Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
राजनीति
  • Home
  • राजनीति
  • शेखरविरुद्ध संस्थापनदेखि गगनसम्मको मोर्चाबन्दी
शेखरविरुद्ध संस्थापनदेखि गगनसम्मको मोर्चाबन्दी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन ६, २०८२

काठमाडौं– संस्थापनइतरका नेता डा. शेखर कोइरालाले सक्रियता बढाएसँगै उनीविरुद्ध मोर्चाबन्दी सुरु भएको छ । १४औं महाधिवेशनमा आफ्नै समूहबाट महामन्त्री जितेका गगन थापादेखि चाक्सीबारीसम्म शेखरविरुद्ध मोर्चाबन्दीमा लागेको हो ।

एमालेसँग गठबन्धन गरी सरकार बनेको वर्ष दिन पुग्दा पनि सुशासनको पक्षमा काम गर्न नसकेको भन्दै शेखरले असन्तुष्टि पोख्न थालेका हुन् । पछिल्लो दिनहरुमा शेखर नयाँ सत्ता समीकरणको गृहकार्यमासमेत लागेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको वैकल्पिक गठबन्धन बनाउन संस्थापनइतर लागेपछि उनीविरुद्ध सोमबार एकै दिन चाक्सीबारी र सानेपाबाट नेताहरुले धावा बोलेका छन् ।

चाक्सीबारीको सन्देश– एमालेसँगको गठबन्धन २०८४ सम्मै काठमाडौंको चाक्सीबारी कांग्रेस नेता प्रकाशमान सिंहको निवास हो । अहिले कांग्रेस उनैको नेतृत्वमा सरकारमा सहभागी छ । उपप्रधानसहित सहरी विकासमन्त्री सिंहको सक्रियतामा सोमबार चाक्सीबारीमा ‘सात भाइ’ भनेर चिनिएका विमलेन्द्र निधि, शशांक कोइराला, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला र प्रवक्ता डा. प्रकाशशरण महत भेला भएका थिए । गत महाधिवेशनमा देउवालाई सघाएका यी नेताहरुको छलफलको पहिलो विषय थियो– शेखरले चलाएको अभियानको भ्रम चिर्ने । बैठकपछि सिटौलाले सरकारको कामको विषयमा समीक्षा भएको बताए पनि यो गठबन्धनले २०८४ को निर्वाचनसम्मै निरन्तरता पाउने धारणासमेत राखे । 

Hardik health

‘संविधान संशोधनको कार्य अगाडि बढिराखेको छैन, यसलाई अब अगाडि बढाउनुपर्छ । त्यसका लागि नेपाली कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण हुनेगरी विभिन्न बहस र छलफल कार्यक्रम चलाउनुपर्छ भनेर छलफल गरेका छौं,’ बैठकपछि सिटौलाले भने ।  त्यसैगरी शेखरले वैकल्पिक गठबन्धन बनाउने गृहकार्य जारी राखेका छन् नि भन्ने प्रश्नको जवाफ दिँदै भने, ‘यो गठबन्धन कांग्रेस र एमालेको हो । र, यो गठबन्धन २०८४ को निर्वाचनसम्मै जान्छ । कांग्रेस र एमालेबीच सरकार गठनताका भएको सम्झौतामा पनि २०८४ सम्मै एक भएर जाने सहमति छ । यसैगरी आफूहरुले गरेको छलफलबारे जानकारी दिन ‘सात भाइ’ नेताहरु देउवानिवास बूढानीलकण्ठ जाने तयारीमा छन् । आज मंगलबार देउवालाई भेट्ने नेता सिटौलाले बताए । 

यसअघि आइतबारमात्र शेखरले आफूपक्षका सांसदहरुसँग काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफल गरेका थिए । त्यसैगरी उनले आफ्नो कोटाबाट मन्त्री भएकाहरुसँग दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भेटेका थिए । भेटपछि शेखरनिकट सांसद डा. सुनिल शर्माले शेखर प्रधानमन्त्री बन्ने गृहकार्यमा रहेको बताएका थिए । शर्माका अनुसार केही दिनमै शेखरले आफ्नो कोटाबाट मन्त्री भएकाहरुलाई सरकारबाट फिर्ता बोलाउने दाबी गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसबाट प्रकाशमानको नेतृत्वमा १० मन्त्री र एक राज्यमन्त्री छन् । जसमा खेलकुदमन्त्री तेजुलाल चौधरी र कृषिमन्त्री रामनाथ अधिकारीमात्र शेखर समूहका हुन् । उनकै समूहबाट मन्त्री बनेका पर्यटनमन्त्री बद्री पाण्डे पछिल्ला दिनमा महामन्त्री थापातिर ढल्कन थालेका छन् । मन्त्रीहरुलाई दैनिक फिर्ता बोलाउने भन्नेजस्ता विषयले चौधरी र अधिकारी पनि शेखरसँग चिढिएका नेताहरु बताउँछन् । 

 


प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १२:२७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाका समानुपातिक आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक
रास्वपाका समानुपातिक आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक शुक्रबार, पुस ११, २०८२
आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा
आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा शुक्रबार, पुस ११, २०८२
प्रतिनिधिसभा निर्वाचनः नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस
प्रतिनिधिसभा निर्वाचनः नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस शुक्रबार, पुस ११, २०८२
एकताबद्ध हुन संयोजक दाहालको अपिल
एकताबद्ध हुन संयोजक दाहालको अपिल शुक्रबार, पुस ११, २०८२
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा शुक्रबार, पुस ११, २०८२
कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्‍दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्‍दै शुक्रबार, पुस ११, २०८२
कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल
कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल शुक्रबार, पुस ११, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP