफर्ममार्फत् सार्वजनिक भएको छ । ‘भाउ’को टिजर ऐना आर्ट्सको युट्युब च्यानलबाट रिलिज गरेकाे हाे ।

सार्वजनिक टिजरमा कवाडीवालाको कथा प्रस्तुत गरिएको छ । तराईबाट काठमाडौं आएर कवाडीखानामा काम गर्दै जीवन गुजाराको लागि संघर्ष गरिरहेको एउटा मधेसी समुदायको सामान्य परिवार र राजधानीमा घर भएको दुई वर्गको अन्तरलाई टिजरमा देखाउन खोजिएको छ । पोष्टरमा प्रयोग गरिएको र टिजरमा एउटा सिनमा शहरमा भएको ठुलो अपार्टमेन्ट अगाडिको दृश्यले हुँदाखाने र हुनेखाने बिचको खाडललाई भाउले देखाउन खोजेको स्पष्ट हुन्छ ।

काठमाडौं र भक्तपुरमा छायांकन भएको लघुचलचित्रमा कवाडीवालाको भुमिका कलाकार सुवास गजुरेलले निर्वाह गरेका छन् । अन्य कलाकारहरुमा सुजिता शाह, रेनुका कार्की र सुमन थापाले अभिनय गरेका छन् । लघुचलचित्रको छायांकन नारायण जिसीले गरेका हुन् भने सहायक निर्देशन करण साउदले गरेका छन् । अंग्रेजी सब्टाईटल सहित मैथिली र नेपाली भाषा प्रयोग भएको फिल्ममा भाषा अनुवाद राम श्रेष्ठ र आर के मेहेताले गरेका छन् । प्रोडक्सन म्यानेजमेन्ट नरेन भट्टराईले गरेका हुन् । सम्पादन गणेश बिसी र कलरिङ राकेश दाहालले गरेका छन् ।

Hardik health

चलचित्रसम्बन्धी विभिन्न विधामा पढाई सञ्चालन भईरहेको कान्तिपुर फिल्म एकेडेमीले नै कान्तिपुर सिनेमाज प्लेटफर्म सञ्चालन गरेको हो । नेपाल र विश्वभर छरिएर रहेका चलचित्रप्रेमी दर्शकहरुको लागि र राम्रा चलचित्रहरु निर्माण गर्नेहरुका लागि कान्तिपुर सिनेमाज राम्रो प्लेटफर्म भएको कान्तिपुरका फाउण्डर तथा सिईओ प्रकाश पुरी बताउँछन् । कान्तिपुर सिनेमाज एप डाउनलोड गरेर तथा वेबसाईटबाट अकाउन्ट रजिष्टर गरेर सब्सक्रिसन लिएर अपलोड भएका सिनेमाहरु सजिलै हेर्न सकिनेछ ।

‘भाउ’ इटालीको फेस्टिभल देल सिनेमा दि सेफलुको नोमिनेशन र जिम्वावेको भर्सिटी फिल्म एक्स्पोमा होनोरेवल मेन्सनमा परेको थियो । अमेरिकाको स्टुडेन्ट वल्र्ड इम्प्याक्ट फिल्म फेस्टिभल, जापानको पाँचौ मेइहोडो इन्टरनेशनल युथ भिजुअल मिडिया फेस्टिभल, नेपालको पाँचौ नेपाल अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव र बेलायतको दुई चलचित्र महोत्सवमा छनोटमा परेको थियो ।

भाउको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । लघुचलचित्र ‘भाउ’मा मानिसको जीवनको मूल्यलाई दर्शाउन खोजेको उनी बताउँछन् । उनकै लेखन तथा निर्देशनमा तयार भएको लघुचलचित्र ‘पाउलो’ र ‘द स्कुल वाल’ विभिन्न देशहरूमा छनोटमा परिसकेको छ । ‘घुर्रा’ले उत्कृष्ट सर्टफिल्मको अवार्ड समेत जितिसकेको छ । उनकै लेखन तथा निर्देशनमा अर्को सर्टफिल्म ‘दृश्य’ को निमार्णको तयारी गरिरहेको उनी बताउँछन् ।

 


प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण हुँदै
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण हुँदै आइतबार, चैत २२, २०८२
निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने
निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने शुक्रबार, चैत २०, २०८२
‘रोल नं १’को पहिलो झलक सार्वजनिक
‘रोल नं १’को पहिलो झलक सार्वजनिक बिहीबार, चैत १९, २०८२
 डाक्टर दम्पतीको रोमान्टिक गीत ‘सधैं साथमा तिम्रो’  सार्वजनिक
 डाक्टर दम्पतीको रोमान्टिक गीत ‘सधैं साथमा तिम्रो’ सार्वजनिक बुधबार, चैत १८, २०८२
चलचित्र ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक
चलचित्र ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक बुधबार, चैत १८, २०८२
फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने
फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने मंगलबार, चैत १७, २०८२
कार्की आयोगको प्रतिवेदनप्रति शिव परियारको गम्भीर आपत्ति
कार्की आयोगको प्रतिवेदनप्रति शिव परियारको गम्भीर आपत्ति सोमबार, चैत १६, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP