Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • एकसाथ तीन चलचित्र प्रदर्शनमा
एकसाथ तीन चलचित्र प्रदर्शनमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन २५, २०८०

काठमाडौं -  आजदेखि तीन नेपाली चलचित्र ‘उपहार’, ‘काँडेतार’ र ‘रङ्गेली’ को सार्वजनिक प्रदर्शन गरिएको छ । महाशिवरात्रिलाई लक्षित गर्दै प्रदर्शनमा आएका तीनै चलचित्रको विधा भने फरक छ । सोही कारण पनि दर्शकले रोजाइअनुसारको चलचित्र हेर्न पाउने विश्वास निर्माण पक्षको छ । 

रेखा थापाले निर्माणसँगै अभिनय गर्नुभएको चलचित्र ‘उपहार’ मा काठमाडौँमा जीविकोपार्जनका लागि तीन महिलाले गर्ने सङ्घर्षको कथा देखाइएको छ । अभिनेत्री थापाले चिया बेचेर पनि स्वदेशमै आम्दानी गर्न सकिने सफलतालाई मुनाको पात्रमार्फत व्यक्त गरिएको बताइन् । 

“चलचित्रका महिला पात्रले स्वरोजगारसँगै मेहनत र सङ्घर्षले प्राप्त हुने सफलतालाई दर्शाएका छन् । यसले विदेश मात्र विकल्प नभई स्वदेशमै गर्न सकिने व्यवसाय प्रति युवालाई आकर्षित गर्छ”, अभिनेत्री थापाले भनिन, “मैले महिलाको सक्षमतालाई पर्दामा ल्याएको छु । यो काठमाडौँमा आएर सपना देख्ने तीन महिलाको कथा हो ।”

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्रमा पुजा शर्मा, मुकुन भुसाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजङ्ग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन र विनोद पौडेलले अभिनय गरेका छन् । चलचित्रमा विष्णु घिमिरे छायाङ्कन, मित्र गुरुङले सम्पादन, सुलक्षण भारतीले कथा लेखन, अभिमन्यू निरवी र माधव शर्माले पटकथा तथा संवाद लेखेका छन् । 

Hardik health

आजैदेखि प्रदर्शन गरिएको चलचित्र ‘रङ्गेली’ मा बोर्डर छेउमा हुने आपराधिक घटनाक्रमलाई देखाइएको छ । अर्जुन सुवेदीले लेखनसँगै निर्देशन गर्नुभएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायतले अभिनय गरेका छन् ।

चलचित्रले समाजमा बढिरहेको विकृतिलाई मुख्य विषयवस्तु बनाएको निर्देशक सुवेदीले बताए। “हामीले आपराधिक समूहको घटनाक्रम र त्यसले समाजमा परिरहेको प्रभावलाई चलचित्रको शैलीमा प्रस्तुत गरेका छौँ”, उनले भने, “यसले मनोरञ्जनसँगै त्यसतर्फ आकर्षित भइरहेका युवालाई सचेत गर्छ । चलचित्रमा रङ्गेली र आसपासका मनोरम दृश्यलाई समेटेका छौँ ।” 

अभिनेता राईले यसमा एक आपराधिक समूहको नेतृत्वकर्ताको भूमिका निर्वाह गरेका छन् । उनले धेरै समयपश्चात् यस किसिमको भूमिका निर्वाह गरेको बताए । “पैसा र शक्तिले एक सामान्य व्यक्तिको जीवनमा पार्ने प्रभाव र त्यसले निम्त्याउने घटनाक्रमले क्षणिक लाभ र दीर्घकालीन असरलाई मेरो पात्रले देखाउने प्रयास गरेको छ”, अभिनेता राईले भने ।

प्रदर्शन गरिएको चलचित्र ‘काँडेतार’ राष्ट्रियता र राजनीतिका विषयमा आधारित छ । नेपालको सीमा मिचेर मुलुकको राष्ट्रिय स्वाधीनतामा हस्तक्षेप गरेको कथावस्तुमा चलचित्र निर्माण गरिएको निर्देशक तथा कलाकार नवल खड्काले जानकारी दिए । 

उनले भने , “राष्ट्रवादी, चेतनामूलक एवं ऐतिहासिक विषयवस्तुमा चलचित्र निर्माण गरेका छौँ । यो राष्ट्रवादी धाराको एक सशक्त चलचित्र हो । नेपाल–भारत सीमामा काँडेतार लगाएर सिमाना व्यवस्थित गर्नुपर्ने सन्देश चलचित्रले दिन्छ ।”  चलचित्रमा अभिनेता खड्कासँगै गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदारलगायतका कलाकारले अभिनय गर्नुभएको छ । चलचित्रलाई स्वयं निर्देशक खड्का र शिवम अधिकारीले लेखेका हुन् ।


प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १४:२९
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
'तिम्रो पाउको’ सार्वजनिक 
'तिम्रो पाउको’ सार्वजनिक  मंगलबार, चैत २४, २०८२
नयाँ दोहोरी गीत  ‘बस्ने भो पिरती दोहोरै’  सार्वजनिक
नयाँ दोहोरी गीत ‘बस्ने भो पिरती दोहोरै’ सार्वजनिक मंगलबार, चैत २४, २०८२
चलचित्र कलाकार संघको निर्वाचन स्थगित
चलचित्र कलाकार संघको निर्वाचन स्थगित सोमबार, चैत २३, २०८२
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण हुँदै
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण हुँदै आइतबार, चैत २२, २०८२
निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने
निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने शुक्रबार, चैत २०, २०८२
‘रोल नं १’को पहिलो झलक सार्वजनिक
‘रोल नं १’को पहिलो झलक सार्वजनिक बिहीबार, चैत १९, २०८२
 डाक्टर दम्पतीको रोमान्टिक गीत ‘सधैं साथमा तिम्रो’  सार्वजनिक
 डाक्टर दम्पतीको रोमान्टिक गीत ‘सधैं साथमा तिम्रो’ सार्वजनिक बुधबार, चैत १८, २०८२
लोकप्रिय
  • Week
  • Month
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP