Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #नाफिज
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #आगाेलागी_घटना
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • पाठेघरको मुखको क्यान्सरः स्क्रिनिङ र खोप विस्तार जरुरी
पाठेघरको मुखको क्यान्सरः स्क्रिनिङ र खोप विस्तार जरुरी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १, २०८२

काठमाडौं - आज १७ नोभेम्बर, विश्व पाठेघर मुखको क्यान्सर निवारण दिवस । यस वर्ष पहिलो पटक ‘आजैदेखि लागौँः पाठेघरको मुखको क्यान्सर निवारण गरौँ’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा महिलामा पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सरका रूपमा रहेको छ । हरेक वर्ष विश्वमा छ लाख ६० हजार महिलालाई पाठेघरको क्यान्सर हुने र करिब तीन लाख ५० हजार महिलाको मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

नेपालमा क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो कारणमा पाठेघरको मुखको क्यान्सर रहेको छ । रोकथाम गर्न सकिने हुँदाहुँदै पनि नेपालमा प्रतिदिन छ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखापर्ने गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही क्यान्सरका कारण प्रतिदिन चार जना महिलाले ज्यानसमेत गुमाइरहेका छन् ।

Hardik health

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले पाठेघरको मुखको क्यान्सर, रोकथाम र निवारणका लागि यस नाराले सबै सरोकार भएका निकायलाई गम्भीर बनाउने विश्वास व्यक्त गरे । उनले सबैले आ–आफ्नो स्थानबाट क्यान्सर, रोकथाम र निवारणका लागि अहिलेदेखि नै कदम चाल्नुपर्ने आवश्यकता औँल्याए ।

दिवसको अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले समयमै स्क्रिनिङ, एचपिभी (ह्यमून प्यापिलोमा भाइरस) खोप विस्तार, जनचेतना वृद्धि र स्वास्थ्य प्रणाली सुदृढीकरण गर्नुपर्ने बताए । यस रोगको निवाराणका लागि स्क्रिनिङ, खोप विस्तार अनिवार्य रहेको डा देवकोटाको धारणा छ ।

उनले भने, “पाठेघरको मुखको क्यान्सर निवारण लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट गत वर्षदेखि राष्ट्रिय खोप कार्यक्रममा एचपिभी खोपलाई समावेश गरी ९४ प्रतिशत किशोरीलाई पहिलो पटक निःशुल्क सेवा प्रदान गरिएको छ । यस वर्षको फागुनमा विद्यालय जाने ६ कक्षाका छात्रा र विद्यालयबाहिर रहेका १० वर्षका किशोरीलाई उक्त खोप दिने कार्यक्रम छ ।”

यो क्यान्सर निवारणका लागि सन् २०३० सम्ममा सरकारले ९० प्रतिशत किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउने, ३० वर्ष माथिका ९० प्रतिशत महिलाको स्क्रिनिङ गर्ने र पाठेघरको मुखको क्यान्सरको निदान भएका ९० प्रतिशत महिलाको उपचार गर्ने रणनीतिक लक्ष्य लिएको छ ।

 चिकित्सकका अनुसार ३० वर्ष उमेरभन्दा माथिका सबै महिलाले नियमित रूपमा पाठेघरको मुखको प्रारम्भिक जाँच गराउनुपर्दछ । एचआइभी सङ्क्रमित महिलाले २५ वर्षको उमेरदेखि नियमित रूपमा प्रारम्भिक जाँच गराउनुपर्दछ । नेपाल जनसाङ्ख्यिक सर्वेक्षणका अनुसार करिब ११ प्रतिशत महिलाले मात्र पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गराएका छन् । यसका प्रमुख चुनौतीहरूमा महिलामा सचेतना अभाव, स्वास्थ्य सेवामा सीमित पहुँच, दक्ष जनशक्ति अभाव, नियमित कार्यक्रमको कमी, कमजोर तथ्याङ्क व्यवस्थापन, सामाजिक लाजभाव र आर्थिक रहेका छन् । जसले गर्दा धेरै महिलामा रोग ढिलो चरणमा मात्र पत्ता लाग्ने र मृत्यु दर उच्च रहने गरेको डा देवकोटाले बताए ।
 


प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १५:५७
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
भद्रपुरमा १२ वर्षपछि ‘एनआइसीयू’ सेवा
भद्रपुरमा १२ वर्षपछि ‘एनआइसीयू’ सेवा मंगलबार, मंसिर २३, २०८२
बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण
बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण सोमबार, मंसिर २२, २०८२
स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा
स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा सोमबार, मंसिर २२, २०८२
सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छः मन्त्री गौतम
सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छः मन्त्री गौतम आइतबार, मंसिर २१, २०८२
विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति
विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति आइतबार, मंसिर २१, २०८२
चिसोका कारण अस्पतालमा बिरामीको चाप बढ्दो
चिसोका कारण अस्पतालमा बिरामीको चाप बढ्दो बिहीबार, मंसिर १८, २०८२
इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न आग्रह
इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न आग्रह बिहीबार, मंसिर १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP