Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
विचार
  • Home
  • विचार
  • हामी किन आफ्नै देशमा रम्न सकेनौं ?
हामी किन आफ्नै देशमा रम्न सकेनौं ?
युवराज ढुंगाना
युवराज ढुंगाना बुधबार, वैशाख १२, २०८१

कति कमजोर रहेछ भाग्य, आफ्नै देशमा बस्न सकिनँ, मातृभूमिलाई आफ्नै भनेर खुसी मनले रम्न सकिनँ । यो देशको खेतबारी त्यसै खेर गयो, हाम्रा आफ्ना छोराछोरी विदेशीले लग्यो । इमान्दार हुनुको नतिजा चन्द्रलोकको यात्राजस्तो सुखद् हो भने बेइमानी हुनुको नतिजा परमाणु बमले देशै ध्वस्त पारेजस्तै फरक र विपरीत कुरा हुन् । खासगरी हाम्रो ध्यान यसतर्फ पुगेकै छैन ।
 

हामी किन आफ्नै देशमा रम्न सकेनौं ? हामी किन आफ्नै घरमा  जम्न सकेनौं ? एउटा समयमा प्रधानमन्त्रीले बोलेको सुनेको थिएँ ७०–८० हजार मासिक तलब खाने व्यक्ति पनि यो देश छाडेर विदेश गइराखेको छ । त्यसकारण यहाँ नेपाली दाजुभाइहरूले रोजगारी नपाएर विदेश गएको भन्ने कुरा मलाई सत्य लाग्दैन । साथै, हामीले रोजगार सिर्जना गर्न नसकेको भन्ने कुरा पनि साँचो होइन ।

प्रधानमन्त्रीका यस्ता छलकपटले भरिएका वाक्यहरूबाट नै यो प्रस्ट भएको छ कि हाम्रो देशभित्र बेरोजगारी बढेको मात्रै होइन, देशमा आमनागरिकसमेत बस्न लायक छैन भन्ने कुरा प्रमाणित हुँदै गएको सत्य हो । आजका दिनमा यो देश, अब बस्न लायक देशजस्तो रहेन । हरेक नागरिकले खुसी मनले यहाँ बस्न रुचाउँदैन ।

त्यसको कारण भनेको एउटा मात्रै छैन । न त बेरोजगारी समस्याले मात्रै हो, न त भ्रष्टाचारलगायतका अवाञ्छित गतिविधिले मात्रै । समग्र देशको धर्म, संस्कृति, भाषालगायत सामाजिक सद्भाव नै खल्बलिने गरी राजनीतिबाट आक्रमण नै भएको छ । जब बाहिरबाट देखिनेखालको अशान्ति हत्या–हिंसाको आन्दोलन सकियो, तब भित्रैबाट मानसिकरूपमा नै अशान्तिको ज्वाला दन्कियो । यसको पहिलो प्रहार नै नवजवान विद्यार्थी वर्ग हुन पुग्यो । शिक्षामा चरम बेथिति, सामाजिक सद्भाव नष्ट खरानी भयो ।

Hardik health

आफ्ना सन्तति नै जब यहाँ रहँदैनन् भने, अभिभावक किन कसको मुख हेरेर बस्ने ? यो प्रश्नको जवाफ हामीले आफूभित्रैबाट खोज्नुपरेको छ । इतिहासमा जसरी जंगबहादुरले देशलाई पछाडि पारे । भनिन्छ– त्यो भन्दा सयौं गुणा पछि धकेल्ने काम पछिल्लो कालखण्डका सत्ताधारीहरूबाट भइराखेको छ । यो अन्धकारको युगको इतिहास लेख्नु भनेको, हाम्रो ऐतिहासिक विरासतमा कसरी कालो धब्बा लाग्यो ? र, नागरिकहरूले कतिसम्म अपमान सहेर दबिएर बसेका रहेछन् भन्ने लाचारीपनको पराकाष्ठ देखाइनुमात्रै हुने छ । पुरानो समयमा मानिसहरूको भौतिक रूपमा बेचबिखन पनि हुने गर्दथ्यो,  तर आज नैतिक रूपमा अपहरण हुने गरेको छ, दबाब दिइएको छ राजनीतिले ।

‘यसो गर्ने भए गर, नत्र तेरो खैरियत छैन’ सफाया नै पो हुने हो कि ? ठूलो त्रास छ मनमा । विगमा सती प्रथा थियो । महिलाहरू धर्मको नाममा स्वेच्छाले नै चितामा जल्न मञ्जुर गरे । तर, आज कलिला बालिकाहरूको अपहरण, बलत्कार, हत्या र बेचबिखनसम्मका निकृष्ट कामहरू भइरहँदा राज्य सञ्चालक शक्तिहरू हाँसेर मजा लिइरहेका छन् ।’ चेलीहरूको मात्र होइन, नाम चलेका युवाहरूको पनि बलत्कार हुने गरेको छ ।

भोलिको हाम्रो पुस्ता भावी सन्ततिहरूले हामीलाई धिक्कार भन्दै थुक्ने छन्– ‘किन हाम्रा पुर्खाहरूले आफ्नो जन्मभूमि त्यति सुन्दर देश छोडेर विदेश पलायन भएका होलान् ? विदेशीको आक्रमणमा परेका वा लडाइँबाट घरबारविहीन पारिएका भन्ने कुरा त कहीँ देखिँदैन, आर्थिक उन्नति भन्ने कुरा संसारकै मानिसले आफ्नो ठाउँमा आफैं गरेको हो नि ! अझै पनि हाम्रा पुर्खाहरूको जग्गा जमिन सम्पत्ति बाँकी नै छ रे भनेर आपसमा कुरा गर्दैगर्दा हाम्रो आत्मा कहाँ भट्किराखेको होला ? जसरी आज हामीले हाम्रा पुर्खाहरूको बहादुरीको कथा सुनेर, पढेर राष्ट्रभक्ति देखेर गौरवान्वित भएका छौं, त्यसैगरी हाम्रा सन्ततिहरूले पनि गौरव गर्न पाउँछन् कि पाउँदैनन् ? कतै हामीले त्यो विरासत गुमाएका त छैनौं ? एकपटक सोच्नुपर्ने देखिएन र ? हाम्रो इतिहास हामीले जोगाएका छौं कि छैनौं ?


वि.सं. २०४६ सालको आन्दोलनको जगमा बनेको संविधान २०४७ लाई मासेर थप सुन्दरता र समृद्धिको पक्ष हामीले के पायौं ? उक्त संविधानलाई विस्थापित गर्ने काम पनि उसैले ग¥यो । जसले उक्त संविधान निर्माण गरेको थियो । नयाँ संविधान निर्माण ग¥यौं भनेर गौरव गर्दै गर्दा हामी कसको लगाममा बाँधिएका छौं भन्ने पनि हेक्का रहेकै होला नि हाम्रा नेताहरूलाई ! के यही हो, हाम्रो गौरवमय इतिहास ? अर्थात् यिनै दलीय नेताको दिमागको उपज होइन र आजको यो देशको दुर्दशा ? जमिन बाँझो, जनता विदेशमा । अब त आफूलाई फलानो पार्टीको मानिस भन्नेहरूले सोच्नु पर्ने होइन र ?

आकाशमा उडेको हवाईजहाजले ल्याण्डिङ गर्ने समयमा ढलपल–ढलपल गरेजस्तै यो देशका नेताहरूले जनतालाई झुक्याउन र अल्मल्याउन, अपराधिहरूलाई लुकाउन राजनीतिमा पनि ढलपल, ढलपल गरिरहेका छन् । जनता सचेत भएर यिनीहरूको निगरानी गर्नुपर्ने बेला आएको छ । किन हामीलाई हाम्रो मानिस सधैं धोका दिन्छ ? किन हामीलाई झुक्याएर हाम्रो भोट लिन्छ ? किन हामीले बेइमानीलाई चिन्न सकेनौं ? किन हामीले असल मान्छे छान्न सकेनौं ? बूढापाकाले बोलेको मैले सुनेको थिएँ– ‘आफैं खाल्डोमा नपरेसम्म चेत नपाउने भनेको पशु हो । मानिसलेचाहिँ अरू कोही खाल्डोमा परेको देखेपछि होस पाउँछ, चेत खुल्छ ।’

निसले अर्कोबाट पनि सिक्न सक्छ, इत्यादि कुराहरू गर्दथे । तर, आजको हाम्रो समाजमा त्यस्तो देखिंएन । बरू उल्टै आफैं पटक–पटक खाल्डोमा परिसक्दा पनि चेत खुलेन, होस भएन, आएन । यो के भएको होला ? अचम्म लाग्छ । हामी नेपालीको नेपालभित्र बस्दासम्म होस–चेत–विचार केही नखुल्ने, देशबाहिर विदेश गइसकेपछि भने होस खुल्ने मात्र होइन, मानिस स्वयं उतै हराउने कस्तो विडम्बना !

अर्बौं सम्पत्तिका मालिकहरूलाई सोध्न चाहन्छु । तपाईंहरूलाई थाहा छ, विदेशको समाज कस्तो छ ? धनी र गरिबहरूको भूमिका आफ्नो देशप्रति कस्तो रहन्छ ? तपाईं त धनी मानिस हो नि, विदेशका अध्यागमनका कर्मचारीहरूले तपाईंहरूलाई नेपाली नागरिकको हैसियतमा हेर्ने दृष्टिकोणको मूल्यांकन गर्नुभएकै होला ? के छ तपाईंहरूको अनुभव ? त्यही बेलाको पीडाले होला आजकल धनाढ्यहरू पनि कूटनीतिक पासपोर्ट लिएर यात्रा गर्ने योजना बनाएको ।

इतिहासले कहिल्यै नबिर्सने अर्को एउटा कुरा याद आयो । संसद् भवनकै अगाडि मन्त्रीकै सामनेमा एकजना उद्यमी यो देशको नागरिक युवकले आफ्ना अनगिन्ति पीडाहरू बोकेर आफ्नै भौतिक शरीरमाथि नै आगो लगाइदियो । त्यो दृश्यले यो देशका पाइलटहरू कसैको मन छोउन् । जबकि आज यो देशका लाखौं युवाहरू नैतिक, मानसिक, सामाजिक दृष्टिकोणबाट समेत प्रत्येक दिन आत्मदाहजस्तै पीडाको सिकार बनिराखेका छन् । त्यसतर्फ यहाँका जिम्मेवार नेतृत्वको ध्यान कसरी पुग्न सक्ला ? असम्भव ! प्रत्येक नागरिक आफू एक्लै पिल्सिएर भनिराखेको छ कि ‘यो देशमा भविष्य छैन’ वर्तमान नै सुखद् नभएपछि भविष्यप्रति के विश्वास ?

कति कमजोर रहेछ भाग्य, आफ्नै देशमा बस्न सकिनँ, मातृभूमिलाई आफ्नै भनेर खुसी मनले रम्न सकिनँ । यो देशको खेतबारी त्यसै खेर गयो, हाम्रा आफ्ना छोराछोरी विदेशीले लग्यो । इमान्दार हुनुको नतिजा चन्द्रलोकको यात्राजस्तो सुखद् हो भने बेइमानी हुनुको नतिजा परमाणु बमले देशै ध्वस्त पारेजस्तै फरक र विपरीत कुरा हुन् । खासगरी हाम्रो ध्यान यसतर्फ पुगेकै छैन ।

आफ्नो पेसा, व्यवसाय गरेर आनन्दले घरमा बसिरहेका नागरिक, विनाकारण अनायास पेसा घर सबै छाडेर भाग्नुप¥यो किन ? आफ्नो परिचय लुकाएर बाँच्नुप¥यो, किन ? थाहा पाए मारिदिन्छ कि भनेर डराउनुप¥यो । आफ्नो गाउँघर छाडेर लुक्नुप¥यो । जमिनदार भएर पनि सुकुम्बासी शरणार्थीको जस्तो जीवन जिउन प¥यो, के आजको नागरिकले त्यो सबै बिर्सेकै हो ? के त्यतिबेला देशमा एकतन्त्रीय अधिनायकवादी जार शासन थियो कि बालिग मताधिकारको आधारमा निर्वाचित पूर्ण प्रजातान्त्रिक सरकार थियो ? अब मैले यो प्रश्न आजका प्राथमिक स्कुलका बालबालिकाहरूलाई सोधूँ ? कि यसको जवाफ दिनसक्ने मानिस खोज्न म कहाँ जाउँ ? कोही हुनुहुन्छ, पाठक मित्रहरू मेरो जिज्ञासालाई बुझिदिने ?


तत्कालीन सरकारले हतियार खरिद गर्ने पैसासमेत दिएर, पूर्ण सुरक्षा घेराभित्र राखेर जंगल गएको नाटक गर्न, सिकाउनेहरूसँगै आज मन मुटु गाँसेर कहिले यता कहिले उता ढल्कीढल्की रमिता गर्नेहरूलाई अझैसम्म पनि नचिनेझैँ गरिरहने र सत्यको रहस्योद्घाटन गर्न नसक्ने नेपाली युवा, राजनीतिज्ञहरूलाई म कुन शब्दले सम्बोधन गरौं ?

हामीले सहरको एक पाइला जमिन खरिद गर्नका लागि जिन्दगीभरिको मिहेनतको कमाई खन्याउनुको सट्टामा आफ्नै जन्मस्थान वरपरको विकास गर्न गराउन सकेको भए आज हामी कति धनी र सुखी हुने थियौं होला ? कल्पना गरौं र गल्ती सच्याउने कोसिस गर्ने हो कि ? हाम्रा सबै पाखाबारी बहुमूल्य घडेरी हुने थिए । देश पूरै दार्जीलिङजस्तो पर्यटकीय गन्तव्य हुने थियो । समथर उर्वर जमिनमा उत्पादित खाद्यान्नले हामी आत्मनिर्भर मात्र होइन, सबै क्षेत्रमा सबै नागरिकहरूको समान पहुँच पुग्ने थियो । ‘देशको भूगोलको विकास गरिदिएको भए न त कोही पिछडिएको जनजाति, न त कोही दलित समुदाय भनेर आरक्षण दिनुपर्ने थियो । सबै नेपाली समान क्षमतावान समान गौरववान, समृद्ध समाज भइसक्ने थियो । यो देशलाई ग्राण्ड डिजाइनबाट गरिब बनाइराखिएको छ ।

यत्तिमात्रै हामीले कुरा बुझिदिए पुग्छ । आज विदेशमा पसिना बगाएका युवाहरूले हाम्रो आफ्नै खेतबारीमा काम गरिरहेका हुने थिए । पशुपालन र गोबरग्यासको पहँुच बढाइदिएको भए इन्धन आयातमा भएको खर्च पनि बच्ने थियो । हाम्रो एकजना युवा विदेश गएर कमाएको आम्दानी र उसको परिवार सहरमा भाडामा बसेर किनेर खाएको खर्चको तुलना गरेर हेर्नोस्, अनि त्यो परिवारबाट राज्यलाई कति फाइदा पुग्यो, त्यो पनि मूल्यांकन गर्नोस् । साथै, यस कुराको चौतर्फी प्रभावको हिसाब निकाल्न सक्ने विद्वान अर्थमन्त्रीज्यूहरूको गिदीको परीक्षण पनि गराउने हो कि ? हाम्रो वैदेशिक मुद्रा सबै महँगा गाडी खरिदमा खर्च भयो । यिनै नेताहरूका लागि यो पनि याद गरौं ।


अब हामीले गणतन्त्र ल्यायौं भनेर गौरव गर्ने हो कि विदेशीको दास बनेर लम्पसार बनेकोमा आत्मग्लानी गर्ने ? भन्नोस् मेरा नेताज्यूहरू कस्तो इतिहास लेखौं मैले ? नेपाली समाज यसको जवाफ चाहन्छ । जय मातृभूमि !

हामीले सहरको एक पाइला जमिन खरिद गर्नका लागि जिन्दगीभरको मिहेनतको कमाई खन्याउनुको सट्टा आफ्नै जन्मस्थान वरपरको विकास गर्न गराउन सकेको भए आज हामी कति धनी र सुखी हुने थियौं होला ? कल्पना गरौं र गल्ती सच्याउने कोसिस गरौं । 


प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १३:३२
प्रतिक्रिया दिनुहोस्
थप विचार
ध्यान साधनाबाट प्राप्त हुन्छ बोध
ध्यान साधनाबाट प्राप्त हुन्छ बोध बिहीबार, माघ १५, २०८२
स्वच्छ ऊर्जाको कार्यान्वयनबाट हरित अर्थतन्त्र विकास
स्वच्छ ऊर्जाको कार्यान्वयनबाट हरित अर्थतन्त्र विकास बुधबार, माघ १४, २०८२
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान मंगलबार, माघ १३, २०८२
नेपालको भूराजनीतिक चुनौती
नेपालको भूराजनीतिक चुनौती मंगलबार, माघ १३, २०८२
फाटेको टपरीमा न्यायको भोज
फाटेको टपरीमा न्यायको भोज मंगलबार, माघ १३, २०८२
निर्वाचनलाई सेयरबजारको ‘ग्रिन सिग्नल’
निर्वाचनलाई सेयरबजारको ‘ग्रिन सिग्नल’ सोमबार, माघ १२, २०८२
योजना कार्यान्वयनमा अस्थिर राजनीतिको प्रभाव
योजना कार्यान्वयनमा अस्थिर राजनीतिको प्रभाव शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP