Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
विचार
  • Home
  • विचार
  • लोकतन्त्र दिवसमा महाराजको स्वागत !
लोकतन्त्र दिवसमा महाराजको स्वागत !
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, वैशाख ११, २०८१

लोकऽतन्त्र । सिंहऽदरबार प्रवेश गर्ने महŒवपूर्ण काइदा । हजुरबाले प्रजाऽतन्त्रका नाममा त्यही सिंहऽदरबारमा छिरेर खै कुन्नि के–के गरे । प्रजातन्त्रलाई कठालोमा समातेर फालेका काकाहरुले लोकतन्त्र भित्र्याइदिए । त्यही लोकतन्त्रलाई पनि कहिले यता पल्टाउने कहिले उता पल्टाउने गर्दै गणऽतन्त्र भित्र्याइदिए । 

काकाले भनेको गण अर्थात् झुण्डतन्त्र भनेको शासन एउटा झुण्डले चलाउने शासनमा शासित बनिरहेका छौं अरे । काकाले जे बोकाइदियो त्यही बोकेर हिँड्ने भतिजहरुका कारण पनि कहिले कुन तन्त्र धरापमा ! कहिले कुन तन्त्र सरापमा पर्ने रैछ । हजुरबाले बनाइदिएको प्रजाऽतन्त्र मन नपरेपछि नै त हो काकाहरु रिसाएका । काकालाई त्यही उही अनि यही गणऽतन्त्र चाहिएको थियो । कम्तीमा एउटा न एउटा झुण्डले सत्ता सेवन गरिरहने । पालैपालो । रुमाल लुकाई खेलेजस्तो ! कहिले कसले डडाल्नु सेकाउने हो पत्तै हुँदैन । रुमाल छाम्दा छाम्दै डडाल्नुमा डाम ।

पोहोर साल कुन्नि कुनचाहिँ आफ्नै भाग्य थाहा नपाउने फन्टुसले काकालाई हात्तीले माला लगाएर सिंहासन बसाउँछन् भने छ । काका मख्ख । त्यही भएर नि होला काका माघ महिनामा लावण्य देशतिर लागेका छन् हात्ती खोज्दै । हात्ती खोज्दा खोज्दै लखतरान भएका काकाले हात्ती त के हात्तीको पाइला पनि देख्न पाएनछन् ! काका रिसले चुर हुँदै लोकऽतन्त्रमा देखाइदिन्छु भन्ने भएछ । त्यही भएर होला काकाका गणहरुले त्यही तन्त्रको दिवस मनाएर लावण्य देशको हात्तीमा राजालाई सवार गराउने भएछन् । 

महाराजको स्वागतका लागि रैतीहरु सडकमा उर्लने छन् । लावण्य देश थियो थिएन, नवराज भन्ने व्यक्तिलाई हात्तीले राजा बनायो बनाएन लेख्नेले नै जानुन । तर नेपाल देशका गणहरुले अमिर राजा पनि देखेका छन् अनि हात्ती पनि पालेकै छन् । राजालाई स्वागत हात्तीबाटै गर्ने छन् । राजा नभएको देशमा लोकतन्त्र दिवस मनाउन राजालाई स्वागत गर्न भन्दै सरकारले डम्फु बजाइसक्यो । साराका सारा गणहरु महाराजको स्वागतमा तैनाथ हुने आदेश दिँदै सरकारी कार्यालय ठप्प गरिदिएको छ । महाराजको जय होस् । भन्नुपर्ने छ ।

Hardik health

 
परम्परागत महाराज उतै डाँडातिर बसेर घोत्लिदै छन् । यता पाहुना महाराजका लागि हदैसम्म लचिलो हुने भन्ने भाको छ । यताका महाराजलाई जंगलको बास, उताका महाराजलाई काजगी बाजेले नै पुग्ने भए लिएर उलिनकाठ । महाराज त महाराजै होलान् । कोही सामन्ती होलान्, कोही शोषक भए होलान् ! परम्परागत महाराजले भन्दा अहिले झुल्किएका महाराजहरुले गर्नुसम्म गरेका छन् । आउनुस् मिलेर स्वागत गर्नुहोस् । महाराजले रोजीरोटी दिएका छन् । त्यत्रा मान्छेलाई रोजगारी दिएका छन् । घरपरिवार पाल्दिएका छन् । त्यस्ता महाराजको जयजयकार नगरे कसको गर्ने त ? 

लोकऽतन्त्र दिवस हाम्ले किन मनाउनुप¥यो ? उता महाराजको सवारी हुनेबेला भइसक्यो । त्यो लोकतन्त्र त नाम मात्र हो । खासमा भन्ने हो भने भाषा विग्रिएको हो । विगारिएको हो । काकाले ऊ बेला जे भन्दिए त्यही राखिदिएको हो । यो त खासमा लुटऽतन्त्र हो । जति सक्दो लुट्ने हो । यता लुटेर सात समुद्रपारि पठाउने हो । लुटमा छुट कहाँ पाइन्छ र ? अमिर महाराजको स्वागत गर्नुछ । सबै जुट्नु छ । त्यही डाँडामा बसेर देख्लास् ! बोल्लास् ! हुर्मत लेलास् । पालो त हाम्रै हो । तेरामात्र सात पुस्तालाई जोडेर पुग्छ र ? ठूल्दाइहरु ठूलठूला स्वरले घिच्रो दुख्नेगरी थर्काउँदै छन् । महाराजको जय होस् । महाराजको जय होस् ।

पल्ला घरे ठाइँला काका पनि अलमलिएका छन् । उनी महाराजको जय होस् भन्ने ध्वनीबाट विचलित भएका छन् । हैन क्या हो कुरा ! साँच्चै नै महाराजका लागि यत्रो तयारी यति ठूला गर्जन । आफैंले आफ्नै गालामा एक थप्पड हान्छन् । यहाँ छ गणऽतन्त्र आइसक्यो त अब फेरि के को महाराजको जय होस् !ठाइँला काकाले आफ्नै गालामा बजारेपछि काकी डङरंगै ढलिन् । काकी ढलेपछि काका उठाउन पुगे । वरपर कोही थिएन । काकाले हत्त न पत्तका समुद्रपारी भएको छोरालाई वाइफाइ अन गर्दै एक घण्टा भिडियो कल हानिहाली । विचरा कर्मवीर छोराको फोन किन उठ्थ्यो र ? त्यत्ति सजिलो पनि कहाँ छ र त्यहाँ बाले फोन गरे अब उठाइहाल्छु भन्ने । 

यहाँ नयाँ महाराजाले राज गरेर बल्लबल्ल सात समुद्रपारि पठाएका छन् । उनैका लागि रेमिट्यान्स पठाउनु छ । भिडियोमा कुरा गरेर बा’लाई के भन्नु । बा म थकिन छु भन्न पनि नमिल्ने ! विनाकाम केही पनि हुन्न है । कर्म गर्ने कर्मवीरहरुका लागि महाराजको जय जय भन्न पनि नपर्ने । लोकतन्त्रमा महाराजको जयजयकार मनाउन खोज्दा काकी ढलेको कुरा छोरालाई सुनाएन नपाएका ठाइँला काका । जंगलतिर बसेका माइला बालाई कसरी सुनाउन सक्लान् र ? 

महाराजका दिन गए । अव राजा भन्ने दिन गए ! तर होइन रहेछ यही भूमिमा राजाको जयजयकार पनि सुनिँदो रहेछ । चाहे घरभित्रकै राजा होस् वा घरबाहिरका राजा कै किन नहोस् । फेरि पनि काकाले भन्न लगाएका छन्, ‘महाराजको जय होस्’ !यता न ठूला काकाको सत्कार छ । न त माइला काकालाई नै सम्मान छ । घरमा भएका बाऽआमाथि अन्याय नै अन्याय छ । राजा फालेर महाराजा बनेकाहरु उही राजाकै स्वागतमा तल्लीन छन् । जयजयकार मनाउँदै छन् । आफ्नो मर्यादा कुल्चिएर भए पनि अरूका लागि देखाउँदै छन् । आउ मिलेर बस । आज जयजयकार मनाउनु छ । महाराजको स्वागत गर्नु छ । किनकि आज लोकऽतन्त्र दिवस पनि छ । आउ, गाउँ सबै मिलेर नरेशको जय हो । महाराजको जय होस् ।
 


प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्
थप विचार
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास बिहीबार, जेठ १४, २०८३
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP