Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लिम्बु भाषा
  • #संकट
  • #कुलिङ_पिरियड
  • #‘याङवाङ यु७’
  • #गाथामग_चह्रे
  • #इयु_चीन
  • #कृषि
  • #‘स्वर्ग मेरो’
  • #एनपिएल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • देउवा–दाहाल तारन्तर भेट, ओली सशंकित
देउवा–दाहाल तारन्तर भेट, ओली सशंकित
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत १६, २०८०

 

  •  गत मंगलबार राति दुई नेताबीच बालुवाटारमा भेट भएको केही समय नबित्दै बिहीबार बिहान पुनः भेट 
  •  नेपाली कांग्रेसले एमालेलाई जसरी पनि घेराबन्दी गर्ने लक्ष्य राखेको एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ
  •  कुनै काम अगाडि नबढे आफूबाट अर्को उथलपुथल हुने र पदको सुरक्षाका लागि आफूले समीकरण नबदलेको प्रधानमन्त्री दाहालको स्पष्टोक्ति


काठमाडौं– सत्ता समीकरण बदलिएको अवस्थममा राजनीतिमा नयाँ तरंग आउनेगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग तारन्तर भेट्न थालेका छन् । गत मंगलबार राति दुई नेताबीच बालुवाटारमा भेट भएको केही समय नबित्दै बिहीबार बिहान पुनः देउवा–दाहालको भेट भएको छ ।

संसद्मा अड्किएका विधेयकलाई निरन्तरता दिन दाहालले देउवासँग छलफलका लागि भेट बाक्लो बनाएको प्रधानमन्त्री सचिवालयको दाबी छ । कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै सदनमा अवरोध जारी राखेको हुनाले संसद् खुलाउन भेट भएको बताइएको छ ।

तर प्रधानमन्त्री दाहालले बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा जुनसुकै बेला उथलपुथल हुनसक्ने बताएका छन् । ‘कुनै काम अगाडि बढेन भने मबाट अर्को उथलपुथल गर्न बेर छैन । पदको सुरक्षाका लागि मैले समीकरण बदलेको हैन,’ दाहालले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई लक्षित गर्दै भने, ‘काम गर्न सकेन भने पद ओगटेर बस्नुहुँदैन । यसमा म सचेत छु । अरूलाई अप्ठेरो पार्ने खालको हैन । काम गर्न नसके पद ओगटेर बस्ने पक्षमा म छैन ।’ गण्डकीका मुख्यमन्त्री पाण्डेले कांग्रेस छाडेर दाहालले उथलपुथल गरेको आरोप लगाएका थिए ।

बैठकमा निराश सुनिए दाहाल
समस्या समाधान समितिको बैठकमा विभिन्न कारण देखाउँदै प्रधानमन्त्री दाहाल निराश सुनिए । उनले विकासका परियोजनाहरुका कारण ऋण भार बढ्दै गएको उल्लेख गर्दै बजेट बनाउनै मुस्किल भइरहेको बताए । ‘हामी दलदलमा फसियो भन्ने पनि लाग्छ यो बजेटका सन्दर्भमा । पुरानालाई पनि निरन्तरता दिए धानेर लानैपर्ने ।

राष्ट्रिय गौरवका योजनालाई पनि लानैपर्ने,’ दाहालले भने, ‘सबै मन्त्रालयलाई नयाँ–नयाँ योजना पनि थप्नैपर्ने । आउँदो वर्ष हामी ठूलो आर्थिक संकटमा झन् ठुलो दबाबमा हुने अवस्थामा हामी पुगेका छौं ।’पुँजीगत बजेट खर्च हुन नसकेकोमा प्रधानमन्त्री दाहाल सबैभन्दा चिन्तित देखिए । ‘चालु आर्थिक वर्षको आठ महिना कटिसक्दा पनि पुँजीगत खर्च ३० प्रतिशत पनि नपुग्नु चिन्ताको विषय हो,’ दाहालले भने ।

इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा सत्ता गठबन्धन एक भएर जान सकेन । एमालेले संविधानसभा अध्यक्ष स्व. सुवास नेम्बाङका छोरा सुहाङलाई उम्मेदवारको रुपमा अघि सारेको छ भने सत्तामै रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिलन लिम्बूलाई । कतिपयले यो निर्वाचनमा माओवादीले कांग्रेसलाई साथ दिने तयारी रहेको दाबीसमेत गरेका छन् ।

दिल्लीमा आरजु, भेटको बहाना टिआरसीको
कांग्रेस सभापति देउवापत्नी आरजु राणा यतिबेला भारतको राजधानी नयाँदिल्लीमा पुगेकी छन् । आरजुले आफू उपचार गर्दै गरेको उल्लेख गर्दै आफ्नो फेसबुक पेजबाट फोटोसमेत सार्वजनिक गरेकी छन् । यद्यपि काठमाडौंमा राजनीतिक खिचडी पक्नुअघि नेताहरुको दिल्ली दौड पुरानै रोग भएको विश्लेषकहरु बताउँछन् ।

यहीबेला कांग्रेस सभापति देउवा बालुवाटार धाउन लागेका हुन् । प्रधानमन्त्रीको सचिवालयले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन(टिआरसी) २०७१ लाई संशोधन गर्न बनेको विधेयक अघि बढाउन देउवासँग दाहालको भेट भएको दाबी गरेका छन् । 

यसअघि कांग्रेस नेतृत्वको सत्ता समीकरणका बेला पनि प्रधानमन्त्री र तत्कालीन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पटक–पटक भएका भेटवार्तामा टिआरसीबारे छलफल भएको थियो । तर टिआरसीकै कारण कांग्रेस सत्ताबाट बाहिरिनुपरेको थियो । एमालेसँग माओवादी केन्द्रको पुनर्मिलन हुने छाँट देखेपछि कानुन समितिबाट पारित हुने अन्तिम समयमा कांग्रेसले टिआरसी रोकेको थियो । टिआरसी देखाउँदै दाहालसँग भेट्न पुगे पनि देउवाको भित्री उद्देश्य सत्ताको उलटपुलट नै रहेको बताइएको छ । 


ओली सशंकित
एमाले अध्यक्ष ओली दुई नेताको तारन्तर भेटपछि सशंकित बनेका छन् । बिहीबार झापा पुगेर ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका लागि नभएको बताएका छन् । एमाले झापाको ११औं जिल्ला अधिवेशन उद्घाटन गर्न विर्तामोड पुगेका उनले नेपाली कांग्रेसको नेतृत्वमा बनेको पूर्वगठबन्धनले एमालेलाई जसरी पनि घेराबन्दी गर्ने लक्ष्य राखेको बताए ।

त्यसैले अहिलेको गठजोड गठबन्धन नभएको ओलीले तर्क गरे । ‘यो समीकरणमात्र हो । गठबन्धन हैन । गठबन्धनको काम एमालेलाई कमजोर पार्ने थियो । हामी एक ठाउँमा छौं । गठबन्धन भन्ने गल्ती नगर्नुहोला साथीहरुले,’ ओलीले भने । कांग्रेस नेतृत्वले एमालेसँग मिलेर माओवादीलाई एकल्याउन चाहेको भए पनि ओलीले यस्तो मिलन हुनै नसक्ने दाबी गरे । ‘अमेरिकामा हेर्नुहोस्, त्यहाँ दुई पार्टी छन्,’ ओलीले भने, ‘चार वर्षमा चुनावी प्रतिस्पर्धा गर्छन् । दुवै दल मिलेर सरकार चलाएको त्यहाँ कुनै उदाहरण छैन ।’

ओलीले झापामा कांग्रेससँगको तुससमेत पोखे । ‘कांग्रेस थोत्रो पार्टी हो । लोकतन्त्रको बारेमा उसले हामीलाई फुर्तिफार्ती गर्नुपर्दैन,’ ओलीले भने । कांग्रेसले विगतमा एमालेप्रति निषेधको राजनीति गरेको जनाउँदै उनले एमालेले कहिल्यै पनि निषेध, हिंसाको राजनीति नगर्ने धारणा व्यक्त गरे । कांग्रेस संस्थापनइतरका नेता डा. शेखर कोइरालाले पनि बिहीबार आफ्नो कारणले माओवादीसँग कांग्रेसको सम्बन्ध बिग्रिएको आरोप सत्य नभएको बताएका छन् ।

सप्ताहिक पत्रिकाका सम्पादकहरुसँग आफ्नो सम्पर्क कार्यालय विशालनगरमा छलफलका क्रममा कोइरालाले उक्त आरोपको खण्डन गरेका हुन् । सत्ता प्राप्त हुन्छ भन्दैमा जोसँग पनि गठबन्धन गर्ने परिपाटी कांग्रेसले अन्त्य गर्नुपर्ने भन्दै सम्पादकहरुले कोइरालालाई सुझाव दिएका थिए । कोशीमा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गठबन्धनले गरे पनि शेखरले भने केदार कार्कीलाई बागी बनाएका थिए । एमालेको सहयोगमा कार्की मुख्यमन्त्री बनेपछि संघीय गठबन्धनमा खटपट आएको थियो ।
 


प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १०:३८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस र कम्युुनिष्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
कांग्रेस र कम्युुनिष्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री बुधबार, साउन ७, २०८२
गणतन्त्रका उपलब्धि रक्षाका लागि माओवादी सदैव सकारात्मक छः अध्यक्ष दाहाल
गणतन्त्रका उपलब्धि रक्षाका लागि माओवादी सदैव सकारात्मक छः अध्यक्ष दाहाल बुधबार, साउन ७, २०८२
एमाले केन्द्रीय समितिको निर्णयः पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कनुहुँदैन
एमाले केन्द्रीय समितिको निर्णयः पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कनुहुँदैन बुधबार, साउन ७, २०८२
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि भइरहेको आलोचनामाथि प्रश्न
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि भइरहेको आलोचनामाथि प्रश्न मंगलबार, साउन ६, २०८२
आफैमाथि प्रश्न : शर्मा
आफैमाथि प्रश्न : शर्मा मंगलबार, साउन ६, २०८२
कांग्रेसका पाँच पूर्वपदाधिकारी देउवालाई भेट्न पुगे 
कांग्रेसका पाँच पूर्वपदाधिकारी देउवालाई भेट्न पुगे  मंगलबार, साउन ६, २०८२
शेखरविरुद्ध संस्थापनदेखि गगनसम्मको मोर्चाबन्दी
शेखरविरुद्ध संस्थापनदेखि गगनसम्मको मोर्चाबन्दी मंगलबार, साउन ६, २०८२
लोकप्रिय
  • Week
  • Month
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP