Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • चलचित्रको कथा बोल्ने गीत
चलचित्रको कथा बोल्ने गीत
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख २३, २०८१

काठमाडौं - केही समययता नेपाली चलचित्र ‘बोक्सीको घर’ मा समावेश गरिएको ‘बुझिन् मैले’ बोलको गीत लोकप्रिय भइरहेको छ । युट्युवमार्फत सार्वजनिक गरिएको उक्त गीतलाई एक महिनामै एक करोड ३० लाखभन्दा बढी पटक हेरिएको छ । 

गीतलाई प्रकाश सपूतले तयार गर्नुभएको छ । उहाँकै शब्द र सङ्गीत रहेको उक्त गीत समीक्षा अधिकारीले गाएका हुन्  । चलचित्रले पहिलो सातामा रु छ करोडको हाराहारीमा व्यापार (ग्रस कलेक्सन) गरेको निर्माण पक्षले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । यो सफलतामा महत्वपूर्ण भूमिका गीतको रहेको अभिनेत्रीसँगै निर्मात्री रहेकी केकी अधिकारीले बताए  । 

 “प्रचारप्रसार गर्न तयार पारिएको सामग्रीलाई चिनाउने काम गीतले गरेको छ”, अभिनेत्री अधिकारीले भनिन्, “गीत जति चर्चित भइरहेको छ, त्यति नै यसको निर्माणको विषयमा कौतुहलता बढ्नु स्वाभाविक हो । गीतले चलचित्रको कथा बोलेकाले पनि लोकप्रिय बन्दै गएको हो ।”

अभिनेत्री अधिकारीले गायक सपूतसँग ‘परदेशी–२’ नामक चलचित्रमा काम गरेपछि केही साङ्गीतिक चलचित्र (म्युजिक भिडियो) मा काम गरेकी छन् । सहकार्यले सामीप्यता बढाएपछि उनले निर्माण गर्न लागेको चलचित्रको कथा गायक सपूतलाई पढेर सुझाव दिन आग्रह गरेकी थिइन्  ।
 

Hardik health

“म प्रकाशजीको कलाप्रतिको चेतना र उहाँले निर्माण गरिरहेको गीत सङ्गीतले प्रभावित भएकी थिएँ । उहाँले विषयवस्तुको तारिफ गर्दै सहकार्य गर्ने प्रतिबद्धता दिनुभयो । विविध कारणले चलचित्र निर्माण भएर तयार हुँदा पनि सहकार्य हुन् सकेको थिएन”, अभिनेत्री अधिकारीले भनिन् ।

विषयको गम्भीरतालाई बुझेर चलचित्रमा सोही प्रकृतिको गीत राखिएको थियो । कथा सुहाउँदो भए पनि दर्शकको ध्यान बढी केन्द्रित गराउने उद्देश्यले गायक सपूतसँग सहकार्य गर्ने विषयमा निर्देशक तथा लेखक सुलक्षण भारतीसँग छलफल गरेपछि गीतमार्फत सहकार्यका लागि पहल भएको अभिनेत्री अधिकारीले जानकारी दिए  ।

“प्रकाशजी कथा पढी सक्नुभएकाले हाम्रो विषयसँग जानकार हुनुहुन्थ्यो । कस्तो गीत बनाउने भन्ने विषयमा हामीले दुई पटक छलफल ग¥यौँ । चलचित्रको कथाका लागि गीत बनाउने भए पनि कथाभन्दा बाहिर नजाने र दर्शकको भावनालाई समेट्ने गरी गीत बनाउने सहमति जुट्यो । तेस्रो छलफलमा उहाँले यसको प्रारम्भिक स्वरूप तयार गर्नुभयो”, अभिनेत्री अधिकारले भनिन् । पहिलो पटक गीत सुनेपछि नै यसलाई तयार गर्ने सहमत भएको उनको भनाइ छ ।

गायक सपूत र अभिनेत्री अधिकारीले समीक्षा अधिकारीलाई गीत गाउन दिने निर्णय गरेका  थिए । गीत रेकर्ड गर्न स्टुडियोमा हुँदा गायक सपूतले शब्दमा हेरफेर गर्दै कथासार व्यक्त गर्ने गरी तयार गर्नुभएको अभिनेत्री अधिकारीले जानकारी दिए । “यो गीत सुनेपछि म ढुक्क थिएँ । यसमा महिलाले महसुस गर्न सक्ने शब्द छन् । सायद त्यो समयमा प्रकाश जीको ज्ञानमा सरस्वतीले नै बास गर्नुभएको थियो । बन्दा बन्दै यो गीत अहिले महिलाको सुख दुःखको गीत बन्न पुगेको छ”, उनले भने ।

निर्देशक भारतीले चलचित्रको कथासँगै जोडिने गीत पाएपछि यसलाई चलचित्रमा समेत राख्ने निर्णय गरिएको बताए । “यो गीत हामीले प्रचारका लागि तयार गर्ने भनेर सुरु गरेका थियौँ”, उनले भनिन्, “पछि चलचित्रमा नै राख्न मिल्ने गरी तयार भयो । यसले चलचित्रलाई नै व्यक्त गरेको छ भन्दा फरक पर्दैन ।”

यो गीत रेकर्ड गरिएको पाँच दिनमै श्रव्यदृश्यसहित तयार गरेर सार्वजनिक गरिएको अधिकारीले जानकारी दिइन् । चलचित्र प्रदर्शनको सङ्घारमा भएकाले कम समयमा नै श्रव्यदृश्य तयार गरी सार्वजनिक गरिएको उनको भनाइ छ । यतिबेला यो गीत नेपालसहित विश्वभरका नेपाली माँझ लोकप्रिय बनेको छ । गीतको डिजिटल अधिकार प्राप्त कम्पनी ओएसआर डिजिटलले नेपालसँगै विदेशमासमेत उत्तिकै हेरिएको गीतमा ‘बुझिन मैले’ रहेको जानकारी दिएको छ । 


प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १५:२७
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण हुँदै
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण हुँदै आइतबार, चैत २२, २०८२
निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने
निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने शुक्रबार, चैत २०, २०८२
‘रोल नं १’को पहिलो झलक सार्वजनिक
‘रोल नं १’को पहिलो झलक सार्वजनिक बिहीबार, चैत १९, २०८२
 डाक्टर दम्पतीको रोमान्टिक गीत ‘सधैं साथमा तिम्रो’  सार्वजनिक
 डाक्टर दम्पतीको रोमान्टिक गीत ‘सधैं साथमा तिम्रो’ सार्वजनिक बुधबार, चैत १८, २०८२
चलचित्र ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक
चलचित्र ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक बुधबार, चैत १८, २०८२
फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने
फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने मंगलबार, चैत १७, २०८२
कार्की आयोगको प्रतिवेदनप्रति शिव परियारको गम्भीर आपत्ति
कार्की आयोगको प्रतिवेदनप्रति शिव परियारको गम्भीर आपत्ति सोमबार, चैत १६, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP