Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • ‘बोक्सीको घर’ प्रदर्शनमा
‘बोक्सीको घर’ प्रदर्शनमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख १४, २०८१

काठमाडौं -  आजदेखि नेपाली चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन गरिएको छ । अभिनेत्री केकी अधिकारीले निर्माण गरेकी चलचित्रमा मुख्य भूमिकामा उनी नै छिन्  । 

चलचित्र क्षेत्रमा स्थापित नाम बनिसके तापनि उनी उक्त भूमिका निर्वाह गर्न अभिनयको कक्षा लिएर चरित्र निर्माणका लागि छ महिना कार्यशालामा बसेकी थिइन् ।

त्यसपछि अडिसनमार्फत् निर्देशक तथा लेखक सुलक्षण भारतीले अभिनेत्री अधिकारीलाई शीर्ष भूमिकामा सहमति दिएकी हुन् । सयौँ साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) मा अभिनय गरेपछि झन्डै डेढदशक अगाडि ‘स्वर’ चलचित्रमार्फत अभिनेत्रीको रुपमा ठूलो पर्दामा आएकी अभिनेत्री अधिकारीले यस किसिमको अनुभव पहिलो पटक  लिएकी हुन् ।

Hardik health

“मलाई त्यो भूमिका निर्वाह गर्नु थियो । मैले गरिरहेको काम भन्दा फरक भएकाले मैले नयाँ कलाकार जस्तै अभिनय सिकेर, अडिसन दिएर काम गरेकी हुँ”, अभिनेत्री अधिकारीले भनिन् । डेढ दशकपछि अडिसन दिनुको कारण उहाँलाई उक्त पात्रको भूमिका निर्वाह गर्दा देखाउन सकिने कलाकारिता र चलचित्रले उठान गरेको विषय नै थियो । कोरोना महामारी अगाडि उनले मण्डला नाटकघरमा नै उक्त नाटक हेरिन् । नाटक हेरेपछि शीर्ष भूमिका निर्वाह गरेकी सरिता गिरी र निर्देशक भारतीलाई बधाई दिइन्  । 

गम्भीर विषयलाई मनोरञ्जनात्मक प्रस्तुति दिन सकिन्छ भन्ने उनलाई लागेको थिएन । त्यसपछि कोरोना महामारीका कारण भएको बन्दाबन्दीमा अभिनेत्री अधिकारीले चलचित्र बनाउने सोच आउँदा ‘बोक्सीको घर’लाई भुल्न सकिनन्। पहिलो निर्माण गरेको चलचित्र भारतीय चलचित्रको नक्कल रहेको आरोप खेपेकी अभिनेत्री अधिकारीले यसपटक मौलिकसँगै सामाजिक विषयलाई पर्दामा ल्याउने अठोट गरिन् ।  

“मैले यो कथालाई बढीभन्दा बढी दर्शकलाई देखाउनु पर्छ भनेर चलचित्र बनाउने प्रस्ताव लिएर निर्देशक भेटेँ । उनले सुरुमा अस्वीकार गर्नुभयो तर मैले निरन्तर प्रयास गरेर सहमत गराएँ । तर, उहाँले केही सर्त राख्नुभयो । सोही कारण मैले अभिनय यात्रा सुरू गरेको डेढ दशकपछि नयाँ झैँ सुरुआत गरेँ । कपालसमेत मुण्डन गरेकी थिएँ”, अभिनेत्री अधिकारीले भनिन् । 

“धेरै चलचित्रमा अभिनेत्रीले परनिर्भर भूमिका खेलेका छन् । सायद, पुरुष हिरो हुँदा चलचित्र चल्छ भन्ने मान्यता पनि होला । त्यही कारण पनि यसपटक चलचित्रमा अधिकांश मुख्य पात्र महिला नै छन् । यो हाम्रो समाजमा भइरहेको तर हामीले ध्यान नदिएको कथा हो”, अभिनेत्री अधिकारीले भनिन् । चलचित्रमा रमा थपलिया, सुपला सापकोटा, स्वेच्छा राउत, सुष्मा निरौला, सबिन बाँस्तोला लगायतका कलाकारले अभिनय गरेका छन् । 


प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण हुँदै
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण हुँदै आइतबार, चैत २२, २०८२
निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने
निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने शुक्रबार, चैत २०, २०८२
‘रोल नं १’को पहिलो झलक सार्वजनिक
‘रोल नं १’को पहिलो झलक सार्वजनिक बिहीबार, चैत १९, २०८२
 डाक्टर दम्पतीको रोमान्टिक गीत ‘सधैं साथमा तिम्रो’  सार्वजनिक
 डाक्टर दम्पतीको रोमान्टिक गीत ‘सधैं साथमा तिम्रो’ सार्वजनिक बुधबार, चैत १८, २०८२
चलचित्र ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक
चलचित्र ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक बुधबार, चैत १८, २०८२
फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने
फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने मंगलबार, चैत १७, २०८२
कार्की आयोगको प्रतिवेदनप्रति शिव परियारको गम्भीर आपत्ति
कार्की आयोगको प्रतिवेदनप्रति शिव परियारको गम्भीर आपत्ति सोमबार, चैत १६, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP