Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • आरके शर्मा समूहद्वारा सर्वोच्चको फैसलाको स्वागत
आरके शर्मा समूहद्वारा सर्वोच्चको फैसलाको स्वागत
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत २६, २०८०

काठमाडौं -  गैरआवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्मा समूहले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । आइतबार भर्चुअल माध्यमबाट बसेको शर्मा समूहको बैठकले सर्वोच्चको फैसलाको स्वागत गर्दै सबैले आ–आफ्नो इगो त्यागेर एकताको महाधिवेशन सफल बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् ।

बैठकलाई सम्बोधन गर्दै शर्माले सर्वोच्चको फैसला कसैको हारजित भन्दा पनि संस्थाको भलाइका लागि आएको बताए । उनले संस्थालाई एकताबद्ध बनाउनका लागि मनमुटाव त्यागेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘अदालतको फैसलाबारे कुनै पनि नकारात्मक टिकाटिप्पणी नगरिदिन आग्रह गर्छु’, उनले भने, ‘साथीहरु सबैसँग मित्रवत रुपमा अघि बढेर एकताको महाधिवेशन गर्नुपर्छ ।’ उनले आफूहरु एनआरएनएमा देखिएको विकृतिविरुद्ध लड्दै आएको र आगामी दिनमा पनि खबरदारी भने जारी रहने बताए ।
 
उनले आफूले विकृतिविरुद्ध लडिरहने भनेर बाचा गरेको स्मरण गर्दै यो नटुंग्याइकन खुट्टा कमाउँदिन भनेको र त्यसका लागि काम पनि गरेको उल्लेख गर्दै आगामी दिनमा पनि जिम्मेवारी पाएको खण्डमा पुरा गरिछाड्ने बताए ।बद्री केसी समूहले आफ्नो गल्तीलाई स्वीकार्न नखोज्दा र १० औँ महाधिवेशनदेखि नै इगो हाबी भएकाले संस्था अहिलेको खराब अवस्थामा पुगेको पनि उनले जिकिर गरे ।  समयमै समस्याको इमानदारिताका साथ समाधान गरिएको भए अहिलेको अवस्था नआउने उनको भनाइ थियो ।  

यसैगरी अभियन्ता महेश श्रेष्ठकठिन परिस्थितिमा पनि आरकेको नेतृत्वमा काम कारबाही भएको भन्दै शर्मासहित सबै साथीहरुप्रति हार्दिक आधार व्यक्त गरे । जटिल परिस्थितिलाई बुझेर सर्वोच्चले जसरी फैसला छ त्यसलाई सकारात्मक रुमा लिएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।  उनले संस्थामा अफ्ठ्यारो परिस्थिति सिर्जना हुनुमा नेतृत्व गर्न चाहने साथीहरुको इगोले भूमिका खेलेको जिकिर गरे ।
 
‘१० औँ महाधिवेशनमा प्रतिनिधिको विवाद भयो । सोही विवाद मिलाउन सकिने भएपनि इगोले काम ग¥यो’, उनले भने, ‘सर्वोच्चको फैसलाको मनसाय नै एकता छ । हाम्रो १० औँ महाधिवेशनदेखि नै जुन भावना थियो, त्यही भावना सर्वोच्चबाट आएको छ । इगो त्याग्न सकिएन भने अझै पनि एकता गर्न सकिने अवस्था छैन ।’अब आउने नेतृत्वमा आवश्यक परे अहिलेको परिस्थिति निम्तने कार्यमा जिम्मेवारहरुले नेृतत्वमा दाबी गर्न नहुने उनले बताए ।  उनले सर्वोच्चको फैसलालाई नै चुनौती दिने कार्य बद्री केसी पक्षबाट भएको भन्दै असन्तुष्टि पोखे । ‘अदालतले हराइदियो अब पनि देखाइदिने हो भन्ने भावना जगाउने हो भने एकता हुँदैन’, उनले जोड दिँदै भने, ‘सबैले आत्माआलोचना गरौँ । इगो त्यागौँ । एक कदम पछि हटौँ । समस्याको समाधान हुन्छ ।’

Hardik health

यस्तै अर्का अभियन्ता केशव पौडेलले १० औँ महाधिवेशनदेखि संस्थामा पावर, पैसा र मसलको अली बढी प्रयोग हुँदा समस्या बढ्दै गएको बताउ । ‘यसको सुरुवात २०१९ मा भएको अधिवेशनबाट भयो । यो अभियान अभियाजस्तो भएन भनेर भनेका थियौँ । इगो र पावरको लोभ छाडेर सहमति, सहकार्य र सहअस्तित्वमा गइयो भने समस्या ठुलो हुँदैन’, उनले भने । यस्तै अभियन्ता गंगाधर गौतमले बद्री केसी, गौरीराज जोशी, हेमराज शर्मालगायत अझै पनि अरुलाई दोषारोपण गरेर आफूलाई पानीमाथिको ओभान देखाउन तल्लीन रहेको आरोप लगाए। एमाले अध्यक्ष केपी ओलीले नेपालमा गरेको ठट्टाको राजनीति नै उनीहरुले पनि एनआरएनएमा गरेका उनले आरोप लगाए ।
 
सर्वोच्च अदालतले गत बुधबार एनआरएनएको १० औँ र ११ औँ महाधिवेशन अवैध ठहर गर्दै २०७८ माघ १ को अवस्थामा फर्काइदिएपछि एनआरएनहरु तरंगित छन् । दुई दिनअघि  बद्री केसी पक्षको बैठकले सर्वोच्चको फैसलाप्रति असन्तुष्टि जनाउँदै पुनरावलोकनमा जाने निर्णय गरेको थियो । तर, शर्मा पक्षले भने सर्वोच्चको फैसला स्वीकार्दै एकताबद्ध एनआरएनए बनाउन जोड दिएको हो । आधिकारिकतासम्बन्धी विवादमा विनोद कुँवर पक्षको एनआरएनएले दिएको मुद्दामा सर्वोच्चबाट पछिल्लो फैसला आएको हो । फैसलाअनुसार शेष घले नेृतत्वको १३ सदस्यीय कमिटीले एकताको महाधिवेशन गराउनुपर्नेछ ।


प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP