Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
प्रवास
  • Home
  • प्रवास
  • आरके शर्मा समूहद्वारा सर्वोच्चको फैसलाको स्वागत
आरके शर्मा समूहद्वारा सर्वोच्चको फैसलाको स्वागत
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत २६, २०८०

काठमाडौं -  गैरआवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्मा समूहले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । आइतबार भर्चुअल माध्यमबाट बसेको शर्मा समूहको बैठकले सर्वोच्चको फैसलाको स्वागत गर्दै सबैले आ–आफ्नो इगो त्यागेर एकताको महाधिवेशन सफल बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् ।

बैठकलाई सम्बोधन गर्दै शर्माले सर्वोच्चको फैसला कसैको हारजित भन्दा पनि संस्थाको भलाइका लागि आएको बताए । उनले संस्थालाई एकताबद्ध बनाउनका लागि मनमुटाव त्यागेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘अदालतको फैसलाबारे कुनै पनि नकारात्मक टिकाटिप्पणी नगरिदिन आग्रह गर्छु’, उनले भने, ‘साथीहरु सबैसँग मित्रवत रुपमा अघि बढेर एकताको महाधिवेशन गर्नुपर्छ ।’ उनले आफूहरु एनआरएनएमा देखिएको विकृतिविरुद्ध लड्दै आएको र आगामी दिनमा पनि खबरदारी भने जारी रहने बताए ।
 
उनले आफूले विकृतिविरुद्ध लडिरहने भनेर बाचा गरेको स्मरण गर्दै यो नटुंग्याइकन खुट्टा कमाउँदिन भनेको र त्यसका लागि काम पनि गरेको उल्लेख गर्दै आगामी दिनमा पनि जिम्मेवारी पाएको खण्डमा पुरा गरिछाड्ने बताए ।बद्री केसी समूहले आफ्नो गल्तीलाई स्वीकार्न नखोज्दा र १० औँ महाधिवेशनदेखि नै इगो हाबी भएकाले संस्था अहिलेको खराब अवस्थामा पुगेको पनि उनले जिकिर गरे ।  समयमै समस्याको इमानदारिताका साथ समाधान गरिएको भए अहिलेको अवस्था नआउने उनको भनाइ थियो ।  

यसैगरी अभियन्ता महेश श्रेष्ठकठिन परिस्थितिमा पनि आरकेको नेतृत्वमा काम कारबाही भएको भन्दै शर्मासहित सबै साथीहरुप्रति हार्दिक आधार व्यक्त गरे । जटिल परिस्थितिलाई बुझेर सर्वोच्चले जसरी फैसला छ त्यसलाई सकारात्मक रुमा लिएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।  उनले संस्थामा अफ्ठ्यारो परिस्थिति सिर्जना हुनुमा नेतृत्व गर्न चाहने साथीहरुको इगोले भूमिका खेलेको जिकिर गरे ।
 
‘१० औँ महाधिवेशनमा प्रतिनिधिको विवाद भयो । सोही विवाद मिलाउन सकिने भएपनि इगोले काम ग¥यो’, उनले भने, ‘सर्वोच्चको फैसलाको मनसाय नै एकता छ । हाम्रो १० औँ महाधिवेशनदेखि नै जुन भावना थियो, त्यही भावना सर्वोच्चबाट आएको छ । इगो त्याग्न सकिएन भने अझै पनि एकता गर्न सकिने अवस्था छैन ।’अब आउने नेतृत्वमा आवश्यक परे अहिलेको परिस्थिति निम्तने कार्यमा जिम्मेवारहरुले नेृतत्वमा दाबी गर्न नहुने उनले बताए ।  उनले सर्वोच्चको फैसलालाई नै चुनौती दिने कार्य बद्री केसी पक्षबाट भएको भन्दै असन्तुष्टि पोखे । ‘अदालतले हराइदियो अब पनि देखाइदिने हो भन्ने भावना जगाउने हो भने एकता हुँदैन’, उनले जोड दिँदै भने, ‘सबैले आत्माआलोचना गरौँ । इगो त्यागौँ । एक कदम पछि हटौँ । समस्याको समाधान हुन्छ ।’

Hardik health

यस्तै अर्का अभियन्ता केशव पौडेलले १० औँ महाधिवेशनदेखि संस्थामा पावर, पैसा र मसलको अली बढी प्रयोग हुँदा समस्या बढ्दै गएको बताउ । ‘यसको सुरुवात २०१९ मा भएको अधिवेशनबाट भयो । यो अभियान अभियाजस्तो भएन भनेर भनेका थियौँ । इगो र पावरको लोभ छाडेर सहमति, सहकार्य र सहअस्तित्वमा गइयो भने समस्या ठुलो हुँदैन’, उनले भने । यस्तै अभियन्ता गंगाधर गौतमले बद्री केसी, गौरीराज जोशी, हेमराज शर्मालगायत अझै पनि अरुलाई दोषारोपण गरेर आफूलाई पानीमाथिको ओभान देखाउन तल्लीन रहेको आरोप लगाए। एमाले अध्यक्ष केपी ओलीले नेपालमा गरेको ठट्टाको राजनीति नै उनीहरुले पनि एनआरएनएमा गरेका उनले आरोप लगाए ।
 
सर्वोच्च अदालतले गत बुधबार एनआरएनएको १० औँ र ११ औँ महाधिवेशन अवैध ठहर गर्दै २०७८ माघ १ को अवस्थामा फर्काइदिएपछि एनआरएनहरु तरंगित छन् । दुई दिनअघि  बद्री केसी पक्षको बैठकले सर्वोच्चको फैसलाप्रति असन्तुष्टि जनाउँदै पुनरावलोकनमा जाने निर्णय गरेको थियो । तर, शर्मा पक्षले भने सर्वोच्चको फैसला स्वीकार्दै एकताबद्ध एनआरएनए बनाउन जोड दिएको हो । आधिकारिकतासम्बन्धी विवादमा विनोद कुँवर पक्षको एनआरएनएले दिएको मुद्दामा सर्वोच्चबाट पछिल्लो फैसला आएको हो । फैसलाअनुसार शेष घले नेृतत्वको १३ सदस्यीय कमिटीले एकताको महाधिवेशन गराउनुपर्नेछ ।


प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनए अध्यक्ष श्रेष्ठको पहलमा कोरियामा समानान्तर एनसीसीबीच एकता  
एनआरएनए अध्यक्ष श्रेष्ठको पहलमा कोरियामा समानान्तर एनसीसीबीच एकता   मंगलबार, माघ ६, २०८२
फेब्रअरीमा हुने एनआरएनए निर्वाचन नसर्ने : उपाध्यक्ष डा. शर्मा
फेब्रअरीमा हुने एनआरएनए निर्वाचन नसर्ने : उपाध्यक्ष डा. शर्मा मंगलबार, पुस २९, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी आइतबार, पुस २०, २०८२
ड्यालसमा महावाणिज्य दूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
ड्यालसमा महावाणिज्य दूतावास खुलेसँगै सेवाग्राहीलाई राहत बुधबार, पुस १६, २०८२
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण शुक्रबार, पुस ४, २०८२
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा सोमबार, मंसिर २९, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP