Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • नेपाली चलचित्रले अभिनेताप्रधान भाष्य तोड्दै
नेपाली चलचित्रले अभिनेताप्रधान भाष्य तोड्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख १९, २०८१

काठमाडौं - नेपाली चलचित्रमा अभिनेत्रीको भूमिका प्रायः अभिनेता केन्द्रीत हुनेगर्छ ।  उनीहरू अभिनेताको जोडी बनेर मात्र पर्दामा देखिने गरेका छन् । केही चलचित्रमा मात्र कथालाई 'लिड' गर्ने कार्यभार अभिनेत्रीले पाएका छन् । किनकी धेरै निर्देशक आफ्नो कथाको  मुख्यपात्र 'हिरो' अभिनेतालाई नै बनाउने गर्छन् । तर, यसलाई तोड्ने पछिल्लो एक चलचित्र हो, ‘बोक्सीको घर’ । यसमा प्रायः कलाकार महिला छन् । 

केकी अधिकारीले निर्माण गरेकी चलचित्रमा चिनिने अनुहार उनी मात्र हुन् । यद्यपि चलचित्रले व्यावसायिक रुपमा सफलता प्राप्त गरिरहेको छ । निर्माण पक्षले उपलब्ध गराएको तथ्यांकअनुसार शुक्रबारदेखि सोमबारसम्म चलचित्रको व्यापार रु तीन करोड २४ लाख भइसकेको छ ।

चलचित्रले चार दिनमै लगानी सुरक्षित गरेर घरेलु बजारमै मुनाफा प्राप्त गरिसकेको छ । यो सफलताले केन्द्रीय भूमिकामा महिला कलाकारलाई राखेर चलचित्र निर्माण गर्न अन्य निर्मातालाई हौसला मिलेको छ । अभिनेत्री अधिकारीले कथा मन परेकै कारण यो चलचित्र निर्माण गरेकी थिइन् । 

Hardik health

“सोही शीर्षकको नाटक हेरेपछि मैले चलचित्र बनाएर धेरै दर्शकलाई देखाउने निर्णय लिएर आँट गरेकी हुँ । सुरुआती समयमा हिरो (अभिनेता) को हो भनेर नसोधिएको होइन, तर अहिले भइरहेको व्यापारले यसपछिका चलचित्रमा अभिनेत्रीलाई मुख्य भूमिका दिन प्रेरणा मिल्ने छ”, अधिकारीले भनिन् ।
 
उनले आफूलाई प्राप्त हुने अधिकांस भूमिका अभिनेताकै वरपर रहने किसिमको भएकाले ‘बोक्सीको घर’ जस्ता चलचित्रमा लगानी गरेको बताइन् । अभिनेत्री अधिकारी झैँ चलचित्र ‘मनसरा’ मा शीर्ष भूमिकामा अभिनेत्री मिरुना मगर छिन् । स-साना भूमिकामार्फत चलचित्रमा अभिनयको सुरुआत गरेकी अभिनेत्री मगर अब अभिनेताको वरिपरी घुम्ने पात्रमा आफूलाई प्रस्तुत नगर्ने सोचाइमा छिन्  । 

“आफ्नो पात्रले पार्ने प्रभाव हेरेर म चलचित्र स्वीकार गर्ने कि नगर्ने निर्णय लिन्छु । शीर्ष भूमिकामा आफैँ हुँदा केही दायित्व बढेको महसुस भने हुनेरहेछ”, अभिनेत्री मगरले भनिन्, “अब आउँदो समयमा प्रभावहीन भूमिका गर्दिन । किनकि अब अभिनेत्रीलाई अभिनेताकै लागि राख्ने पद्धतिको अन्त्य हुनुपर्छ ।”

अभिनेत्री वर्षा राउतले अभिनेत्रीलाई निर्माता तथा निर्देशकले उपयोग गर्न नसकेको विश्लेषण गरिन् । उनी पनि फरक भूमिकाकै पर्खाइमा रहेकी छिन् । उनले भनिन्, “हामीले निरन्तर काम गरेनौँ भने हराइने डर हुन्छ । त्यसैले अभिनेत्रीलाई धेरै समय पर्खिने समय छैन । यद्यपि हामीलाई शीर्ष भूमिकामा लिन अहिले पनि निर्माता तथा निर्देशकले बजारको कारण देखाउने गरेका छन् ।”

निर्देशक पुर्नेन्दु झाले नेपालसहित भारतमा बन्ने चलचित्रमा शीर्ष पात्रको रुपमा अभिनेतालाई हेर्न बानी परेको बताए । “अहिले आइरहेका चलचित्रले विस्तारै अभिनेताको विषयमा स्थापित भाष्यलाई तोड्नेमा विश्वस्त छु”, निर्देशक झाले भने, “यद्यपि अहिलेको सन्दर्भमा बजारले पनि निर्देशकलाई केही कठिनाई दिएको छ । हामीलाई निर्माताको लगानी सुरक्षित गराउने दायित्व पनि हुन्छ, त्यसैले सबैको सल्लाहमा काम गर्नुपर्ने हुन्छ ।” 

पछिल्लो समय बनिरहेका केही चलचित्रले अभिनेत्रीलाई पनि शीर्ष भूमिकामार्फत प्रस्तुत गरेको छ । यसको व्यावसायिक सफलताले आगामी दिनमा चलचित्रमा अभिनेत्रीको उपस्थितिलाई निर्देश गर्नेछ । 


प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १३:१९
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’ बिहीबार, कात्तिक १३, २०८२
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय बुधबार, कात्तिक १२, २०८२
गोजीमा दाम छैन’ १० करोडले हेरे
गोजीमा दाम छैन’ १० करोडले हेरे बुधबार, कात्तिक १२, २०८२
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै बुधबार, कात्तिक १२, २०८२
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार सोमबार, कात्तिक १०, २०८२
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस आइतबार, कात्तिक ९, २०८२
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक  आइतबार, कात्तिक ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP