भक्तपुर- महिला नेतृत्वले फेरिएको स्वास्थ्य संस्थाहरुले सम्झने नाम हो डा. सुमित्रा गौतम। स्वास्थ्य क्षेत्रमा जहाँ-जहाँ उनको नेतृत्व रहयो, ती अधिकांश सस्थाहरुमा धेरै सुधारका परिवर्तनहरु आए। विशेष गरि उनले नेतृत्व सम्हालेका अधिकांश स्वास्थ्य संस्था एव अस्पतालहरु उत्कृष्ट बन्न सफल छन् भन्दा अत्युक्ति नहोला।
नेपालगन्ज मेडिकल कलेजबाट एमबीबीएस अध्ययन सुरु गरि नेसनल एकेडेमी अफ मेडिकल साइन्स (न्याम्स) बाट गाइनेकोलोगी तथा अब्सट्रेटिकसमा एमडी (गोल्डमेडलिस्ट) गरेपछि भक्तपुर अस्पतालमा तीन पटक मेडिकल सुपेरिटेन्डेण्ट एवं निर्देशकको रुपमा नियुक्त भएर यस अस्पताललाई रिफरल सेन्टरबाट देश कै उत्कृष्ट अस्पताल बनाउन सफल डा. सुमित्रा गौतमको नेतृत्वको प्रभाव आज पनि भक्तपुर अस्पतालमा उत्तिकै छ। उनको पहिलो नेतृत्व रहेको खजुरा स्वास्थ्य केन्द्रदेखि हाल वागमति प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा रहदासम्म स्वास्थ्य क्षेत्रमा आएको सुधारलाई प्रदेशका अस्पतालहरुले उत्तिकै सम्झने गरेका छन्।
खजुरा स्वास्थ्य केन्द्र बाट सुरु भयो मेडिकल यात्रा:
पहिलो पटक २०७० असोजमा सिरहाको मिर्चैयास्थित खजुरा प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवाको यात्रा सुरु गरेकी वागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. गौतमको पहिलो अनुभूति नै सकसपूर्ण बन्यो। गाईभैंसीको गोठजस्तो स्वास्थ्य केन्द्र बिचौलियको प्रभावले सेवा प्रवाहमा समस्यालाई झेल्नु कम चुनौतीपूर्ण थिएन। उनि भन्छिन्,“जस्तोुकै चुनौतीलाई चिर्दै भएपनि स्वासथ्य कन्द्रलाई सुधार गर्नु थियो, मेरो कार्य देखेर अस्पतालका विरामी बाहिर क्लिनिकमा लानेहरुको जमातले मलाई धम्कि दिने, आक्रमणको प्रयास गर्ने र मेरो कोठामा दुई पटक चोरी गराए, म विचलित भईन। बरु स्थानीय जनता भेला गरि अस्पताल बनाउन आफैले पहिलो महिनाको तलब संस्थाका लागि दिने घोषणा गरेँ।केही दिनै ८३ लाख रुपैयाँ संकलन भयो। त्यसपछि बन्यो सुरु भयो केन्द्रमा स्वास्थ्य सुधारदेखि अस्पताल बनाउँने योजना।”
दैनिक २०/३० जना सेवाग्राही आउने खजुरा स्वास्थ्य केन्द्रमा उनले नेतृत्व सम्हालेर सेवामा बृहत सुधार आएपछि दैनिक ३०० भन्दा बढी बिरामी आउन थाले। बिचौलिया र माफियाको धम्कीबाट विचलित नभई लड्दै त्यस स्वास्थ्य केन्द्रलाई उत्कृष्ट बनाएर विरामीको भरोसा जित्न सफल भएपछि गरिबका जीवन बचाउने स्वास्थ्य संस्था बनेको उनी बताउँछिन्। त्यहाँबाट सरुवा भएर निस्किदा धेरैको आँखा रसाएको उनको आज पनि आफ्नै आँखा वरिपरि घुम्ने गरेको उनी बताउँछिन्।
सिन्धुली अस्पतालको यात्रा:
सिरहाबाट सरुवा भएर सिन्धुली अस्पतालमा पुग्दा रिफरल सेन्टरको रुपमा रहेको देखेपछि उनको मन भतभती पोल्यो। आफू्ले पूर्ण रुपमा त्यस अस्पतालमा नेतृत्व सम्हाले पछि सुरु भयो अस्पताल सुधार्ने अभियान। अस्पतालमा सुरु भयो २४ घण्टा प्रसूति सेवा, शल्यक्रियादेखि सबै खालका ल्याब सेवा थप भए। बिभिन्न सेवाका विभाग स्थापना भए।
दैनिक ४०० विरामी नआउने उक्त अस्पतालमा दैनिक ९०० विरामी पुग्न थाले। स्वास्थ्य मन्त्रालयको मूल्यांकनमा ६० अंक प्राप्त सिन्धुली अस्पताल उनको नेतृत्वमा अस्पतालमा सुधार आएपछि मन्त्रालयको मूल्यांकनमा ९६ अंक प्राप्त गरेर उत्कृष्ठ अस्पताल घोषणा भयो। सिन्धुली अस्पताल विरामी उपचारको हव मात्रै बनेन देशकै नमुना अस्पताल रुपमा परिणत भएको सिन्धुली अस्पतालका कर्मचारी र व्यबस्थापन समितिका पदाधिकारी आज पनि उत्तिकै सम्झन्छन्।
भक्तपुर अस्पतालको यात्रा:
सिन्धुलीबाट वि.स २०७६ साल मङ्सिर २० गते भक्तपुर अस्पतालको नेतृत्व सम्हाल्न आउनु भएकी डा. सुमित्रा गौतमले भक्तपुर अस्पताललाई देशकै नमूना र उत्कृष्ट बनाउन गरेको संघर्षलाई भक्तपुरवासील बिर्सन सक्दैनन्। उपचार नभएर विरामीरिफर मात्रै गर्ने अस्पतालको रुपमा चिनिएको भक्तपुर अस्पताललाई सुधार्ने र २४ घण्टे सेवा बिस्तारका क्रममा आएका धम्किलाई पन्छाउदै भक्तपुर अस्पताललाई सेवा प्रवाहमा नमूना बनाउन लाग्नु भयो। अस्पताल सुधार्ने चनौती सामना गर्दा गर्दै थपियो कोरोना महामारीको कहर र चुनौती।
कोरोना महामारीको कहर:
सरकारले भक्तपुर अस्पताललाई कोरोना अस्पताल बनाउने निर्णय गर्दा अस्पतालसंग ज्वरो नाप्न एकथान थर्मल गन र लगाउँनका लागि एक थान पिपि सेट समेत थिएन। तर मेसु डा.गौतमले पहिलो पटक भक्तपुरमा पिसीआर परीक्षण, स्वाब संकलन सुरु भयो। अस्पताल स्थापनाको ११६ वर्षपछि भक्तपुर अस्पतालमा पहिलो पटक भेन्टिलेटरसहितको कोरोना आइसीयू सञ्चालनमा आयो। २०७३ साल चैत्र २९ गतेबाट कोनोना परीक्षण सुरु भएपछि विगतमा भक्तपुर अस्पतालमा उपचारै हुदैन भन्दै निजी अस्पताल जानेहरु ज्यान बचाउँन भक्तपुर अस्पतालमा आउँन थाले।
चीनबाट फर्काएर खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणमा राखिएका नेपाली विद्यार्थीको २१ दिनसम्मको स्वास्थ्य परीक्षण, विदेशबाट आएकाहरुको स्वास्थ्य परीक्षण, उपचार, कयौ दिन घरमा नगई अस्पतालमै बसेर निरन्तर विरामीको उपचार, कोरोनाबाट मृत्यु भएकाको शव ब्यबस्थान, पहिलो पटक एनआइसीयू र एचडीयू सञ्चालनमा ल्याएर बच्चाको उपचार सुरु गर्ने क्रममा तीन पटकसम्म आफै कोरोनाबाट संक्रमित हुँदा पनि मनोबल उच्च राखेर विरामीको उपचारमा सक्रिय रहदाँको ती कहालीलाग्दो दिनलाई सम्झदा पनि आँङ जिरिङ्ग हुने गरेको डा. गौतम सुनाउँछिन् ।
२०७७ सम्म आईपुग्दा उहाँकै नेतृत्वमा प्रदेशस्तरीय १०२ शय्याको अस्पताल सञ्चालनम आयो। मुश्किलले एकाध शल्यक्रिया हुने भक्तपुर अस्पतालमा डा. गौतमको टिमको सक्रियताले २०७७ सम्म आइपुग्दा एक वर्षमा १ हजार ६६२ वटा शल्यक्रिया गर्न सफल भयो। प्रसुती सेवाको प्रभावकारी बनाईयो। अस्पतालले दूरबिनको प्रयोग गरी शल्यक्रिया सेवा सुरू गर्यो। मुश्किलले दैनिक ३०० विरामी आउने भक्तपुर अस्पतालमा दैनिक एक हजारदेखि १३०० विरामीको चाप बढ्यो।
डा. गौतम नेतृत्वमा आउनु अगाडि मूल्यांकनमा ३८ अंकमा खुम्चिएको भक्तपुर अस्पताल उहाँ आएको नौ महिनामै स्वास्थ्य मन्त्रालयको टोलीको स्थलगत अवलोकन र मूल्यांकनमा ८२ अंक प्राप्त गरी विसं २०७७ मा प्रदेश अस्पतालमा सर्वोउत्कृष्ट अस्पताल घोषणा भई पुरस्कार प्राप्त गर्न सफल भयो।
शय्या बिस्तारदेखि अक्सिजन उत्पादनसम्म:
शैया बिस्तारसंगै अस्पतालको दरबन्दी थपियो, चिकित्सक, नर्सदेखि आवश्यक बिभिन्न पदमा पदपूर्ति भयो, ल्याप्रोस्कोपी सर्जरी, पार्किन्सोनिजम (बिर्सिने रोग)को उपचार, आँखाको शल्यक्रिया सेवा, २४ सै घण्टा आकस्मिक सेवा, स्त्री रोग, प्रसूति सेवा, आमा सुरक्षा कार्यक्रम सञ्चालन, बालरोग, दन्तरोग, छाला रोग, मानसिक रोग, मुटु रोग, फिजियोथेरापी, आँखा तथा चस्मा जाँच, स्वास्थ्य बीमा सेवा, अल्ट्रासाउण्ड सेवा सञ्चालनमा आयो।
लैङ्गिक हिंसामा परेका महिला तथा पुरुषका लागि स्वास्थ्य सेवा, सुरक्षा एवं कानूनी सेवासमेत दिने व्यवस्था सुरु, पाठेघरको निःशुल्क शल्यक्रिया तथा प्रसूति सेवा समेत सञ्चालन भयो। अस्पतालले अक्सिजनको लिक्वड प्लान्ट सञ्चालन गरि दैनिक ५० हुदै २०० सिलिण्डर अक्सिजन उत्पादन सुरु गरि बेडमा पाईपबाट अक्सिजन वितरण, अल्जाइमर क्लिनिक सञ्चालन गर्दै महामारीकै बिचमा अस्पताल स्थापनाको ११७ वर्षपछि डा.गौतमले अस्पतालको विनियमावली बनाउन सफल भइन् ।
२०७६ साल मङ्सिर २० गते सरुवा भई आएपछि, दोश्रो पटक २०७९ साल भदौ ३० गते पुनः भक्तपुर अस्पताल सरुवा भएर आएपछि अस्पतालले दोश्रो पटक पनि ९६ अंक प्राप्त गर्दै सातवटै प्रदेश मध्येको उत्कृष्ट अस्पताल घोषणा भयो। त्यसैक्रममा उनको ११ औँ तहकी विशेषज्ञ चिकित्सकको रुपमा बढुवा भएसंगै फेरी सरुवा भयो। अस्पतालमा डा. गौतमको सरुवाले सेवामा समस्या आएको चर्चा चल्यो। फलस्वरुप डां गौतम तेश्रो पटक २०८० साल माघमा भक्तपुर अस्पतालमा मेडिकल सुपरिटन्डेन्टमा नियुक्त भएर आउनु भयो। त्यसपछि पुनः अस्पतालको सेवा बिस्तारदेखि उपचारमा गणस्तरीय सेवा प्रवाहका कारण भक्तपुर अस्पताल सरकारको मूल्यांकनमा ९८ अंक प्राप्त गरि तेश्रो पटक पनि देशभरकै अस्पताल मध्ये उत्कृष्ट अस्पताल घोषणा हुन सफल भयो।
मानपदवी र पुरस्कार:
स्वास्थ्य सचिव डा. गौतमले सेवाकै चरणमा राष्ट्रपतिद्धारा नेपाल सरकारले प्रदान गर्ने प्रबल जनसेवा श्री चौथो मानपदवी प्राप्त गर्न सफल भइन् । त्यसअघि पनि सरकारले २०७४ मा सरकारले स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेको थियो। त्यस्तै इन्टिग्रिटि आइकन नेपालले २०२१ मा अब्बल राष्ट्रसेवक कर्मचारी घोषणा गर्दै ट्रफी, प्रमाणपत्र र प्रशंसापत्र सहित सम्मान गरियो भने क्रियासिल पत्रकार मञ्चले उत्कृष्ट स्वास्थ्य सेवा सम्मान प्रदान गर्यो। बिभिन्न निकायले परस्कार तथा सम्मान प्रदान गरेको छ।
भक्तपुर अस्पतालबाटै स्वास्थ्य सचिवसम्मको यात्रा:
उनको कार्यदक्षता, लगनशिलता, योग्यता र क्षमताको कदर गर्दै वागमति प्रदेश सरकारले उनलाई बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त गर्यो। त्यसपछि उनको जिम्मेवारी थप बढ्यो। सचिव भएपछि वागमति प्रदेशका १३ वटा जिल्लाका अस्पताल, स्वास्थ्य संस्थाहरुको सुधारमा उनको जिम्मेवारी थपियो।
प्रदेश स्वास्थ्य क्षेत्र रणनीतिक योजनाको मस्यौदा तयार, बागमती डिजिटल हेल्थ शुभारम्भ, भक्तपुर, हेटौंडा र त्रिशुली अस्पताललाई दूरचिकित्सा सेवा सञ्चालन, जिम स्वास्थ्य संस्थाको अनुमति, नवीकरण, स्तरोन्नतिलगायतका कार्यहरू विद्युतीय माध्यम (स्वास्थ्य संस्था दर्ता तथा नवीकरण प्रणाली सुरु, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन र नुवाकोटको नवनिर्मित भवनबाट अन्तरङ्ग सेवा शुभारम्म, प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापनका लागि बायोमेडिकल वर्कसपसहितको सुविधा सम्पन्न भण्डारण कक्ष सञ्चालन गरेको उनले बताइन् ।
सिकलसेल एनिमिया र थालेसेमियाको निःशुल्क परीक्षण, हेमोफिलियाका बिरामीहरूलाई निःशुल्क उपचार, १२ जिल्लामा एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्धन अभियान तथा विशेषज्ञ शिविर सञ्चालन, किशोरीहरूलाई पाठेघरको क्यान्सरविरुद्ध खोप अभियान, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तरगत क्यान्सर रोगको उपचारमा थप ५० हजार रुपैयाँसम्म सहुलियत प्रदान, पाठेघर तथा स्तन क्यान्सर स्क्रिनिङ्ग अभियान, पुरुषहरूमा हुने प्रोष्टेट क्यान्सरका अभियान, १२ वटा जिल्ला अस्पतालमा १६ वटा डायालासिस मेसिन थप गरि सवा बिस्तार, शैक्षिक कार्यक्रमहरु बिस्तार गरिएको उनकाे भनाइ छ।
त्यस्तै विशेषज्ञ आँखा सेवा तथा तालिम लगायत मुटु, मस्तिष्क रोग, जलनको उपचार, कृतिम गर्भधारण सम्वन्धी विशेषज्ञ चिकित्सकीय सेवाको विकास तथा विस्तार, आत्महत्याको प्रयासका कारण उपचारको आवश्यकता पर्ने व्यक्तिहरूलाई निःशुल्क उपचार, एक जिल्ला, एक स्वस्थ शहर अभियान, एक स्थानीय तह, एक नमूना स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन गरिएको मनलयकी सचिड डा. गौतमले बताइन्।
स्वास्थ्य मन्त्रालयले एक विद्यालय एक नर्स कार्यक्रम ४४८ विद्यालयम बिस्तार, प्रदेश औषधी उत्पादन केन्द्र र ड्रग एण्ड टक्सीकोलोजी केन्द्र स्थापना, बालबालिकालाई विद्यालयस्तरमा श्रवण, दृष्टि र दन्त परीक्षण, बाथ रोग र मुटु रोगको निःशुल्क स्क्रिनिङलगायत गाउँ गाउँमा स्वास्थ्य सेवाको विस्तार एव प्रदेशका प्रत्येक नागरिकसम्म सहज रुपमा स्वास्थ्य उपचारको पहुँच पुर्याउने कार्यमा निरन्तर लागिरहेको उनले बताइन्।
यसबारेमा वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आफूले दुईवर्ष स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दा सचिव गौतमसहित मन्त्रालय, स्वास्थ्य निर्देशनालयको टिमले स्वास्थ्य क्षेत्रमा हुने बिचौलिया र माफियातन्त्रको अन्त्य र गाउँ गाउँमा सेवा, उपकरण, प्रबिधि र जनशक्ति विस्तार गर्दै स्वास्थ्य क्षेत्रको सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्