Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • बिरामीको निःस्वार्थ सेवामा समर्पित डा. मनिषा
बिरामीको निःस्वार्थ सेवामा समर्पित डा. मनिषा
पदम श्रेष्ठ 
पदम श्रेष्ठ  मंगलबार, फागुन २९, २०८०

तत्कालीन प्रधानमन्त्री केपी शर्मा वलीले एकैपटक उद्घाटन गरेका देशभरका ३६३ वटा अस्पतालमध्येको एक हो, सूर्यविनायक नगर अस्पताल । ती अस्पतालहरूमध्ये अधिकांश नाममात्रको अस्पतालका रूपमा सञ्चालित रहेका छन् । कतिपय बन्द प्रायः भइसकेका छन् । तर डा. मनिषाजस्ता दृढ समर्पण भाव रहेका स्वास्थ्यकर्मीहरूका कारण सूर्यविनायक नगर अस्पतालले फरक पहिचान बनाउन सफल भएको छ ।
 

अस्पताल भन्नेबित्तिकै सबैलाई लाग्छ, सकेसम्म जानै नपरोस् । तर रोगले च्यापेपछि अस्पताल नगई धर पाइन्न । आफैं बिरामी हुँदा मात्र होइन, आफन्त वा साथीसंगी बिरामी हुँदा पनि अस्पताल पुग्नुपर्ने हुन्छ । अस्पतालमा एक त रोग र खर्चको चिन्ता त छँदै छ, त्यसमाथि कतिपय अस्पतालमा कर्मचारीको व्यवहारले पनि बिरामी र आफन्तलाई दिक्दार बनाउँछ । त्यही कारण ‘अस्पताल जानै नपरोस्’ भन्ने कामना हरेक व्यक्तिले गरेका हुन्छन् ।

भक्तपुरको सूर्यविनायक नगर अस्पतालमा पुग्ने बिरामीले भने फरक अनुभूति गर्न पाउँछन् । यसको श्रेय अस्पतालकी जनसम्पर्क निर्देशक डा. मनिषा कार्कीलाई जान्छ । उपचारका लागि यस अस्पतालमा आउने बिरामीलाई उनी आफ्नै आफन्तसरह व्यवहार गर्छिन् । र, बिरामी पनि उनलाई आफ्नै आफन्त ठान्छन् । विशेषगरी कोरोना महामारीको समयमा उनले पु¥याएको निःस्वार्थ सेवाबाट सयौं बिरामी र बिरामीका आफन्तहरू लाभान्वित भएका थिए । जसबाट बिरामी र आफन्तको विश्वास जित्न सफल भएकी छन् डा. मनिषा ।

उनी उपचारमा ज्येष्ठ नागरिक, निम्न वर्गका र असहाय बिरामीलाई पहिलो प्राथमिकता दिने गर्छिन् । जसकारण सूर्यविनायक नगर अस्पतालमा उपचारका लागि पुग्ने अधिकांश बिरामी उनको सेवाको प्रशंसा गर्छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा वलीले एकैपटक उद्घाटन गरेका देशभरका ३६३ वटा अस्पतालमध्येको एक हो, सूर्यविनायक नगर अस्पताल । ती अस्पतालहरूमध्ये अधिकांश नाममात्रको अस्पतालका रूपमा सञ्चालित रहेका छन् । कतिपय बन्द प्रायः भइसकेका छन् । तर डा. मनिषाजस्ता दृढ समर्पण भाव रहेका स्वास्थ्यकर्मीहरूका कारण सूर्यविनायक नगर अस्पतालले फरक पहिचान बनाउन सफल भएको अस्पतालका वरिष्ठ चिकित्सकहरु बताउँछन् ।

Hardik health


दैनिक ३०० जनाभन्दा बढी बिरामीले यो अस्पतालबाट सेवा लिइरहेका छन् । १३ शय्याको यस अस्पतालमा पाँचजना डाक्टर र १३ जना नर्सले सेवा पु¥याइरहेका छन् । वार्षिक १० करोड रुपैयाँ बजेट सूर्यविनायक नगरपालिकाले उपलब्ध गराउँदै आएको छ । डा. मनिषा स्वयंसेवकको रुपमा यो अस्पतालमा प्रवेश गरेकी हुन्, दुई वर्ष स्वयंसेवककै भूमिकामा काम गरिन् । यसअघि उनी नागरिक अस्पतालमा कार्यरत थिइन् ।

कुनै पनि व्यक्तिले मान, दाम र इज्जत विशेष परिस्थिति, विशेष अवस्थामा मात्र पाइन्छ । नत्र प्रत्येक मान्छेको कर्मकाण्डी रूपमा नै बित्दै जान्छ जिन्दगी । डा. मनिषा नागरिक अस्पतालमा कार्यरत रहँदाको कुरा हो– त्यसबेला कोरोना (कोभिड–१९) महामारीले विश्वव्यापी संकट निम्त्याइरहेको थियो । मानिस घरबाहिर निस्कनसमेत प्रतिबन्ध लगाइएको थियो । स्वास्थ्यकर्मी चिकित्सकहरूले समेत धमाधम राजीनामा दिँदै घर बस्न थालेका थिए । 

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू पनि सकेसम्म आफूलाई टाढै राखी बिरामीको सेवामा लागिरहेका थिए भने कतिपय नेता, मन्त्रीदेखि स्वास्थ्यकर्मीहरुले सेवाभन्दा बढी स्वास्थ्यमा व्यापार गरिरहेका थिए । मान्छेको नाउँमा बाँचिरहेका लासमाथि पनि व्यापार गर्ने स्वास्थ्य क्षेत्रका अधर्मीहरुले एम्बुलेन्स मिलाइदिने भन्दै कमिसन खान महँगो नर्सिङ अस्पताल पु¥याएर होस कि, अनावश्यक दुःख दिएर लाखौं रुपैयाँ ठगेका घटना सञ्चारमाध्यममार्फत सार्वजनिक भएका थिए । त्यतिबेला थोरै स्वास्थ्यकर्मीहरू थिए, जसले आफू र आफ्नो घर परिवारलाई भन्दा बढी बिरामीको सेवामा समय दिइरहेका थिए । आफ्नो घरसमेत नगई कोरोनाबाट प्रभावित बिरामीको उपचार खटिरहे ।

त्यस्ता थोरै स्वास्थ्यकर्मीहरूमध्येमा पर्छिन् डा. मनिषा । खाना र निद्रालाई समेत वास्ता नगरी खटाएको ठाउँ मनोहरा भक्तपुरको सुकुम्बासी बस्तीदेखि धनगढीसम्म पनि बिरामी सेवामा लाग्दा भगवान्को कृपाले आफूलाई कोरोनाले नछोएको उनी सुनाउँछिन् । धपेढीका कारण ज्वरो आउँथ्यो तर आत्मवललाई दह्रो बनाएर सेवामा लाग्दा आन्तरिक शक्ति जागृत भई कोरोनाले पनि छुन नसकेको डा. मनिषाको अनुभूति छ ।

स्वास्थ्य सेवामा लाग्न आमाबाट उत्प्रेरणा
सर्वधर्म समभावका प्रतीक साइबाबामा आस्था राख्छिन् डा. मनिषा । उनलाई डाक्टर बन्न आमा आशा कार्कीबाट उत्प्रेरणा मिलेको हो । आफू ‘टिस्यु कल्चरिस्ट’ भएर पनि उनलाई डाक्टर बन्ने इच्छा रहेछ । बुबा मेकानिकल इञ्जिनियर श्रीबहादुर कार्की, समाजमा चिनिएका सम्पन्न व्यक्तित्व थिए तर उनको किड्नी फेल हुँदा तत्कालीन समयमा राम्रो उपचार पाउन नसक्दाको पीडा नजिकबाट नियालेकी थिइन्, डा. मनिषाले ।

त्यो बेला स्वास्थ्य उपचारमा हुने व्यापारीकरण, खर्च गर्न सक्ने र नसक्ने बिरामी तथा तिनका आफन्तप्रति गरिने विभेदलाई नजिकबाट नियालिन् । उनको दाजु इञ्जिनियर बनेपछि आमाको इच्छा र हौसलाका कारण मनिषाले डाक्टर बन्नका लागि तयारी गरिन् । कडा मिहेनतको परिणाम उनी डाक्टर हुन सफल भइन् ।

उनले आफू डाक्टर बनेपछि डाक्टरको जागिरे करिअरमात्र नठानी  भ्याएको समय समाजका दीन दुःखी, ज्येष्ठ नागरिकको सेवा गर्ने दृढ निश्चय गरी सो लक्ष्यअनुसार सेवा दिँदै आएकी छन् । सेन्ट मेरिज स्कुलमा अध्ययन गरी पोखराको मणिपाल कलेज हुँदै चिकित्सा क्षेत्रमा अगाडि बढ्दा डा. मनिषाले स्वास्थ्य क्षेत्रमा व्याप्त व्यापारीकरणले पारेको अप्ठ्यारो सामना गर्नुप¥यो । बुबाको मृत्युलगायत व्यक्तिगत जीवनमा भोग्नुपरेको बज्रपातका घटनापछि आफूलाई झनै बलियो रूपमा काममा होमिन तयार भइन् ।

उनले आफूलाई बिरामीकै सेवामा समर्पित गरेकी छन्, प्रशासनिक र चिकित्सकीय माध्यमबाट । यसको सम्पूर्ण श्रेय आफ्नी आमालाई दिन्छिन् उनी । ‘मेरै अगाडि पिताले मृत्युवरण गर्नुभयो । श्रीमान् पनि बित्नुभयो । म पनि एक दिन मर्नुपर्छ । एकदिन मरिजाने जीवनमा बिरामीलाई आफूले सकेको माया दिएर हुन्छ कि उपचार सर्वसुलभ दिएर हुन्छ मैले सेवा पु¥याउनुपर्छ भन्ने लाग्यो,’ उनले सुनाइन् ।

श्रीमान्को निधनपछि नै उनले आफूलाई बिरामीप्रति नै समर्पित गर्ने सोचसहित अगाडि बढेकी हुन् । सूर्यविनायक नगरपालिकाको गुण्डुमा बनाएको घरमा निःशुल्क स्वास्थ्य सेवा, परीक्षण गर्ने क्लिनिक चलाइन् । डा. मनिषाको गुण्डुको क्लिनिकमा स्वास्थ्य परीक्षण निःशुल्क मात्र गरिदिँदा पनि स्थानीय बासिन्दाले ठूलै राहत महसुस गरेर आशीर्वाद दिएर जाने गरेका छन् । अन्य बिरामीका लागि आवश्यक सहयोगमा पनि खटिन्छिन् उनी ।
 
डाक्टर भनेको औषधि लेखिदिने मात्र होइन
अबको आफ्नो लक्ष्य नर्स, डाक्टर र स्वास्थ्यकर्मी भनेको औषधि लेखिदिने व्यक्ति मात्र होइन भन्ने दस्तावेज तय गर्दै जाने रहेको डा.  मनिषा बताउँछिन् । त्यसका लागि गुण्डुमा स्थापित सानो निःशुल्क स्वास्थ्य क्लिनिकलाई सदुपयोग गर्ने उनको सोच छ । स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण हुन नदिन चेतनामूलक स्वास्थ्य अभियान थाल्ने डा. मनिषा बताउँछिन् ।
आफ्नो चिकित्सा पेसाप्रति नै पुनःविचार गर्नुपर्ने गरी बिरामीमाथि भइरहेको व्यापारको सञ्जाल ध्वस्त तोड्न ढिला भइसकेको उनलाई लागेको छ ।

यसका लागि राजनीतिमै लाग्नु परे पनि तयार छिन् उनी । राजीनीति  नै गर्नुपर्ने सोच आउनुको पछाडिका कारणबारे उनी भन्छिन्, ‘एकजना डाक्टर बिरामीको उपचार सेवाको वरिपरि नै  रूमल्लिरहेको हुन्छ तर राजनीतिक क्षेत्रमा लागेर स्वास्थ्य नीति, ऐनमा सुधार/संशोधन गर्न पाए त्यस्तो नीतिले स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्न सकिने र यस क्षेत्रको भ्रष्टाचार न्यूनीकरणका लागि सहयोग पुग्छ । मेरो अनुभवमा यहाँ हाल ठूला र सुविधा सम्पन्न निजी अस्पतालमा बिरामी जान वाध्य पारेर उपचारको बहानामा दुःख दिने प्रवृत्ति पनि बढेको छ ।’
थोरै खर्चमा गरिने उपचारलाई पनि बढी खर्च लाग्ने गरी विविध परीक्षण, औषधि दिएर दिने दुःख र सास्तीको अन्त्यका लागि राजनीतिक तबरबाटै आवाज उठाउनु जरूरी रहेको उनी ठान्छिन् । यसकारण राजनीतिमा जाने विकल्प पनि सोचेको डा. मनिषा बताउँछिन् ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाको बेला मृत्यु हरेक व्यक्तिको वरिपरि घुम्दा स्वास्थ्य क्षेत्रले भने कमाए । तर कोरोनाप्रभावित बिरामीको सेवामा खटिएका चिकित्सकले परिवारको माया र साधारण उपचारबाहेक विशेष सुविधा पाएका थिएनन् । यद्यपि, डा. मनिषा जस्ता चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले विशेष सुविधाभन्दा बिरामीको सेवालाई महŒव दिएका थिए । त्यही अनुभव र सेवाभावलाई नगर अस्पतालमा प्रयोग गरिरहेकी छन् डा. मनिषा । जसले सर्वसाधारणमा सूर्यविनायक नगर अस्पतालप्रतिको विश्वास र भरोसा बढाउँदै लगेको प्रत्यक्ष अनुभूति गर्न सकिन्छ ।
 


प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ११:११
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव
क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव शुक्रबार, साउन १५, २०८३
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो मंगलबार, साउन ५, २०८३
टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित
टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित आइतबार, साउन ३, २०८३
चितवनमा स्क्रब टाइफसकाे  सङ्क्रमण ८९३ जनामा
चितवनमा स्क्रब टाइफसकाे सङ्क्रमण ८९३ जनामा शुक्रबार, साउन १, २०८३
कोशीमा १४ प्रकारका घातक रोगविरुद्ध निःशुल्क खोपको व्यवस्था
कोशीमा १४ प्रकारका घातक रोगविरुद्ध निःशुल्क खोपको व्यवस्था मंगलबार, असार ३०, २०८३
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी सोमबार, असार २९, २०८३
मानसिक स्वास्थ्यसम्बन्धी सेवा परिचालन गर्ने :  स्वास्थ्य  मन्त्री
मानसिक स्वास्थ्यसम्बन्धी सेवा परिचालन गर्ने :  स्वास्थ्य मन्त्री आइतबार, असार २८, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP