Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • शरतसिंहले गरेका सबै विवादीत निर्णय श्रममन्त्रीद्वारा खारेज 
शरतसिंहले गरेका सबै विवादीत निर्णय श्रममन्त्रीद्वारा खारेज 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख ७, २०८१
Energy Drink Energy Drink

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वमन्त्री शरत सिंह भण्डारीले गरेका विवादीत निर्णयहरु खारेज गरेको छ । श्रममन्त्री डोलप्रसाद अर्यालले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै पूर्वमन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जाने नेपालीमाथि आर्थिक भार थोपरिने गरी गरेका विवादीत निर्णयहरु खारेज गरेका हुन् । 

मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट गत २०८० असोज ७ गते गरिएको पूर्व प्रस्थान अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को पहिलो संशोधन खारेज गरेको छ । कार्यविधि संशोधनको खारेजीसँगै पूर्व प्रस्थान अभिमुखीकरण तालिमको शुल्क ७०० नै कायम भएको छ । तर, कार्यविधिलाई व्यवहारिक र समयसापेक्ष बनाउन आवश्यक सुझाव दिन एक समिति गठन गरिएको छ ।  

मन्त्रालय अन्र्तगतको सीप विकास तथा तालिम शाखा प्रमुखको संयोजकत्वमा ३० दिनभित्र सुझाव पेश गर्ने गरी समिति गठन गरिएको बताइएको छ । उक्त समितिले सरोकारवालाहरुसँग समेत छलफल गरी पाठ्यक्रम र तालिमको मोडालिटी तय गर्नेछ भने तालिमको शुल्कको विषयमासमेत मन्त्रालयलाई सुझाव दिन सक्नेछ । पूर्वमन्त्री भण्डारीले कार्यविधि संशोधन गर्दै तालिम अवधि तीन दिन बनाउने र  तालिम शुल्क सात सय रुपैयाँबाट बढाएर दुई हजार ८०० रुपैयाँ पु¥याएका थिए । साथै अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूलाई मापदण्ड तोकेर भौतिक पूर्वाधार थप्नुपर्ने व्यवस्था गरेको थियो ।

Ncell
Hardik health


त्यस्तै, मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको लागि अंग्रेजी भाषा अनिवार्य गर्ने सम्बन्धी २०८० मंसिर ६ गतेको निर्णयसमेत खारेज गरेको छ । यो निर्णयसँगै वैदेशिक रोजगारीमा जाने श्रमिकले अंग्रेजी भाषाको परीक्षा दिनुपर्ने छैन । मन्त्रालयले वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने (पहिलो संशोधन) कार्यविधि २०८० समेत खारेज गरेको छ । मागपत्र प्रमाणीकरण निर्देशिका २०७५ को व्यवस्थाअनुसार नै मागपत्र प्रमाणीकरण गर्ने निर्णय गरिएको छ । निर्देशिका बमोजिम मागपत्र प्रमाणीकरणको काम सम्बन्धित मुलुक हेर्ने दुतावासले नै गर्नेछन् । 

२०८० पुस २४ गते प्रधानमन्त्री पुष्पकमल दाहालले आन्तरिक रोजगारी प्रवद्र्धन, वैदेशिक रोजगारी व्यवस्थापन र सामाजिक सुरक्षा लगायतका विषयमा मन्त्रालयलाई १६ बुँदे निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनको कार्यान्वयनको अवस्था र कार्यान्वनयमा देखिएका समस्या लगायतका विषयमा अध्ययन गरी सुझाव पेश गर्न मन्त्रालयले गत फागुन २९ गते सहसचिव गोविन्दप्रसाद रिजालको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो । सोही कार्यदलले गत चैत २७ गते नै श्रममन्त्री अर्याललाई प्रतिवेदन बुझाएको थियो ।

कार्यदलले दिएको सुझावअनुसार मन्त्रालयले उल्लेखित कार्यविधिमा भएको संशोधन खारेज तथा अंग्रेजी भाषा परीक्षा दिनु नपर्ने निर्णय गरेको हो । कार्यदलले दिएको प्रतिवेदनअनुसार अन्य सुझावहरु कार्यान्वयनका लागि अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ । साथै कार्यदलबाट प्राप्त सुझावहरु क्रमशः कार्यान्वयन गर्दै जाने बताइएको छ । 

 


प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०७:४४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया सोमबार, असोज ५, २०८३
भदौमा १० हजारले घट्यो वैदेशिक रोजगारीमा जानेको संख्या
भदौमा १० हजारले घट्यो वैदेशिक रोजगारीमा जानेको संख्या आइतबार, असोज ४, २०८३
साउनमा भित्रियो दुई खर्ब १५ अर्बभन्दा बढी रेमिट्यान्स
साउनमा भित्रियो दुई खर्ब १५ अर्बभन्दा बढी रेमिट्यान्स शुक्रबार, असोज २, २०८३
विभागले २५ व्यवसायीसँग माग्यो पाँच वर्षको विवरण
विभागले २५ व्यवसायीसँग माग्यो पाँच वर्षको विवरण शुक्रबार, असोज २, २०८३
मलेसिया सिण्डिकेटविरुद्ध महिला व्यवसायी: २५ व्यवसायीको फोटोमा खन्याए कालो मसी [भिडियोसहित]
मलेसिया सिण्डिकेटविरुद्ध महिला व्यवसायी: २५ व्यवसायीको फोटोमा खन्याए कालो मसी [भिडियोसहित] बिहीबार, असोज १, २०८३
सीप तथा रोजगार मेला आयोजना गर्दै श्रम मन्त्रालय
सीप तथा रोजगार मेला आयोजना गर्दै श्रम मन्त्रालय बिहीबार, असोज १, २०८३
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP