Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • दलित भएकै कारण कोठा छाड्न घरबेटीको दबाब
दलित भएकै कारण कोठा छाड्न घरबेटीको दबाब
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन २०, २०७६
Hardik health
काठमाडौं–काठमाडौंमा डेरा गरी बस्ने विद्यार्थीहरूलाई घरबेटीले दलित भएकै कारण अपमान र घर छोड्न दबाब दिएको भन्दै पीडित विद्यार्थीहरूले प्रहरीमा उजुरी दिने घोषणा गरेका छन् । सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरूले यस्तो जानकारी गराएका हुन् । कैलाली र दैलेख स्थायी घर भई काठमाडौंमा विभिन्न क्याम्पसमा अध्ययनरत चार जना विद्यार्थीहरूलाई दलित भन्दै घरबेटीले अपमान गरेको उनीहरूको गुनासो छ । काठमाडौंको तारकेश्वर नगरपालिका–१० मा रहेको श्रीकृष्ण बिडारीको (सरकारी कर्मचारी) को घरमा डेरा गरी आफूहरू बसिरहेको उनीहरूले जानकारी दिए । उनीहरूले दिएको जानकारीअनुसार उक्त घरमा उनीहरू गत मंसिर १३ गतेदेखि बसेका हुन् । उक्त घरमा डेरा गरेरै बसेकै दिन घरबेटी श्रीकृष्णकी छोरीले आफूहरूसँग परिचय गरेको दिपा नेपालीले जानकारी दिईन् । उनले अघि भनिन्,‘हामी त्यो घरमा बसेकै दिन घरबेटीकी छोरीले हामीसँग परिचय गर्नुभएको थियो । त्यसको भोलिपल्ट घरबेटी बिडारी दम्पत्तिद्धयले ‘तपाईहरू दलित हुनुहुँदो रहेछ, समाजले पनि तपाईहरूलाई यहाँ बसेको रुचाउँदैन, र यही घरमा भाडामा बस्नेहरूले पनि घर छोडेर जान्छु भने’ भनेर कोठा छोडेर जान दबाब दिनुभयो ।’ उनले आफूहरूलाई जातकै कारण कोठा छोड्नका लागि दबाब दिएको गुनासो पोखिन् । उनले भनिन्,‘मैले एक कार्यक्रममा मानवअधिकारवादीसँग यस्तो भयो भनेर गुनासो पोखेको थिएँ, त्यहीँबाट मानवअधिकारकर्मीले हाम्रो घरबेटीलाई फोन गर्नुभएको थियो, उहाँकाअनुसार अब हामीलाई बसुञ्जेलसम्म बस्न दिने भनेर घरबेटीले भन्नुभएको थियो र हामीलाई पनि परिचय दिएर बस्नुहोला भन्नुभयो ।’ तर, एक्कासी घरबेटीले आफूहरूलाई विभिन्न बहाना देखाएर घर छोड्न दबाब दिएको पनि उनले गुनासो पोखिन् । उनले घरबेटीमात्रै नभएर त्यही घरमा भाडामा बस्ने अन्य सदस्यहरूले पनि घरबेटीसँग मिलेर आफूहरूमाथि अभद्र तथा गाली, बेईज्जति शब्द प्रयोग गरेको गुनासो पोखिन् । जातीय विभेद गरेर आफूहरूमाथि स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने अधिकारमाथि कुण्ठित गरेको र बारम्बार मानसिक तथा मनोवैज्ञानिक दबाब दिएको पनि उनले गुनासो पोखिन् । आफूहरू कानूनी उपचारमा जाने उनीहरूले घोषणा गरिन् । उनले आजै प्रहरी प्रशासनमा उजुरी दिने पनि आफूहरूको तयारी रहेको बताईन् । उनले आफूहरूमाथि जातीय विभेद नगर्न पटक–पटक आग्रह गर्दापनि निजी घरबेटीले कुरै नसुनेको र अमानवीय व्यवहार गरेको गुनासो पोखिन् । कार्यक्रममा कैलाली घर भई सोही घरमा बस्ने दिपाका समेत भाई रहेका राज नेपालीले आफूहरूमाथि २१औं शताब्दीमा पनि जातीय विभेद गरिएको भन्दै गुनासो पोखे । आगामी दिनमा दलित भएकै कारण आफूहरूले भोगेजस्तो पीडा अरुले भोग्न नपरोस् भनेर मिडियामा यो कुरा लिएर आएको र कानूनी उपचारमा जान लागेकोपनि उनले स्पष्ट पारे । उनले जातीय भेदभाव तथा छुवाछुत ऐन–२०६८ अनुसार निज घरबेटीलाई कारबाही गर्नसमेत सरकारसमक्ष माग गरे । उनले आफूहरूमाथि घरबेटीले श्रृंखलावद्ध रूपमा घर छोड्न दबाब दिएको र जातीय विभेद गरेको गुनासो पोखे । कार्यक्रममा अर्की पीडित गायिकासमेत रहेकी धना परियारले जातीयताको कुरा गरेर आफूहरूमाथि घरबेटीले दिएको दबाब गलत र मानवअधिकारविरुद्ध रहेको टिप्पणी गरिन् । उनले पनि घरबेटीलाई कानूनबमोजिमको हदैसम्मको कारबाहीको माग गरिन् । उनले आफू अपांग समेत रहेको जनाउँदै अपांगता भएकै कारण जागिर नपाएको गुनासो पोखिन् । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी विपीन बिकले २१औं शताब्दीमा आएरपनि जातीय विभेद गर्नु गलत भएको भन्दै विद्यार्थीहरूमाथि जातीय विभेदन र यातना दिने घरबेटी बोगटीलाई कारबाहीको माग गरे ।
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  ०७:४०
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP