Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • १६ औं योजनाको मस्यौदामा महत्वकांक्षी लक्ष्य : मन्त्री नै असन्तुष्ट
१६ औं योजनाको मस्यौदामा महत्वकांक्षी लक्ष्य : मन्त्री नै असन्तुष्ट
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख १४, २०८१

यहाँ योजनाहरुमा हचुवा ताल छ । प्राथमिकीकरण छैन, बनाउनेपर्ने ठाउँमा विमानस्थल नबनाएर नबनाउनुपर्ने ठाउँमा बनाइरहेका छौं
माधव नेपाल
अध्यक्ष
एकीकृत समाजवादी

काठमाडौं– पूर्वअर्थमन्त्रीहरुले १६ औं योजनाको लक्ष्य महŒवाकांक्षी बनाउन नहुने बताएका छन् । बिहीबार राष्ट्रिय विकास परिषद्को बैठकमा राष्ट्रिय योजना आयोगले प्रस्तुत गरेको मस्यौदामाथि सुझाव दिँदै उनीहरुले यस्तो बताएका हुन् । मस्यौदामा राखिएको लक्ष्य महŒवाकांक्षी भएको र प्राप्त गर्न नसकिने उनीहरुको भनाइ छ । 

योजनाको मस्यौदामा आर्थिक वर्ष २०८५/८६ सम्ममा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु/याउने लक्ष्य राखिएको छ । गत आर्थिक वर्षमा यो दर २.२ मात्र रहेको छ । चालु आर्थिक वर्षमा साढे ३ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । यो अवस्थामा योजना आयोगले पाँच वर्षको अवधिमा ७.३ पु/याउने लक्ष्य असम्भवजस्तै भएको पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतको टिप्पणी छ ।

‘सरकार अस्थिर छ । प्रशासन त्यस्तै छ । यसमा स्थायित्व नआएसम्म १६ औं योजनाको ७.३ प्रतिशत लक्ष्य प्राप्त गर्न सकिँदैन,’ महतले बैठकमा भने, ‘मैले बढीमा ५ प्रतिशत राख्नु भनेको थिएँ । विस्तारै अर्को वर्ष थप्दै जाने हो ।’

Hardik health

अर्का पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले निजी क्षेत्रको सहयोग नभए लक्ष्य प्राप्ति गर्न मुश्किल हुने बताए । ‘यो लक्ष्य प्राप्ति गर्न निजी क्षेत्रको ठुलो साथ चाहिन्छ । नभएर बाहिरी स्रोत परिचालन गर्नुपर्छ । ग्राहस्थ बचतले पुग्दैन,’ खतिवडाले भने ।

एकीकृत समाजवादीका अध्यक्ष पूर्व प्रधानमन्त्री माधव नेपालले हचुवामा योजना नबनाउन सुझाव दिए । ‘यहाँ योजनाहरुमा हचुवा ताल छ । प्राथमिकीकरण छैन, बनाउनेपर्ने ठाउँमा विमानस्थल नबनाएर नबनाउनुपर्ने ठाउँमा बनाइरहेका छौं,’ नेपालले भने, ‘निजगढ विमानस्थल गेमचेन्जर हुन सक्थ्यो । यो बनाइएन । पोखरा र भैरहवामा अन्तरराष्ट्रिय विमानस्थल काम नलाग्ने अवस्थामा पुगिसक्यो ।’ 

१६ औं योजनाको मस्यौदा सनातन छ । ट्रेडिसनल पाराले हुन्न । यो रिभ्यू हुनुपर्छ
उपेन्द्र यादव
उपप्रधान तथा स्वास्थ्य मन्त्री

जनता समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पनि आयोगको मस्यौदामा असन्तुष्टि पोख्दै परम्परागत शैलीको भएको आरोप लगाए । ‘१६ औं योजनाको मस्यौदा सनातन छ । ट्रेडिसनल पाराले हुन्न । यो रिभ्यू हुनुपर्छ,’ यादवले भने ।श्रममन्त्री डिपी अर्यालले कर्मचारी र मन्त्रीहरुमा विश्वासको खाडल बढेकोले यस्ता विषयमा योजनाले ध्यान दिन सक्नुपर्ने सुझाव दिए । ‘देशलाई छिटो सम्मुनत बनाउनुछ भने कर्मचारीलाई मोटिभेसन जरुरी छ । नभए मुश्किल हुनेछ,’ अर्यालले भने, ‘कर्मचारी र मन्त्रीबीचको खाडल पुरेर दुबै मिलेर काम गर्नुपर्छ । कर्मचारीको विश्वास नेताले गर्नुपर्छ । नेताको विश्वास कर्मचारीले ।’

१६ औं योजनाको लक्ष्य पुरा गर्न ९१ खर्ब ९६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले बताए । उनका अनुसार पाँच वर्षपछिको मुल्याङ्कनमा उक्ता लागत ११४ खर्ब पुग्नेछ । आगामी आर्थिक वर्षबाट लागू हुने १६ औं योजनाको तयारी गरिरहेको आयोगले राष्ट्रिय विकास परिषद्को बैठकमा मस्यौदा प्रस्तुत गरेको हो ।

परिषद्को अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले १५ औं योजनामा आर्थिक वृद्धिदर लक्ष्यभन्दा न्यून उपलब्धि भएकोले महत्वपूर्ण सुझावलाई समेटेर १६ औं योजनाको मस्यौदालाई पूर्णता दिन आयोगका अधिकारीहरुलाई निर्देशन दिए । ‘समयमै मस्यौदा आएको छ । तर १५ औं योजनामा आर्थिक वृद्धि लक्ष्यभन्दा न्युन रहन गयो । त्यसैले महत्वपूर्ण सुझावलाई समेटेर अघि बढ्नुपर्छ,’ प्रधानमन्त्री दाहालले भने ।

परम्परावादी सुधारले लक्ष्य हासिल गर्न नसकिने उनको भनाइ थियो । ‘परम्परावादी कार्यहरूमा गरिने सामान्य सुधार र कार्यान्वयनको पुरानै परिपाटीको निरन्तरताबाट राष्ट्रिय विकासका लक्ष्य हासिल गर्न नसकिने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘आवधिक योजनाले रूपान्तरणका क्षेत्रमा तय गरेका प्रमुख कार्यक्रमहरू कार्यान्वयन हुनुपर्छ । अनिमात्र ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ को सोच पूरा गर्न सकिन्छ ।’


सरकार अस्थिर छ । प्रशासन त्यस्तै छ । यसमा स्थायित्व नआएसम्म १६ औं योजनाको ७.३ प्रतिशत लक्ष्य प्राप्त गर्न सकिँदैन
डा प्रकाशशरण महत
निवर्तमान अर्थमन्त्री 

त्यसैगरी योजनाको मस्यौदामा नेपालीको प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पु/याउने लक्ष्य राखिएको छ । जबकि आर्थिक वर्ष २०७९/८० मा नेपालीको प्रतिव्यक्ति आय १४१० अमेरिकी डलर रहेको छ । यो योजना ठीकसँग अघि बढे नेपाल २०२६ मा विकासशील राष्ट्र र मध्यम आय गर्न सक्ने देशमा उक्लनने प्रधानमन्त्री दाहालले दाबी गरे । योजनाको मस्यौदामा गरिबीको रेखामुनि रहेको जनसंख्या १२ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । आर्थिक वर्ष २०७९/८० मा यो दर २०.३ प्रतिशत रहेको छ । 

सुशासनको राष्ट्रिय लक्ष्य, प्राथमिकतामा भ्रष्टाचार न्यूनीकरण
मस्यौदामा सुशासनको राष्ट्रिय लक्ष्यको पहिलो नम्बरमै भ्रष्टाचार न्यूनीकरण अनुभूति सुचकांक राखिएको छ । यो सुचकांकमा आर्थिक वर्ष २०७९/८० को स्थिति ३५ प्रतिशत रहेको छ । आगामी ५ वर्षमा यो सुचकांक ४३ प्रतिशत पु/याइने मस्यौदामा उल्लेख छ । यसरी भ्रष्टाचारलाई प्राथमिकतामा राख्दा गलत सन्देश जाने पूर्वअर्थमन्त्री डा खतिवडाले बताए । ‘यसलाई एक नम्बरमा राखिएको रहेछ । यो हेर्दा देशको मुल मुद्दा नै यही रहेछ भन्ने सन्देश जान्छ,’ डा खतिवडाले भने ।

मस्यौदामा विधिको शासनको सुचकांकमा पनि सुधार गर्ने उल्लेख गरिएको छ । अघिल्लो आर्थिक वर्षमा शून्य दशमलब ५२ प्रतिशत रहेको यो सुचकांक २०८५/८६ सम्ममा शून्य दशमलब ८० पु/याउने लक्ष्य राखिएको छ । लक्ष्य र उपलब्धिमा ठुलो ग्याम गरेकोले दुई तीनवटा बाहेकको लक्ष्य प्राप्ति मुश्किल हुने पूर्वअर्थमन्त्री डा महतले बताए ।


प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १०:१६
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो बुधबार, साउन २०, २०८३
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन मंगलबार, साउन १९, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP