Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • नेपाली चलचित्रले अभिनेताप्रधान भाष्य तोड्दै
नेपाली चलचित्रले अभिनेताप्रधान भाष्य तोड्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख १९, २०८१

काठमाडौं - नेपाली चलचित्रमा अभिनेत्रीको भूमिका प्रायः अभिनेता केन्द्रीत हुनेगर्छ ।  उनीहरू अभिनेताको जोडी बनेर मात्र पर्दामा देखिने गरेका छन् । केही चलचित्रमा मात्र कथालाई 'लिड' गर्ने कार्यभार अभिनेत्रीले पाएका छन् । किनकी धेरै निर्देशक आफ्नो कथाको  मुख्यपात्र 'हिरो' अभिनेतालाई नै बनाउने गर्छन् । तर, यसलाई तोड्ने पछिल्लो एक चलचित्र हो, ‘बोक्सीको घर’ । यसमा प्रायः कलाकार महिला छन् । 

केकी अधिकारीले निर्माण गरेकी चलचित्रमा चिनिने अनुहार उनी मात्र हुन् । यद्यपि चलचित्रले व्यावसायिक रुपमा सफलता प्राप्त गरिरहेको छ । निर्माण पक्षले उपलब्ध गराएको तथ्यांकअनुसार शुक्रबारदेखि सोमबारसम्म चलचित्रको व्यापार रु तीन करोड २४ लाख भइसकेको छ ।

चलचित्रले चार दिनमै लगानी सुरक्षित गरेर घरेलु बजारमै मुनाफा प्राप्त गरिसकेको छ । यो सफलताले केन्द्रीय भूमिकामा महिला कलाकारलाई राखेर चलचित्र निर्माण गर्न अन्य निर्मातालाई हौसला मिलेको छ । अभिनेत्री अधिकारीले कथा मन परेकै कारण यो चलचित्र निर्माण गरेकी थिइन् । 

Hardik health

“सोही शीर्षकको नाटक हेरेपछि मैले चलचित्र बनाएर धेरै दर्शकलाई देखाउने निर्णय लिएर आँट गरेकी हुँ । सुरुआती समयमा हिरो (अभिनेता) को हो भनेर नसोधिएको होइन, तर अहिले भइरहेको व्यापारले यसपछिका चलचित्रमा अभिनेत्रीलाई मुख्य भूमिका दिन प्रेरणा मिल्ने छ”, अधिकारीले भनिन् ।
 
उनले आफूलाई प्राप्त हुने अधिकांस भूमिका अभिनेताकै वरपर रहने किसिमको भएकाले ‘बोक्सीको घर’ जस्ता चलचित्रमा लगानी गरेको बताइन् । अभिनेत्री अधिकारी झैँ चलचित्र ‘मनसरा’ मा शीर्ष भूमिकामा अभिनेत्री मिरुना मगर छिन् । स-साना भूमिकामार्फत चलचित्रमा अभिनयको सुरुआत गरेकी अभिनेत्री मगर अब अभिनेताको वरिपरी घुम्ने पात्रमा आफूलाई प्रस्तुत नगर्ने सोचाइमा छिन्  । 

“आफ्नो पात्रले पार्ने प्रभाव हेरेर म चलचित्र स्वीकार गर्ने कि नगर्ने निर्णय लिन्छु । शीर्ष भूमिकामा आफैँ हुँदा केही दायित्व बढेको महसुस भने हुनेरहेछ”, अभिनेत्री मगरले भनिन्, “अब आउँदो समयमा प्रभावहीन भूमिका गर्दिन । किनकि अब अभिनेत्रीलाई अभिनेताकै लागि राख्ने पद्धतिको अन्त्य हुनुपर्छ ।”

अभिनेत्री वर्षा राउतले अभिनेत्रीलाई निर्माता तथा निर्देशकले उपयोग गर्न नसकेको विश्लेषण गरिन् । उनी पनि फरक भूमिकाकै पर्खाइमा रहेकी छिन् । उनले भनिन्, “हामीले निरन्तर काम गरेनौँ भने हराइने डर हुन्छ । त्यसैले अभिनेत्रीलाई धेरै समय पर्खिने समय छैन । यद्यपि हामीलाई शीर्ष भूमिकामा लिन अहिले पनि निर्माता तथा निर्देशकले बजारको कारण देखाउने गरेका छन् ।”

निर्देशक पुर्नेन्दु झाले नेपालसहित भारतमा बन्ने चलचित्रमा शीर्ष पात्रको रुपमा अभिनेतालाई हेर्न बानी परेको बताए । “अहिले आइरहेका चलचित्रले विस्तारै अभिनेताको विषयमा स्थापित भाष्यलाई तोड्नेमा विश्वस्त छु”, निर्देशक झाले भने, “यद्यपि अहिलेको सन्दर्भमा बजारले पनि निर्देशकलाई केही कठिनाई दिएको छ । हामीलाई निर्माताको लगानी सुरक्षित गराउने दायित्व पनि हुन्छ, त्यसैले सबैको सल्लाहमा काम गर्नुपर्ने हुन्छ ।” 

पछिल्लो समय बनिरहेका केही चलचित्रले अभिनेत्रीलाई पनि शीर्ष भूमिकामार्फत प्रस्तुत गरेको छ । यसको व्यावसायिक सफलताले आगामी दिनमा चलचित्रमा अभिनेत्रीको उपस्थितिलाई निर्देश गर्नेछ । 


प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १३:१९
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण हुँदै
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण हुँदै आइतबार, चैत २२, २०८२
निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने
निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने शुक्रबार, चैत २०, २०८२
‘रोल नं १’को पहिलो झलक सार्वजनिक
‘रोल नं १’को पहिलो झलक सार्वजनिक बिहीबार, चैत १९, २०८२
 डाक्टर दम्पतीको रोमान्टिक गीत ‘सधैं साथमा तिम्रो’  सार्वजनिक
 डाक्टर दम्पतीको रोमान्टिक गीत ‘सधैं साथमा तिम्रो’ सार्वजनिक बुधबार, चैत १८, २०८२
चलचित्र ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक
चलचित्र ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक बुधबार, चैत १८, २०८२
फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने
फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने मंगलबार, चैत १७, २०८२
कार्की आयोगको प्रतिवेदनप्रति शिव परियारको गम्भीर आपत्ति
कार्की आयोगको प्रतिवेदनप्रति शिव परियारको गम्भीर आपत्ति सोमबार, चैत १६, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP