Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘रिमै’ चलचित्र
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #सामाजिक सञ्जाल
  • #तामाखानी
  • #महालक्ष्मी _बैंक
  • #जेनजी_प्रदर्शन
Search Here
प्रवास
  • Home
  • प्रवास
  • नेताहरू स्वार्थ पूरा गर्नतिर लागेः उपप्रधानमन्त्री
नेताहरू स्वार्थ पूरा गर्नतिर लागेः उपप्रधानमन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन १९, २०७६
Ishor-Pokhrel
Hardik health
काठमाडौं– उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक अस्थिरतामा खेलिरहन पाए आफ्नो स्वार्थ पूरा हुन्थ्यो भन्ने मनोदशामा नेताहरू लागेकोे बताएका छन् । नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) स्थापनाको दोस्रो वार्षिकोत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित पुरस्कार एवं सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् । उपप्रधानमन्त्री पोखरेलले सरकार निरन्तर राजनीतिक अस्थिरताको चक्रब्यूहमा परिरहे देशको के होला भन्दै प्रश्न समेत गरका छन् । ‘राजनीतिक नेतृत्वको मनोदशा कसरी सरकारमा टिक्ने, ढाल्ने भन्नेमै चलिरह्यो भने अरु एजेण्डा के हुन्छन्’ उपप्रधानमन्त्री पोखरलले भने, ‘यो अहिलेको यथार्थ हो, सञ्चार क्षेत्रले यो कुरालाई कसरी लिने, कसरी हेर्ने भन्ने विषय हो, सार्वजनिक पदमा बसेका व्यक्तिको काम गराइ पब्लिक अडिटमा बेरुजु देखिनुहुन्न ।’ उनले सञ्चार क्षेत्रले लोकतान्त्रिक मूल्यमान्यता, विधि र प्रक्रियामा रही देश र जनताको हितका लागि प्रेरित गर्ने समाचार सम्प्रेषण गर्न सुझाव दिए । नेपालीको खुशी र समृद्धि तथा स्वाभिमान जगाउन र आत्मनिर्भर बनाउन इञ्जाले खेलेको भूमिका प्रशंसनीय रहेको भन्दै उपप्रधानमन्त्री पोखरेलले भने, ‘आफू जहाँ गएपनि देशप्रति सम्मान भाव राख्ने, भलो चिताउने, देशभक्तिको भावनालाई कायम राख्ने र मातृभूमिप्रति सहयोग पु¥याउन तत्पर रहने नेपालीको परम्परा रहेकाले इञ्जाले सम्मान र पुरस्कार प्रदान गर्ने राम्रो कामको थालनी गरेको छ, यसलाई निरन्तरता दिनुपर्छ ।’ कार्यक्रममा मोफसलमा रही नेपाली भाषा र साहित्यका क्षेत्रमा विशिष्ट योगदान दिने वरिष्ठ साहित्यकार चूडामणि रेग्मीलाई एक हजार डलरसहितको इञ्जा स्रष्टा सम्मान प्रदान गरिएको छ । पुरस्कारका लागि उक्त रकम अमेरिकामा बस्दै आएका गीतकार अम्बिका गुरुङले उपलब्ध गराएकी हुन् । यस्तै, कार्यक्रममा पत्रकारद्वय मेनका ढुंगाना (अछाम) र प्रकाशसिंह (बाजुरा)लाई जनही ५ सय डलर राशिको इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सो पुरस्कारका लागि उक्त रकम अमेरिकामा रहेकी सुनिता खत्रीले सौजन्यस्वरूप उपलब्ध गराए । ढुंगानालाई छाउपडी र सिंहलाई कुपोषणसम्बन्धी खोजमूलक समाचारका लागि उक्त पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिल विधेयक सरोकारवाला पक्षसँग आवश्यक छलफल नै नगरी अघि बढाइएको भनी गुनासो गरे । नेपाल टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्टले पछिल्लो समय नेपाली पत्रकारिता क्षेत्र व्यावसायिक रूपमा अघि बढिरहेको बताए । पुरस्कार छनोट समितिका संयोजक तीर्थ कोइरालाले स्रष्टालाई सम्मान र समाजमा देखिएका विकृति तथा विसंगतिलाई गहिरोरूपमा चिरफार गर्ने सञ्चारकर्मीलाई प्रदान गरिएको पुरस्कारले सत्कर्म गर्नेलाई प्रेरणा मिल्ने बताए । इञ्जाका केन्द्रीय अध्यक्ष गुणराज लुइँटेलले विश्वभर छरिएर रहेका नेपाली पत्रकारबीच सम्पर्क र समन्वय गर्न सहज होस् भन्ने हेतुले गठन भएको इञ्जाले सेवामूलक संस्थाका रूपमा पत्रकारलाई प्रेरित गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । त्यस्तै, संस्थाका केन्द्रीय उपाध्यक्ष टंक पन्तले संस्थाले पत्रकारलाई प्रेरित गर्न सामुदायिक र साहसिक पत्रकारिता पुरस्कारको अतिरिक्त स्रष्टा सम्मान कार्यक्रम गर्दै आएको बताए ।
प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६  ०८:५०
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न सोमबार, भदौ १६, २०८२
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन आइतबार, भदौ १५, २०८२
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार आइतबार, भदौ १, २०८२
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन आइतबार, साउन ११, २०८२
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने सोमबार, साउन ५, २०८२
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी मंगलबार, असार ३१, २०८२
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह बिहीबार, असार १९, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
 नयाँ दल खोल्ने  ‘वार्मअप’
 नयाँ दल खोल्ने  ‘वार्मअप’
पच्चीस सयले बढ्याे सुनकाे मूल्य
पच्चीस सयले बढ्याे सुनकाे मूल्य
‘जिएसआईमा नेपालले कुनै सहमति गरेको छैन’ : परराष्ट्र सचिव राई
‘जिएसआईमा नेपालले कुनै सहमति गरेको छैन’ : परराष्ट्र सचिव राई
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP