Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #एनएफपिजे
  • #फाउल_पोक्स
  • #निर्वाचन_आयोग
  • #श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा
  • #सिसी क्यामेरा
  • #रास्वपा
  • #गगनकुमार थापा
  • #नाकछोङ
Search Here
प्रवास
  • Home
  • प्रवास
  • एजेन्डाविहीन सुदूरपश्चिम प्रदेश सभा – भूमि फिर्तासम्बन्धी संकल्प प्रस्ताव प्रक्रिया अघि बढेन
एजेन्डाविहीन सुदूरपश्चिम प्रदेश सभा – भूमि फिर्तासम्बन्धी संकल्प प्रस्ताव प्रक्रिया अघि बढेन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन १९, २०७६
sudor
Hardik health
धनगढी–सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा एजेण्डा नहुँदा पाँचौं हिउँदे अधिवेशनको बैठक सञ्चालन हुन सकेको छैन् । प्रदेश सभाको बैठक माघ ६ गतेदेखि शुरु भएको अधिवेशनको बैठक स्थगित भएको हप्ता दिन भइसक्दा समेत बैठक बस्न नसकेको हो । पाँचौ हिउँदे अधिवेशनका क्रममा १२ पटक बैठक सञ्चालन भएका छन् । प्रदेशको फागुन ११ गते सभामुख अर्जुनबहादुर थापाले अर्को मिति तय नभएसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए । यस अवधिमा दुई वटा विद्येयक पारित भइसकेका छन् भने तीन वटा विद्येयक छलफलमा रहेका छन् । प्रदेश सरकारले प्रदेश सभालाई एजेण्डा दिन नसक्दा बैठक अन्यौलमा परेको जनाइएको छ । प्रदेश सभामुख अर्जुनबहादुर थापाले प्रदेश सभामा अहिले एजेन्डा नभएकाले अन्यौलमा रहेको बताए । उनले भने, ‘विषयगत समितिमा तीन वटा विधेयकमाथि छलफल भइरहेको छ । प्रदेश सभा सचिवालयमा विधेयक दर्ता भएपछि सदनको आह्वान गरिनेछ ।’ उनले प्रदेश सरकारले पनि नयाँ विधेयक सचिवालयमा दर्ता गराउन नसकेको बताए । संकल्प प्रस्तावमाथि छलफल भएन सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले भुमि फिर्ता सम्बन्धी दर्ता गराएको संकल्प प्रस्तावमाथि छलफल हुन सकेको छैन । प्रदेश सभा सचिवालयमा माघ २२ गते कर्णबहादुर मल्लले दर्ता गराएको सो संकल्प प्रस्तावमाथि प्रदेश सभाले छलफल नचलाएको हो । सो संकल्प प्रस्तावमा कांग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खड्का र टेकबहादुर रैका समर्थक रहेका थिए । प्रदेश सभा नियमावली अनुसार ‘संकल्प प्रस्ताव ७२ घन्टापछि छलफलका लागि सदनमा पेस’ हुने उल्लेख छ । तर सो प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भएको २४ दिन वितिसकेको छ । नेपाली कांग्रेस प्रदेश सभा सदस्य कर्णबहादुरले ‘प्रदेश सभाको काम कारबाही सुस्त गतिमा अघि बढिरहेको’ बताए । ‘सुदूरपश्चिम प्रदेशकै भुमी भारतले आफ्नो नक्सामा राखेको छ’ उनले भने, ‘यसमा प्रदेश सरकारले पहल नगरेपछि हामीले संकल्प प्रस्ताव दर्ता गराएका हौं तर, अहिलेसम्म सभामा छलफलका लागि ल्याइएको छैन । यो प्रस्ताव दर्ता भएको ७२ घण्टापछि छलफल आउनुपथ्र्यो ।’ नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खडकाले प्रदेश सभाको काम कारबाही ठिक गतिमा नगएको बताए । उनले भने, ‘प्रदेश सभाले जसरी काम गर्नुपर्ने थियो त्यो भइरहेको छैन् ।’ उनले प्रदेश सभामा राष्ट्रिय अखण्डता, ऐन कानुनका विषयमा छलफल हुनुपर्ने तथा प्रदेश सभा सदस्यहरूले चासो व्यक्त गरेका विषयमा गम्भिर हुनुपर्ने बताए । सुदूरपश्चिम प्रदेश सभामा संसदको मर्यादा क्रम सम्बन्धी पहिलो संकल्प प्रस्ताव दर्ता गराइएको थियो । सो प्रस्तावलाई २०७५ बैशाख २० गते प्रदेश सभाले पारित गरेको थियो । त्यस यता प्रदेश सभा सदस्यहरूबाट कुनै पनि संकल्प प्रस्ताव दर्ता भएका थिएनन् । प्रदेश सभा सदस्य कर्णबहादुरले राष्ट्रियता तथा राष्ट्रिय अखण्डता सम्बन्धी अत्यन्त संवेदनशील हुनुपर्ने भएकाले संकल्प प्रस्ताव दर्ता गरेको बताए । उनले भने, ‘मुलुकको सिमा तथा भूमि मिचिएको सर्वाधिक चासो र महत्वको यो विषय सदनमा सर्वसम्मतिबाट पारित हुने हाम्रो विश्वास थियो । तर, अहिलेसम्म छलफलमा नल्याउनु दुःखद हो ।’ यस्तै, फागुन ७ गते नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खड्का र सार्वजनिक लेखा समिति सभापति नन्दाकुमारी बमले लिखित तथा मौखिक प्रश्न दर्ता गराएका थिए । दर्ता गराएको दुई हप्ता पुग्नै लाग्दा समेत कुनै प्रक्रिया अघि बढेको छैन । प्रदेश सभा सदस्य खड्काले मुख्यमन्त्रीबाट जवाफ माग गर्दै पाँच वटा प्रश्न र सार्वजनिक लेखा समिति सभापति नन्दाकुमारीले मुख्यमन्त्रीबाट पाँच र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टबाट एक प्रश्नसहित प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका थिए । प्रदेश सभा सचिवालय नियमावली अनुसार पाँच दिन अघि लिखित तथा मौखिक प्रश्न दर्ता गर्नुपर्ने प्रावधान रहेको छ । प्रश्न दर्ता भएको पाँच दिनपछि प्रश्नका आधारमा स्वीकृत गर्ने वा नगर्ने सभामुखमा केन्द्रीत रहने जनाइएको छ । सभामुखले स्वीकृति दिएपछि विषयगत मन्त्रीलाई कार्यपरामर्शको बैठकले समय तोक्ने उल्लेख छ । प्रदेश सभा बैठकमा सो प्रस्तावमाथि छलफल नभएको र प्रश्नको जवाफ नआएको विषयमा प्रदेश सभा सदस्यहरूले आलोचना गर्दै आएका छन् । सत्तापक्ष र प्रतिपक्षका सांसद्हरूले प्रदेश सभाको विभिन्न बैठकहरूमा शुन्य र विशेष समय लिएर सो प्रस्तावमाथि छलफल अगाडि बढाउन माग गर्दै आएका छन् । प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले कार्यपरामर्शको बैठकमा संयूक्त संकल्प प्रस्ताव दर्ता गराउन सहमति भएको बताए । उनले भने, ‘तीनवटै पार्टीको संयूक्त संकल्प प्रस्ताव दर्ता भएपछि छलफलमा जाने छ ।’ उनले राष्ट्रिय अखण्डताका विषयमा राजनीतिक कित्ताकाट नहोस् भनेर सो सहमति भएको बताए । सभामुख थापाले लिखित तथा मौखिक प्रश्न दर्ताका लागि मुख्यमन्त्री त्रिलोचन भट्टलाई पत्र पठाइएसकिएको बताए । उनले भने –‘मुख्यमन्त्रीले समय माग गरेपछि सदनमा जवाफ दिन लगाइने छ ।’ ‘संशोधन दर्ताको पनि सुनुवाई भएन’ सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश सभामा पेश गरेको एफएम, रेडियो तथा टिभी सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी नेपाली कांग्रेसले बँुदागत रूपमा संशोधन प्रस्ताव दर्ता गराएको थियो । तर, यस सम्बन्धी पनि प्रक्रिया अघि बढ्न नसकेको प्रदेश सभा सदस्यहरूले गुनासो गरेका छन् । ‘हामीले प्रदेश सभालाई सुझाव सहित विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका थियौं, त्यो पनि अहिलेसम्म छलफलमा आउन सकेको छैन’ प्रदेश सभा सदस्य खड्काले बताए ।
प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६  ०८:३२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण शुक्रबार, पुस ४, २०८२
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा सोमबार, मंसिर २९, २०८२
एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनका लागि सरकार सकारात्मक छ :  अर्थमन्त्री खनाल
एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनका लागि सरकार सकारात्मक छ :  अर्थमन्त्री खनाल बिहीबार, मंसिर २५, २०८२
एनआरएनए महासचिव लामाले ल्याए सदस्यता विकेन्द्रीकरण र पारदर्शिताको मोडेल
एनआरएनए महासचिव लामाले ल्याए सदस्यता विकेन्द्रीकरण र पारदर्शिताको मोडेल बिहीबार, मंसिर २५, २०८२
एनआरएनए एकतालाई प्रभावकारी बनाउन सबै मुद्दा फिर्ता गर्न उपाध्यक्ष साहको आग्रह
एनआरएनए एकतालाई प्रभावकारी बनाउन सबै मुद्दा फिर्ता गर्न उपाध्यक्ष साहको आग्रह सोमबार, मंसिर २२, २०८२
एनआरएनएबीचको ऐतिहासिक एकता दिगो कायम होस्: सञ्‍चारमन्त्री खरेल
एनआरएनएबीचको ऐतिहासिक एकता दिगो कायम होस्: सञ्‍चारमन्त्री खरेल आइतबार, मंसिर १४, २०८२
गैरआवासीय नेपाली संंघकाे एकता कोशेढुंगा सावित हुनेछः प्रधानमन्त्री कार्की
गैरआवासीय नेपाली संंघकाे एकता कोशेढुंगा सावित हुनेछः प्रधानमन्त्री कार्की आइतबार, मंसिर १४, २०८२
लोकप्रिय
  • Week
  • Month
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
नबिल बैंककाे   पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
नबिल बैंककाे पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP