Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
Search Here
समाचार
  • Home
  • समाचार
  • एआईले बनायो ‘जात्रा’पात्र फडिन्द्र, जोएश र मुन्ना
एआईले बनायो ‘जात्रा’पात्र फडिन्द्र, जोएश र मुन्ना
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन २५, २०८०

काठमाडाैं -  प्रविधिको बढ्दो प्रयोगमा पछिल्लो समय आर्टिफेसियल इन्टिलेजेन्स (एआई) को लोकप्रियता बढ्दो छ। एआई प्रविधिमार्फत आफूलाई आवश्यक सामाग्री तयार गर्ने प्रचलन विश्वभर बढिरहेको सन्दर्भमा यसै प्रविधिमार्फत नेपाली फिल्मको क्यारेक्टर तयार गरिएको छ । ‘जात्रा’ मार्फत दर्शक माँझ प्रसिद्ध पात्र फडिन्द्र, जोएश र मुन्नालाई एआईलाई प्राप्त जानकारीको आधारमा तयार गरेको हाे।

सामाजिक सञ्जालमा लोकप्रिय भइरहेको तस्बिरले फिल्मले देखिदै आएको क्यारेक्टरलाई फरक ढंगले प्रस्तुत गरेको छ । सुन र पैसाको मोहमा रहेका ती पात्रलाई डिजिटल रुपमा उपलब्ध जानकारी अनुसार एआईले तयार गरेको हो । जहाँ तीनैजना फिल्म भन्दा फरक देखिएका छन् ।

फिल्म प्रदर्शन पश्चात दर्शकमार्फत ‘वर्ड अफ माउथ’ बलियो सुनिएपछि फिल्मले समीक्षात्मक सफलता मात्र नभई व्यावसायिक सफलतासमेत प्राप्त गरिरहेको 'जात्रा' को नयाँ सिरिजको रुपममा तयार भएको 'महाजात्रा' लाई प्रदीप भट्टराईले लेखन तथा निर्देशन गरेका छन् । षट्कोण आर्ट्सको निर्माण गरेको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।

Hardik health

मह सञ्चारमा झन्डै डेढ दशक काम गरेपछि फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा डेब्यु गरेका भट्टराईले ‘शत्रु गते’,‘जात्रै जात्रा’ र ‘महापुरुष’ निर्देशन गरेर आफूलाई बक्सअफिसमा अब्बल सावित गरिसकेका छन् । सोही कारण ‘महाजात्रा' को भारतबाहेकको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेका छ ।

लगातार हरेक फिल्ममा दर्शक र समीक्षकको विश्वास जित्न सफल निर्देशक भट्टराई स्टारडम भएका निर्देशकमा पर्छन् । अर्थात् निर्देशककै नामले नेपालमा कमै दर्शक हलसम्म पुग्ने गरेका छन् । शृङ्खलाले दर्शकको विस्वास घट्न दिएका छैनन्, बढ्दो छ । नेपालमा सिक्वेल फिल्मले प्राय दर्शक तथा समीक्षकबाट तारिफ पाउँदैन किनकी त्यो अनुसारको बन्दैन । तर, निर्देशक भट्टराईकै लेखन रहेको फिल्मले सिक्वेल फिल्म पनि राम्रो बन्छ भन्ने प्रस्ट्याए ।

जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने फिल्ममा हासो र रोदनको मिश्रण छ । अर्गानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृङ्खला दर्शकको प्रिय बनेको छ । ‘जात्रा’ मा गायकको रुपमा जोडिएका अभिनेता आचार्यले यस शृङ्खलासँग अभिनेताको रुपमा जोडिएका छन् ।

फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । फिल्म आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ । यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङगीतकार, शमशेर लामा शृङगार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।


प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १२:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’ बिहीबार, कात्तिक १३, २०८२
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय बुधबार, कात्तिक १२, २०८२
गोजीमा दाम छैन’ १० करोडले हेरे
गोजीमा दाम छैन’ १० करोडले हेरे बुधबार, कात्तिक १२, २०८२
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै बुधबार, कात्तिक १२, २०८२
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार सोमबार, कात्तिक १०, २०८२
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस आइतबार, कात्तिक ९, २०८२
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक  आइतबार, कात्तिक ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP