Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • भक्तपुरमा आपराधिक घटना घट्दै
भक्तपुरमा आपराधिक घटना घट्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन २०, २०७६
Hardik health
भक्तपुर–महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले भक्तपुर जिल्लाको शान्ति सुरक्षालाई चुस्तदुरुस्त पारेकाले गत वर्षको तुलनामा यस वर्ष अपराधका घटनामा कमी आएको जानकारी गराएका छन् । भक्तपुर जिल्लामा महानगरीय प्रहरी परिसर भक्तपुरले गत आर्थिक वर्ष २०७५÷०७६ र चालु आव २०७६÷०७७ को साउनदेखि माघसम्म जिल्लामा घटेका अपराधका घटनाको तथ्यांक सार्वजनिक गर्दै अपराधका घटनामा कमी आएको जानकारी दिएको हो । उपरीक्षक प्रधानले यस्तो दाबी गरेका हुन् । उनले यसको लागी जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको जानकारी दिए । त्यस्तै उनले प्रहरी परिचालनलाई व्यवस्थित गरिएको, हरेक क्षेत्रमा निगरानी बढाएको, प्रहरीलाई अपराध न्यूनीकरणसम्बन्धी विभिन्न तालीम प्रदान गरिएका कारण आपराधिक घटनामा कमी आएको बताए । पहिला पहिला भक्तपुरलाई अपराध गर्न, अपराधी लुक्न सुरक्षित ठाउँ मानिँदै आएको थियो । तर यसपालीको तथ्यांकले यो मान्यतालाई चुनौती दिएको छ । प्रहरीले सार्वजनिक तथ्यांकका बारेमा जानकारी दिँदै महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दीपक गिरीले जिल्लामा कर्तव्य ज्यान, सवारी ज्यान, चोरीडाँंका, लुटपाट, अपहरण, लागुऔषध, जबर्जस्ती करणीलगायतका आपराधिक घटनामा कमी आएको बताए । आव २०७५÷०७६ मा अपराध सम्बन्धी ६७९ वटा मुद्दा दर्ता भएकोमा चालु आव २०७६÷०७७ को माघसम्ममा ४५९ मात्रै मुद्दा दर्ता भएका छन् । उनले गत वर्षको साउनदेखि माघसम्ममा हत्याका पाँंच वटा घटना भएकामा यस वर्षको यो अवधिमा एउटा मात्रै हत्याको घटना घटेको जानकारी दिए । त्यस्तै गत वर्ष सवारी दुर्घटनामा ३७ जनाको ज्यान गएकामा चालु आवको सोही महिनासम्ममा दुर्घटनामा १७ जनाको ज्यान गएको र यसमा पनि कमी आएको उनको भनाइ छ । अपहरणतर्फ भने गत वर्ष एकवटा अपहरणका घटना घटेकोमा यस वर्षको माघसम्म पनि एक वटा घटना घटेको छ । गत आवमा जबर्जस्ती करणीका ३४ घटना घटेकोमा चालु आवको माघसम्म २१ घटना घटेको जानकारी दिँदै यो संख्यालाई बढ्न नदिने गरी प्रहरी परिचालन भएको प्रवक्ता गिरीले जानकारी दिए । सार्वजनिक तथ्यांकअनुसार गत आवमा ३६ लागुऔषधका घटना घटेकोमा चालु आवको माघसम्ममा १० वटा घटना भएको छ । तथ्यांकले गत आवको माघसम्म ९९ चोरी डकैती एवं लुटपाटका घटना भएकोमा चालु आवको यही महिनासम्ममा ५५ मात्रै यस्ता घटना भएको देखाएको छ । बैंकिङ कसुरतर्फ भने गत आवको तुलनामा यो आवको माघसम्म बढेको पाईएको छ । गत आवको माघ महिनासम्ममा ७६ वटा बैंकिङ कसुरका घटना भएकोमा चालु आवको माघसम्म त्यो संख्या बढेर ८२ मा पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  ०७:१६
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP