Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #दीपशिखा
  • #चितुवाको उद्धार
  • #४४औँ राष्ट्रिय मगर एकता दिवस
  • #मगर_दिवस
  • #टेम्केमैयुङ
  • #सवारीसाधन_निषेध
  • #निर्वाचन_प्रहरी
  • #नेपाली कांग्रेस
Search Here
विचार
  • Home
  • विचार
  • म पनि एनारने बन्छु ! 
म पनि एनारने बन्छु ! 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत २७, २०८०

सात समुद्रपारिबाट ठाइलोले मोबाइलबाट भिडियो कल गर्दै कमल दाइलाई भन्दै थियो, ‘थाऽ पाउनु भो दाइ, यहाँ पनि फुट्यो ? ठाइलोको कुरा कमल दाइले बुझे कि बुझेनन् कुन्नि हो र ? भन्दै उत्तर फर्काइदिए । ठाइलोले फेरि भन्यो– जहाँ गए पनि यो नेपालीहरु कहिल्यै नसुध्रिने भए । गुट फुटमै रमाउने ।

कमल दाइले भने– हो त के भाका हुन् । के सिके हो विदेशाँ बसेर पनि । हिजो गाउँमा बसेको भन्दा पनि केही फरक देखिएनन् ।ठाइलोले भन्यो– हो नि दाइ यस्तो पनि गर्न हुन्छ त ? सबलाई पद चाहिएको छ । पदका लागि जे गर्न पनि तयार हुने । कमल दाइले फेरि उत्तर फर्काए– हो नि भाइ नेपालीहरुलाई नानीदेखि लागेको झोले बन्ने बानी कहाँ छुट्छ र ! देश छोडेर जाने, विदेश पुगेर देशलाई सत्तोसराप गाली गर्ने ? खै हाम्रा पुर्खाले त यस्तो कुरा सिकाएका थिएनन् क्यारे ? के सभ्यता सिके सिके !

आफ्ना पतिदेवको कुरा सुनेर प्याकुली भान्साकोठाबाट बाहिर निस्केर भनिन्– सिके सिके राम्रा कुरा सिके । तिमी जस्ताका कुरा सुने यी विदेशाँ बस्नेहरुको भाउ बढेको बढ्यै छ । यिनको भाउ बढ्नेगरी किन कुरा गर्नु पर्‍यो !
प्याकुलीको कुरा सुनेर कमल दाइको पनि रिसको पारो अलि माथि बढ्छ । ‘नकरा, उता जाऊ । यहाँ कस्तो कुरा भाको छ । खाली किचकिचे कुरा गरेको छ ।’  ‘अँऽ मैले बोलेपछि किचेकिचे कुरा गरेको त हुन्छ नि ? झाँक्रीले त्यसै भनेकी हुन् र ? बिहान उठ्यो, आँखाको चिप्रा पुछ्न नपाउँदै देशलाई गाली गर्‍यो, नेतालाई गाली गर्‍यो । अनि फेरि झण्डा भिरेर के–के न राष्ट्रवादी बन्न खोज्ने एनारदेहरु !’  ‘यता फोनमा कुरा गरिराको देखेनौं तिमीले ? विचराहरु वहाँ रातभर दिनभर काम गर्नपर्छ बल्लबल्ल फुर्सद पाएर फोन गरेको छ । त्यसमा पनि तिम्रो कचकचले डिस्टर्ब !’

उताबाट ठाइला भन्छ– ल ल दाइ, पछि गफ गरौंला नि एक छिनमा काम गर्न हिँड्नु छ । त्यहाँ जस्तो कहाँ छ र ? यहाँ त काम नगरे मुखमा माड पनि लाग्दैन । सामाजिक सञ्जालमा बौलाको जस्तो कहाँ हुन्छ र ! भाउजुले भनेको कुरा ठीकै हो दाइ । उताबाट ठाइलाको कुरा सुनेर प्याकुली फेरि भन्छिन्– देख्यौ ? मैले कचकच गरेको रै’छ त ? उता काम नगरे मुखमा माड लाग्दैन रे । अनि नेपालाँ काम गर्न लाज हुने उता गएपछि जस्तो पनि काम गर्ने अनि फेरि यही देशलाई गाली गर्ने ? यस्ता नारनेहरुले नै हो देश बन्न नदिने । हो कि होइन ठाइलाबाबु लु भन्नुस् त ?

Hardik health

टाढैबाट कमल दाइको मोबाइलको भिडियो कलमा प्याकुलीले आवाज फालिहाल्छे । भाउजुको कुरा सुनेर खित्का छाड्दै ठाइलाले झटारो हान्छन्– हो भाउजु यो विदेशाँ आउने बस्नेहरुको कुरा नै ठूलो हुने । दिनभर गधाजस्तो जोतिने हुन् । अनि सामाजिक सञ्जाल हेरेर देशविरुद्ध विषवमन गर्ने हुन् । कम गाह्रो छ । त्यहाँको पैसाको तुलनामा पो यहाँको पैसा धेरै हो त । यो पनि देश हो र ? देश त हाम्रै हो स्वर्ग । तर के गर्नु स्वर्गजस्तो देशलाई नर्क बनाए ।  कमल दाइ केही बोल्दैनन् । प्याकुलीले नै जवाफ दिन्छन्– हेर बाबु त्यहाँ बस्ने देश र नेतालाई गाली गर्ने अनि त्यही नेता त्यहाँ आएपछि भगवान् नै आएजस्तो गर्ने झोलेहरु ।

भाउजुलाई पनि झोलेले हैरान पारेजस्तो छ । हो नि त्यहाँका र यहाँका झोले एउटै त हुन् । मुखले एउटा कुरा गर्ने व्यवहारले अर्को कुरा गर्ने ? हेर्नुस् बाबु चित्त नदुखाउनु होला यो देशको चिन्ता भनेको रेमिट्यान्स भित्र्याउन मलेसिया दुबई, कतार गएकाहरुलाई मात्र हो । अम्रिका, अस्ट्रेलिया जाने त यो देशलाई कंगाल बनाएर गएका हुन् । न त तिनले देशलाई माया गर्छन् न त देशको हित नै गर्दछन् । एनारनेका नाममा आफ्नो स्वार्थपूर्ति गर्नेमात्र हुन् ।

भाउजुको कुरामा ठाइला सही थाप्छन्– हो भाउजु वास्तविकत नै त्यही हो । सामाजिक सञ्जालमा देशलाई गाली गर्नेले देशलाई कसरी माया गर्छ ? हिजो देशलाई गाली गर्दै विदेश जाने अनि अहिले दुई–चार पैसा कमाएर देशविरुद्ध बोल्नेहरु बढ्न थाले । कमल दाइ अलमल्ल परेका छन् । ठाइला र प्याकुलीको कुरा सुनेर दंग पनि परेका छन् । ‘कुरा त तिमीहरुका पनि ठीकै हो तर के गर्नु ? आफू त जता हावा लाग्यो त्यतै बग्ने राजनीतिक प्राणी परियो । सुन्ने हो बस्ने हो ।’प्याकुलीले कमल दाइलाई पनि छाडिनन् । ‘त्यही भएर त झोले भनेका हुन् नि । तिम्रा दलले जे गरे पनि ठीक अरूले गरे बेठिक !’

प्याकुलीको कुराले कमल दाइलाई निकै नै मन दुखेको जस्तो देखियो । धेरै झोले झोले भनेको भएर होला विचरा कमल दाइ सत्ता र शक्तिको पछि परेकाले भोलि नै देश छाडौंजस्तो भयो रे ! ‘हेर भाइ, यस्तै झोले झोले भन्ने बढे भने म पनि एनारने बन्ने हो ? झूठको खेती, भ्रमको चर्चा । देशको नाममा आफ्नै मात्र स्वार्थ बोकेर हिँड्ने भनेकै एनारने हो ।’‘हो, बल्ल बुद्धिको घैटोमा घाम लाग्यो जस्तो छ,’ प्याकुलीले प्याट्ट बोलिहाली । यता बूढाबुढीको किचलो चलिरहेका बेला उता ठाइला भने दंग परिरहेका छन् ।

यो एनारने भनेपछि सबले मान्ने ! देशलाई गाली गरे पनि नेतालाई गाली गरे पनि पैसाको धाकले सबैलाई पछार्न पनि पाइने । यताको पनि नागरिक उताको पनि नागरिक बन्न पाइने । अनि देश बनाउने भन्दै चन्दा उठाएर आफ्नै स्वार्थमा चलाउने भनेकै एनारने हो । हेर भाइ अब म पनि एनारने बन्ने हो ? कमल दाइले बल्ल चुरो कुरो खोले !‘उता बसेर नेतालाई गाली गरो, उतै नेता आएपछि गणेश नै बन्यो । बाउबाजेले जोगाइदिएको घरखेत बेचेर सबै लिएर गाकोले देशको चिन्ता गर्न अलि नसुहाउने रैछ,’ प्याकुलीले फेरि मुख खोली । 

ठाइला बोल्न मन लागेर पनि बोल्न सकिरहेको छैन । एनारनेहरुको झगडा र कमल दाइ र प्याकुलीको झगडा उस्तैउस्तै हो । एकैछिनमा मिलिहाल्ने ! एकैछिन झगडा गरेजस्तो गर्‍यो अनि कुन्नि के–के बाँडफाँड गर्‍यो मिलिगो । पुष्प–ओली मिलेजस्तो । एनारने बन्नुका फाइदै त्यही हो । दुवै हातमा लड्डु ।ठाइला भन्छन्– देश बनाउने कोही छैन है दाइ दुई÷चार जना हो कि हो कि जस्तो देखिन्छन् । अनि फेरि कसले के पोलिदिन्छ फुस्किन्छन् । त्यसैले कसैको भर नपरे पनि हुन्छ । त्यसमाथि पनि त्यो एनारने भन्नेको त कहिल्यै झुक्केर पनि विश्वास नगर्नू ।

ठाइलाले नै त्यत्ति भने पनि कमल दाइको एनारने भन्ने सपना पूरा हुने पो देखियो ? तर प्याकुलीले भनेजस्तै झोले त झोले नै हो नि, चाहे एनारने होस् चाहे दले झोले नै किन नहोस् । स्वार्थका पोकाहरु हुन् है दाइ, सचेत बन्नु । सचेत रहनु । अर्को चोटी यसैगरी वात मारौला । भन्दै गर्दा कमल दाइको इन्टरनेट नै कट !
 


प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०७:५०
प्रतिक्रिया दिनुहोस्
थप विचार
नेपाली राजनीति र महिला सहभागिताको सवाल
नेपाली राजनीति र महिला सहभागिताको सवाल शुक्रबार, फागुन १५, २०८२
निर्वाचन प्रणाली सुधारका लागि बहसको थालनी
निर्वाचन प्रणाली सुधारका लागि बहसको थालनी बिहीबार, फागुन १४, २०८२
एक फिरन्तेको जीवनकथा
एक फिरन्तेको जीवनकथा बुधबार, फागुन १३, २०८२
नेपालका सडक मृत्युको पासो कि विकासको आधार ?
नेपालका सडक मृत्युको पासो कि विकासको आधार ? बुधबार, फागुन १३, २०८२
मतदाता शिक्षालाई प्रभावकारी बनाउने उपाय
मतदाता शिक्षालाई प्रभावकारी बनाउने उपाय मंगलबार, फागुन १२, २०८२
रुखाँ बाँधेर बनाउनुपर्छ बाटो !
रुखाँ बाँधेर बनाउनुपर्छ बाटो ! मंगलबार, फागुन १२, २०८२
युवा निर्णायक भएको निर्वाचन
युवा निर्णायक भएको निर्वाचन सोमबार, फागुन ११, २०८२
लोकप्रिय
  • Week
  • Month
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
अन्तरराष्ट्रिय मातृभाषा दिवस : बहुभाषिकता सामूहिक चेतनाको प्रतीक
अन्तरराष्ट्रिय मातृभाषा दिवस : बहुभाषिकता सामूहिक चेतनाको प्रतीक
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP