Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • पृथक निर्देशन र छायांकनको ‘रङ्गेली’
पृथक निर्देशन र छायांकनको ‘रङ्गेली’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन २८, २०८०

काठमाडौं -  शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन सुवेदीद्वारा निर्देशित ‘रङ्गेली’ यही फागुन २५ गते रिलिजमा आएको हो ।

‘ग्याङस्टर’ श्रेणीमा पर्ने यस चलचित्रमा प्रमुख कलाकारहरू दयाहाङ राई, मिरूना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रूपेश झा, सुन्दर धिताल छन् । चलचित्र केन्द्रीय पात्रहरू विजय, भगवान् दादा र जुनकिरीको वरिपरि घुम्छ, जसको बाटो अप्रत्याशितरूपमा एकार्कासँग जोडिएको हुन्छ ।

विजय (दयाहाङ राई) आमाबाबुबिहीनताबाट दुःख पाएको मानिस हो । ऊ बाल्यावस्थादेखि नै तोता भाई यादव (रूपेश झा) की हजुरआमाको साथमा हुर्केको हुन्छ । परिस्थितिले उसलाई अन्धकारको बाटोमा डोर्‍याउँछ ।उसलाई चलचित्रभित्रको एक शक्तिशाली व्यक्तित्वमा रूपान्तरण गराइएको छ ।उसले सानैदेखि समाजमा बलियो आफ्नो स्थान बनाउने दृढ संकल्प राखेको हुन्छ ।जसका कारण उसले साथी समेत गुमाउनु र अन्य अकल्पनीय घटना हुनुले चलचित्रको कथालाई रोचक बनाएको छ ।
 
रङ्गेलीमा शक्ति र प्रभावको प्रतीकको रूपमा भगवान् दादा (अर्पण थापा) रहेको छ । ऊ राजनीतिक आरोहणको ठूलो महत्वाकांक्षामा छ । विजय र भगवान् दादाबीचको असमझदारी चलचित्रको केन्द्रीय द्वन्द्व र शक्ति हो। विरोधाभासयुक्त विचारधारा र व्यक्तिगत प्रतिशोधले उत्तेजित विजय र भगवान्को सम्बन्ध द्वन्द्वमा परिणत हुन्छ ।

Hardik health

उनीहरूको एक पटक–सम्बन्धित सम्बन्ध विश्वासघात र महत्वाकांक्षाको भरमा टुक्रिन्छ, जसले दर्शकलाई चलचित्रको कथाको घुम्ती भेट्टाउन मद्दत गर्छ । चलचित्रमा जुनकिरी (मिरुना मगर) पात्रमा आउने असामान्य बदलावमा दर्शक मोहित हुन्छन् । सन्की प्रहरी अधिकारी मानबहादुर ढकाल (प्रवीण खतिवडा) को प्रवेश हुने हरेक दृश्यमा दर्शकले मज्जा लिन्छन् । बीचबीचमा आउँदै जाँदै गर्ने ग्याङस्टर पात्रहरू छोटो तर प्रभावशाली भूमिकामा छन् ।

दर्शकले सबैभन्दा मनोरञ्जन लिने चलचित्रका पात्र हुन्, अभिनेता आर्यन सिग्देल । उनी अप्रत्याशित रूपमा अन्त्यमा आउँछन् । जतिञ्जेल रहन्छन्, तहल्का मच्चाउँछन् । उनको परिचय चलचित्रको सुरुदेखि अन्तिमसम्मै रहने पात्र गट्टु भैया (सुन्दर धिताल) ले गराउँछन्, जुन रोचक छ ।
 
रङ्गेलीका कलाकारहरू प्रभावशाली छन् । प्रत्येक कलाकारले आफ्नो भूमिकामा गहिराइ र जटिलता ल्याउँछन् । डर र शक्तिको खेलमा वफादार साथी, वफादार सहयोगी, असल र खराब नियतका प्रहरी अधिकारी, नैतिकतासहितका र नैतिक पतन भएका नेता, सोझा जनता, प्रेममा धोका सबै चरित्रहरू एकपछि अर्को गर्दै भित्रिन्छन् । वफादारी र महत्वाकांक्षाको साथ प्रभुत्व खोज्ने निर्दयी प्रतिद्वन्द्वीसम्म, प्रत्येक पात्रले कथामा तहहरू थपेको छ र आफूलाई पृथक बनाउने प्रयास गरेको छ ।
 
‘रङ्गेली’को निर्देशन र छायांकन पृथक देखिन्छ । चलचित्रले दर्शकलाई डरलाग्दा अवस्थामा डुबाउँछ र अपराधको जालो बुझिने धमिलो र उज्यालो प्रकाशयुक्त कोठा, वातावरण र तनावको स्पष्ट भावना सिर्जना गर्दछ । प्रकाश र छायाको प्रयोगले दृश्यमा सौन्दर्य थपेको छ । हरेक कुनामा लुकेको अप्रत्याशित दृश्यलाई क्यामेराको कुशलरुपमा झल्काउन खोजेको छ ।
 
यसको पटकथाले एकाध ठाउँमा केही बिस्तारै गति लिए पनि निर्देशकको कथा भन्ने शैलीलाई सफल रूपमा पछ्याउँछ । निर्देशक र लेखक एकै जना भएको कारण पनि चलचित्रको ग्राफको गति बिग्रन पाएको छैन । निर्देशकले प्रयोग गरेका मेटाफोरहरूले दृश्य र कथालाई अलग स्वाद प्रदान गरेको छ । कलाकारहरूका चरित्र विकासमा निर्देशकले अथक मेहनत गरेको प्रस्ट देखिन्छ । 
 
‘रङ्गेली’को अर्को पक्ष संवादमा गरिएको मेहनत र पाश्र्व सङ्गीत हो । दृश्यहरूसँगै पछाडि सुनिने सङ्गीतका ‘इफेक्ट’हरू शानदार छन् । चलचित्रका खलपात्र अर्पण थापा र प्रहरी अधिकारी प्रवीण खतिवडाको लागि तयार गरिएका संवादले दर्शकको मथिङ्गल हल्लाउँछ । सबै पात्रको संवादमा पूर्वी नेपालको मोरङ जिल्लाको रङ्गेली क्षेत्र वरपर बोलिने स्थानीय भाषालाई आत्मसात् गर्दै तयार गरिएको संवाद विशेष छ ।
       
नवप्रवेशी कलाकारहरू रुपेश झा, सुन्दर धिताल, सान डोमा, सुजन खतिवडालगायतले तारिफयोग्य काम गरेका छन् । चलचित्रमा समावेश गीतहरू सान्दर्भिक नलाग्न सक्छन् भने सम्पादनमा केही मेहनत गर्न सकिन्थ्यो भन्ने महसुस हुन्छ । दर्शकलाई भण्डै तीन घन्टासम्म हलमा अडाउन चुनौतीपूर्ण रहेको अवस्थामा चलचित्र अलि लामो भएको भान हुन्छ ।
 
‘रङ्गेली’ अपराध र प्रतिशोधको कथा मात्र होइन, नेपालजस्तो देशमा रहने सामाजिक अवस्थाको प्रतिबिम्ब पनि हो । भलै चलचित्रमा देखाइएको जस्तो गुण्डागर्दीमा उत्रिने पात्रहरू खुलेआम  अस्तित्वमा त छैनन् तर, भित्रीरूपमा अपराधको जालो भने अविश्वसनीय छ । यो चलचित्रले त्यही सन्देश दिन खोजेको देखिन्छ । यो पहिचान, नैतिकता र शक्तिको खोजीका विषयवस्तु रहेको यो एक आकर्षक चलचित्र यात्रा हो । जसले हाम्रो समाजको मनोभावलाई दर्शाउँछ ।


प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १५:५७
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’ बिहीबार, कात्तिक १३, २०८२
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय बुधबार, कात्तिक १२, २०८२
गोजीमा दाम छैन’ १० करोडले हेरे
गोजीमा दाम छैन’ १० करोडले हेरे बुधबार, कात्तिक १२, २०८२
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै बुधबार, कात्तिक १२, २०८२
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार सोमबार, कात्तिक १०, २०८२
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस आइतबार, कात्तिक ९, २०८२
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक  आइतबार, कात्तिक ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP