Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • रैथाने बीउ र परिकार संरक्षणमा युवाको सक्रियता
रैथाने बीउ र परिकार संरक्षणमा युवाको सक्रियता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २३, २०८०

जानकी - बाँकेको बैजनाथ गाउँपालिका–१ गाभरमा दाङ घोराही उपमहानगरपालिका–१२ डाँडा गाउँकी २७ वर्षीया सुशीला चौधरी रैथाने बीउ लिएर आइपुगेकी छन् । तीनदिने युवा सम्मेलनमा आइपुगेकी चौधरी विगत तीन वर्षदेखि रैथाने बीउ संरक्षरण अभियानमा सक्रिय छिन् । 

“गाउँमा हिजोआज सम्फुको साग, सिमतारे धान, कालो मास, आलस जस्ता रैथाने बाली पाइन छाड्यो”, उनले भनिन्, “रैथाने बीउ हाम्रो खानपान मात्र होइन हाम्रो पहिचान पनि भएको हुनाले यसलाई जोगाउनमा हामी युवा नै लाग्नुपर्छ ।”  

गाउँमा उनले आफूले मात्र रैथाने बीउ संरक्षण नगरी समुदायस्तरमा संरक्षणका लागि अभियान चलाएकी छन् । “हामीलाई प्रत्यक्ष मात्रामा पुग्ने भिटामिन दिने यस्ता रैथाने खाद्य सामग्री हराउँदै गइरहेका छन्, यिनको संरक्षण गर्न आवश्यक भएको हुनाले युवाले रैथाने बीउको संरक्षणमा लाग्न जरुरी छ ।”

सुशीला जस्तै पुथा उत्तरगङ्गा गाउँपालिका १० तकसेरा रुकुम पुर्वका मैत्या धर्ती मगर पनि रैथाने बीउ संरक्षण अभियानमा जोडिएकी छिन् । गाउँमा आफ्नै घरबास सञ्चालन गर्दै आएका मैत्या घरबासको भान्सामा रैथाने परिकार नै पकाउछिन् । यही मङ्सिरदखि घरबास चलाइरहेकाे मैत्याले युवालाई रोजगारी दिएको छ । 

Hardik health

रैथाने बीउ बिजन संरक्षणका लागि मैत्याले आफ्नै गाउँमा ‘अग्र्यानिक कृषि तथा पशु पन्छी पालन समूह’ स्थापना गरेकी छन् । उनीलगायत समूहमा आबद्ध भएका युवाले आफ्नै गाउँघरमा पाइने तर लोप हुँदै गइरहेका रैथाने बिउलाई संरक्षण मात्र नगरी किसानलाई र स्थानीय सरकारलाई संरक्षणका लागि जनचेतना समेत फैलाउने काम गर्दै आइरहेका छन् । 

“हामी युवाहरुले हाम्रो गाउँमा मात्र नभई रुकुम पूर्वका केही भेगमा पनि लोप हुँदै गइरहेको बीउलाई हाम्रो समूहमा संरक्षण गर्ने मात्र नभई स्थानीय र स्थानीय सरकारलाई समेत संरक्षणका लागि आग्रह गर्ने काम गर्दै आइरहेका छौँ,” उनले भनिन्, “हामीले हाम्रो रुकुम पूर्वमा सञ्चालन भएका प्रायः घरबास (होमस्टे)मा आफ्नै गाउँघरमा उब्जिएको रैथाने परिकार पकाउन पनि आग्रह गर्ने गर्दछौँ ।”

सुशीला र मैत्या जस्तै रुपन्देहीकी २० वर्षीया सुनिता हरिजन पनि विगत दुई वर्षदेखि रैथाने बीउ संरक्षणमा सक्रिय छिन् । भर्खरै स्नातक अध्ययनरत सुनिताले परम्परागत बाली मासिन थालेपछि रैथाने बीउ संरक्षणमा लागेको बताइन्  । “पहिला चामलको पीठोबाट बन्ने गुलगुला, फरा, गुजियालगायत खानेकुराका परिकार हिजोआज सुजी र मैदाबाट बन्न थालेपछि पुरानै परिकारलाई संरक्षण गर्नुपर्छ भनेर यो अभियानमा लागेको हुँ”, उनले भनिन्, “रैथाने खानेकुरामा पाइने पौष्टिकतत्व र स्वाद बेग्लै हुन्छ, त्यसलै अहिलेको पुस्ता संरक्षणमा लाग्न जरुरी छ ।”

सम्मेलनमा लुम्बिनी प्रदेशबाट सहभागी भएका ३८ समूहका युवाले ७८ प्रजातिका रैथाने बीउ संकलन गरेका थिए । उक्त संकलित रैथाने बीउ राष्ट्रिय जिन बैंकका प्रमुख डा बालकृष्ण जोशीलाई हस्तान्तरण गरिएको थियो ।  सो सम्मेलनमा युवाका विषयमा विभिन्न कार्यपत्रका साथै युवा सांस्कृतिक साँझ, लुम्बिनीका युवाद्धारा तयार पारिएको लुम्बिनी प्रदेशको प्रादेशिक कार्ययोजना निर्माण गरिएको नेपाल युवा परिषद्का संस्थापक केन्द्रीय अध्यक्ष सरोज बानियाँले बताए ।

 उनका अनुसार लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट आउनुभएका युवाले आफ्नो कला संस्कृति झल्कने वेशभूषा, स्थानीयस्तरमा पाइने रैथाने खानाका परिकार र रैथाने बीउ उक्त प्रदेश युवा सम्मेलनमा प्रदर्शन गरिएको युवा परिषद् प्रदेश संयोजक सोम गुरुङले बताइन् ।

सम्मेलनले युवा उद्यमशीलताको सिर्जना सम्भावना र रचनात्मक, प्रभाकारी शासनका लागि युवा सशक्तिकरण, जलवायु कार्यमा युवा संलग्नता, दिगो भविष्यका लागि पहल, वन्यजन्तु संरक्षमा डिजिटल आविष्कार अन्वेषणलगायत विषयगत क्षेत्रमा छलफल भएको घरबास (होमस्टे) महासङ्घका महासचिव कृष्ण चौधरीले बताए ।

‘उद्यमी युवा समृद्ध देशः दिगो विकास लक्षमा सामान परिवेश’ भन्ने मूल नाराका साथ बाँकेको गाभर भ्यालीमा सम्मेलन आइतबारदेखि तीन दिनसम्म चलेको थियो । नेपाल युवा परिषद्ले सन् २०२० मा नेपालगञ्जमा पहिलो लुम्बिनी प्रदेश युवा सम्मेलन गरेको थियो ।
 


प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात
यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात बिहीबार, माघ १५, २०८२
हुम्लामा भारी हिमपात हुँदा किसान रमाए
हुम्लामा भारी हिमपात हुँदा किसान रमाए बिहीबार, माघ १५, २०८२
चितवनको गहुँमा नयाँ रोग
चितवनको गहुँमा नयाँ रोग बिहीबार, माघ १५, २०८२
लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी
लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी बुधबार, माघ १४, २०८२
कालिज पालेर मासिक एक लाखभन्दा बढी आम्दानी
कालिज पालेर मासिक एक लाखभन्दा बढी आम्दानी मंगलबार, माघ १३, २०८२
बढी मूल्य लिन माघ लागेपछि सुन्तला टिप्दै  दोसल्लेका किसान
बढी मूल्य लिन माघ लागेपछि सुन्तला टिप्दै दोसल्लेका किसान सोमबार, माघ १२, २०८२
‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’
‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’ सोमबार, माघ १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP