Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • भक्तपुरमा आपराधिक घटना घट्दै
भक्तपुरमा आपराधिक घटना घट्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन २०, २०७६
Hardik health
भक्तपुर–महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले भक्तपुर जिल्लाको शान्ति सुरक्षालाई चुस्तदुरुस्त पारेकाले गत वर्षको तुलनामा यस वर्ष अपराधका घटनामा कमी आएको जानकारी गराएका छन् । भक्तपुर जिल्लामा महानगरीय प्रहरी परिसर भक्तपुरले गत आर्थिक वर्ष २०७५÷०७६ र चालु आव २०७६÷०७७ को साउनदेखि माघसम्म जिल्लामा घटेका अपराधका घटनाको तथ्यांक सार्वजनिक गर्दै अपराधका घटनामा कमी आएको जानकारी दिएको हो । उपरीक्षक प्रधानले यस्तो दाबी गरेका हुन् । उनले यसको लागी जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको जानकारी दिए । त्यस्तै उनले प्रहरी परिचालनलाई व्यवस्थित गरिएको, हरेक क्षेत्रमा निगरानी बढाएको, प्रहरीलाई अपराध न्यूनीकरणसम्बन्धी विभिन्न तालीम प्रदान गरिएका कारण आपराधिक घटनामा कमी आएको बताए । पहिला पहिला भक्तपुरलाई अपराध गर्न, अपराधी लुक्न सुरक्षित ठाउँ मानिँदै आएको थियो । तर यसपालीको तथ्यांकले यो मान्यतालाई चुनौती दिएको छ । प्रहरीले सार्वजनिक तथ्यांकका बारेमा जानकारी दिँदै महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दीपक गिरीले जिल्लामा कर्तव्य ज्यान, सवारी ज्यान, चोरीडाँंका, लुटपाट, अपहरण, लागुऔषध, जबर्जस्ती करणीलगायतका आपराधिक घटनामा कमी आएको बताए । आव २०७५÷०७६ मा अपराध सम्बन्धी ६७९ वटा मुद्दा दर्ता भएकोमा चालु आव २०७६÷०७७ को माघसम्ममा ४५९ मात्रै मुद्दा दर्ता भएका छन् । उनले गत वर्षको साउनदेखि माघसम्ममा हत्याका पाँंच वटा घटना भएकामा यस वर्षको यो अवधिमा एउटा मात्रै हत्याको घटना घटेको जानकारी दिए । त्यस्तै गत वर्ष सवारी दुर्घटनामा ३७ जनाको ज्यान गएकामा चालु आवको सोही महिनासम्ममा दुर्घटनामा १७ जनाको ज्यान गएको र यसमा पनि कमी आएको उनको भनाइ छ । अपहरणतर्फ भने गत वर्ष एकवटा अपहरणका घटना घटेकोमा यस वर्षको माघसम्म पनि एक वटा घटना घटेको छ । गत आवमा जबर्जस्ती करणीका ३४ घटना घटेकोमा चालु आवको माघसम्म २१ घटना घटेको जानकारी दिँदै यो संख्यालाई बढ्न नदिने गरी प्रहरी परिचालन भएको प्रवक्ता गिरीले जानकारी दिए । सार्वजनिक तथ्यांकअनुसार गत आवमा ३६ लागुऔषधका घटना घटेकोमा चालु आवको माघसम्ममा १० वटा घटना भएको छ । तथ्यांकले गत आवको माघसम्म ९९ चोरी डकैती एवं लुटपाटका घटना भएकोमा चालु आवको यही महिनासम्ममा ५५ मात्रै यस्ता घटना भएको देखाएको छ । बैंकिङ कसुरतर्फ भने गत आवको तुलनामा यो आवको माघसम्म बढेको पाईएको छ । गत आवको माघ महिनासम्ममा ७६ वटा बैंकिङ कसुरका घटना भएकोमा चालु आवको माघसम्म त्यो संख्या बढेर ८२ मा पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  ०७:१६
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP