Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • ‘डिग्री माइला’ र ‘बोक्सीको घर’ नाटकलाई बनाइयो चलचित्र
‘डिग्री माइला’ र ‘बोक्सीको घर’ नाटकलाई बनाइयो चलचित्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत २५, २०८०

काठमाडाैं -   केही समय यता नाटकलाई चलचित्रको स्वरूप दिन थालिएको छ । रङ्गमञ्चमा रुचाइएको नाटक धेरै दर्शकसम्म पुर्‍याउन चलचित्रमा ल्याइएता पनि त्यसले सफलता भने पाउन सकेको छैन । विसं २०७९ साउन १३ मा ‘पानीफोटो’ प्रदर्शन गरियो । रङ्गमञ्च हुँदै चलचित्रमा अभिनेता बन्नुभएका खगेन्द्र लामिछानेले चलचित्र निर्देशन गरेका छन्  ।

नाटकका समेत निर्देशक रहेका अभिनेता लामिछानेले माओवादी द्वन्द्वको समयको एक परिवारको भोगाइलाई धेरै दर्शकसम्म पुर्‍याउन चलचित्र बनाएको बताएका थिए । उनले त्यसलाई पुस्तकको स्वरूप पनि दिए । “यो कथा धेरै कहाँ पुग्नुपर्छ भन्ने लाग्थ्यो, यो द्वन्द्वकालमा बेपत्ता भएको छोरा पर्खिरहेका वृद्ध दम्पतिको पर्खाइको कथा हो, मलाई यो चलचित्र बनाउनु थियो, व्यावसायिक पाटोलाई मैले यसमा सोचिन”, अभिनेता लामिछानेले भने ।

त्यसयता उहाँले चलचित्र निर्देशन गरेका छैन । अबको एक महिनाभित्र दुई चर्चित नाटक ‘डिग्री माइला’ र ‘बोक्सीको घर’ चलचित्र बनेर आउँदैछन् । ‘डिग्री माइला’ लाई नाटक हुँदा अभिनेता दयाहाङ राईले निर्देशन गरेका थिए । चलचित्रमा भने रामबाबु गुरुङलाई निर्देशनको कार्यभार सुम्पेर अभिनेता राईले अभिनय गरेका छन् । नाटकको परिकल्पना गर्दा र नाम नै जुराउँदा निर्देशक गुरुङ सहकार्यमा रहेकाले निर्देशकको लागि उपयुक्त रहेको अभिनेता राईले बताए  ।

Hardik health

“हामीले नाटकलाई नै चलचित्रमा ल्याएका छैनौं, डिग्री माइला भन्ने पात्रलाई ठूलो पर्दामा ल्याएका हौँ, मध्यम फरक भएकाले प्रस्तुतीकरणसँगै पटकथामा भिन्नता छ, यो पात्रको मध्यमले देशमा देखिरहेको बेरोजगारीलाई भन्नु पर्छ भन्ने लगेर नायक बनाउँदा नै चलचित्रको सोच आएको थियो, उक्त समयमा हामीले चलचित्र आटन सकेनौँ, अहिले अवस्था प्रतिकूल भएकाले ठुलो पर्दामा आउँदै छ”, अभिनेता राईले भने । चैत २० गते प्रदर्शन गरिने चलचित्रमा पात्रलाई समयानुकूल तयार गरेको उनले बताए ।

उनले मण्डला नाटकघरमार्फत यो नाटकलाई विभिन्न ठाउँमा मञ्चन गरेका छ । यस्तै नाटकमै आधारित रहेर तयार गरिएको अर्को चलचित्र हो ‘बोक्सीको घर’ । यो चलचित्रलाई अभिनेत्री केकी अधिकारीले निर्माण गरेका हो भने मुख्य भूमिकामा उनी नै हुन् । उनले नाटक हेरेपछि यसलाई चलचित्र बनाउने निर्णय गरेका थिए । “मैले यो नाटकमा महिला सशक्तीकरणको विषयलाई पाएँ, हामीले देखेको तर महसुस गर्न नसकेको पक्षलाई नाटकमा रमाइलोसँग प्रस्तुत गरिएको थियो, मैले छ महिना कार्यशाला गरेर उक्त भूमिकामा आफूलाई तयार गरेकी थिएँ”, अभिनेत्री अधिकारीले भने ।

आउँदो वर्ष विसं २०८१ वैशाख १४ गते प्रदर्शन गरिने चलचित्रका लागि उहाँले चार वर्ष खर्चिएका छन्  । “महिला पात्रलाई धेरै चलचित्रमा अभिनेताको जोडीका रुपमा मात्र चित्रण गर्ने गरिन्छ, त्यसकारण पनि मलाई यो कथालाई चलचित्रको माध्यमले भन्नु पर्छ भन्ने लागेको हो, यसलाई कलात्मकसँगै व्यावसायिक सफलता दिलाउनुपर्ने चुनौती मलाई छ”, अभिनेत्री अधिकारीले भने । नाटक र चलचित्र हेर्ने दर्शक फरक भएकै कारण ठूलो पर्दामा आएका नाटकले सफलता पाउन सकेका छैनन् । यद्यपि यी दुई चलचित्र प्रति आशावादी हुने धेरै ठाउँछन् । यी दुवै चलचित्रमा कलात्मकसँगै व्यावसायिक पाटोलाई बलियोसँग व्यक्त गरिएको छ ।


प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण हुँदै
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण हुँदै आइतबार, चैत २२, २०८२
निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने
निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने शुक्रबार, चैत २०, २०८२
‘रोल नं १’को पहिलो झलक सार्वजनिक
‘रोल नं १’को पहिलो झलक सार्वजनिक बिहीबार, चैत १९, २०८२
 डाक्टर दम्पतीको रोमान्टिक गीत ‘सधैं साथमा तिम्रो’  सार्वजनिक
 डाक्टर दम्पतीको रोमान्टिक गीत ‘सधैं साथमा तिम्रो’ सार्वजनिक बुधबार, चैत १८, २०८२
चलचित्र ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक
चलचित्र ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक बुधबार, चैत १८, २०८२
फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने
फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने मंगलबार, चैत १७, २०८२
कार्की आयोगको प्रतिवेदनप्रति शिव परियारको गम्भीर आपत्ति
कार्की आयोगको प्रतिवेदनप्रति शिव परियारको गम्भीर आपत्ति सोमबार, चैत १६, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP