Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गणतन्त्रका उपलब्धि रक्षाका लागि माओवादी सदैव सकारात्मक छः अध्यक्ष दाहाल
गणतन्त्रका उपलब्धि रक्षाका लागि माओवादी सदैव सकारात्मक छः अध्यक्ष दाहाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन ७, २०८२

काठमाडौं -  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रका उपलब्धि रक्षाका लागि माओवादी सदैव सकारात्मक र सक्रिय रहेको बताएका छन्  ।
 
आज यहाँ आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’ शीर्षक पुस्तकको लोकार्पण समारोहमा उनले गणतन्त्र संरक्षणको सबैभन्दा गहिरो चिन्ता आफूहरूलाई पनि रहेको स्पष्ट पारे । माओवादी आन्दोलनको योगदानबाट महिला, दलित, आदिवासी तथा जनजाति समुदायले पाएका अधिकारहरू आज संस्थागत भएका उल्लेख गर्दै उनले ती अधिकार कसैले उल्ट्याउन नसक्ने विश्वास व्यक्त गरे । 

अध्यक्ष दाहालले लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त भएको गणतन्त्रमाथि अहिले विभिन्न किसिमका प्रश्न उठ्न थालेपछि त्यसको संरक्षण र सुदृढीकरणप्रति गम्भीर चासो र सरोकार रहेको धारणा राखे ।  उनले पछिल्ला दिनमा गहिरो अध्ययन, चिन्तन, वैचारिक सिद्धान्त र त्यागमा आधारित आन्दोलन तथा नेताहरूलाई हल्का रूपमा व्याख्या गर्दै आलोचना गर्ने प्रवृत्ति बढिरहेको भन्दै दुःख प्रकट गरे  ।

“आजभोलि सुसंस्कार, दर्शन र युगान्तकारी परिवर्तन ल्याउने नेताहरूलाई गाली गर्ने चलन चलेको देखिन्छ”, उनले भने ।कुनै वैचारिक धरातल वा ऐतिहासिक योगदान नरहेका व्यक्तिबाट जनतालाई भ्रममा पार्ने प्रयास भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष दाहालले त्यसले मुलुकलाई गलत दिशातर्फ डो¥याउन सक्ने खतरा औँल्याए ।

Hardik health

उनले भने , “देशमा निराशावादको व्यापार, असन्तुष्टिको बजार र देश छोड्ने पलायन हुने प्रवृत्तिहरू हाबी हुँदै गइरहेका छन् । यस्ता प्रवृत्तिविरुद्ध प्रतिवाद गर्न तथा जनतालाई सही इतिहास बुझाउन पुस्तकहरू सशक्त माध्यम हुन सक्छन् ।” कार्यक्रमको समापनमा अध्यक्ष दाहालले गहन र विश्लेषणात्मक कृतिहरूले मुलुकको राजनीतिक, सामाजिक र वैचारिक मार्गदर्शनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे  । 

 


प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १७:०५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रपति पौडेलको खोजी
राष्ट्रपति पौडेलको खोजी शुक्रबार, भदौ २७, २०८२
सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने तयारी
सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने तयारी शुक्रबार, भदौ २७, २०८२
संविधानको आधारमा जेनजीको माग सम्बोधन गर्नुपर्नेमा जोड
संविधानको आधारमा जेनजीको माग सम्बोधन गर्नुपर्नेमा जोड बिहीबार, भदौ २६, २०८२
गणतन्त्रलाई थप बलियो बनाउन बृहत् नागरिक आन्दोलनको आग्रह
गणतन्त्रलाई थप बलियो बनाउन बृहत् नागरिक आन्दोलनको आग्रह बिहीबार, भदौ २६, २०८२
संसद् विघटन गर्नुपर्ने  बालेनकाे माग
संसद् विघटन गर्नुपर्ने बालेनकाे माग मंगलबार, भदौ २४, २०८२
प्रदर्शनकारीहरुले रविलाई गरे थुनमुक्त
प्रदर्शनकारीहरुले रविलाई गरे थुनमुक्त मंगलबार, भदौ २४, २०८२
माओवादी पार्टी कार्यालयमा आगजनी
माओवादी पार्टी कार्यालयमा आगजनी मंगलबार, भदौ २४, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP