Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
समाचार
  • Home
  • समाचार
  • रैथाने बीउ र परिकार संरक्षणमा युवाको सक्रियता
रैथाने बीउ र परिकार संरक्षणमा युवाको सक्रियता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २३, २०८०

जानकी - बाँकेको बैजनाथ गाउँपालिका–१ गाभरमा दाङ घोराही उपमहानगरपालिका–१२ डाँडा गाउँकी २७ वर्षीया सुशीला चौधरी रैथाने बीउ लिएर आइपुगेकी छन् । तीनदिने युवा सम्मेलनमा आइपुगेकी चौधरी विगत तीन वर्षदेखि रैथाने बीउ संरक्षरण अभियानमा सक्रिय छिन् । 

“गाउँमा हिजोआज सम्फुको साग, सिमतारे धान, कालो मास, आलस जस्ता रैथाने बाली पाइन छाड्यो”, उनले भनिन्, “रैथाने बीउ हाम्रो खानपान मात्र होइन हाम्रो पहिचान पनि भएको हुनाले यसलाई जोगाउनमा हामी युवा नै लाग्नुपर्छ ।”  

गाउँमा उनले आफूले मात्र रैथाने बीउ संरक्षण नगरी समुदायस्तरमा संरक्षणका लागि अभियान चलाएकी छन् । “हामीलाई प्रत्यक्ष मात्रामा पुग्ने भिटामिन दिने यस्ता रैथाने खाद्य सामग्री हराउँदै गइरहेका छन्, यिनको संरक्षण गर्न आवश्यक भएको हुनाले युवाले रैथाने बीउको संरक्षणमा लाग्न जरुरी छ ।”

सुशीला जस्तै पुथा उत्तरगङ्गा गाउँपालिका १० तकसेरा रुकुम पुर्वका मैत्या धर्ती मगर पनि रैथाने बीउ संरक्षण अभियानमा जोडिएकी छिन् । गाउँमा आफ्नै घरबास सञ्चालन गर्दै आएका मैत्या घरबासको भान्सामा रैथाने परिकार नै पकाउछिन् । यही मङ्सिरदखि घरबास चलाइरहेकाे मैत्याले युवालाई रोजगारी दिएको छ । 

Hardik health

रैथाने बीउ बिजन संरक्षणका लागि मैत्याले आफ्नै गाउँमा ‘अग्र्यानिक कृषि तथा पशु पन्छी पालन समूह’ स्थापना गरेकी छन् । उनीलगायत समूहमा आबद्ध भएका युवाले आफ्नै गाउँघरमा पाइने तर लोप हुँदै गइरहेका रैथाने बिउलाई संरक्षण मात्र नगरी किसानलाई र स्थानीय सरकारलाई संरक्षणका लागि जनचेतना समेत फैलाउने काम गर्दै आइरहेका छन् । 

“हामी युवाहरुले हाम्रो गाउँमा मात्र नभई रुकुम पूर्वका केही भेगमा पनि लोप हुँदै गइरहेको बीउलाई हाम्रो समूहमा संरक्षण गर्ने मात्र नभई स्थानीय र स्थानीय सरकारलाई समेत संरक्षणका लागि आग्रह गर्ने काम गर्दै आइरहेका छौँ,” उनले भनिन्, “हामीले हाम्रो रुकुम पूर्वमा सञ्चालन भएका प्रायः घरबास (होमस्टे)मा आफ्नै गाउँघरमा उब्जिएको रैथाने परिकार पकाउन पनि आग्रह गर्ने गर्दछौँ ।”

सुशीला र मैत्या जस्तै रुपन्देहीकी २० वर्षीया सुनिता हरिजन पनि विगत दुई वर्षदेखि रैथाने बीउ संरक्षणमा सक्रिय छिन् । भर्खरै स्नातक अध्ययनरत सुनिताले परम्परागत बाली मासिन थालेपछि रैथाने बीउ संरक्षणमा लागेको बताइन्  । “पहिला चामलको पीठोबाट बन्ने गुलगुला, फरा, गुजियालगायत खानेकुराका परिकार हिजोआज सुजी र मैदाबाट बन्न थालेपछि पुरानै परिकारलाई संरक्षण गर्नुपर्छ भनेर यो अभियानमा लागेको हुँ”, उनले भनिन्, “रैथाने खानेकुरामा पाइने पौष्टिकतत्व र स्वाद बेग्लै हुन्छ, त्यसलै अहिलेको पुस्ता संरक्षणमा लाग्न जरुरी छ ।”

सम्मेलनमा लुम्बिनी प्रदेशबाट सहभागी भएका ३८ समूहका युवाले ७८ प्रजातिका रैथाने बीउ संकलन गरेका थिए । उक्त संकलित रैथाने बीउ राष्ट्रिय जिन बैंकका प्रमुख डा बालकृष्ण जोशीलाई हस्तान्तरण गरिएको थियो ।  सो सम्मेलनमा युवाका विषयमा विभिन्न कार्यपत्रका साथै युवा सांस्कृतिक साँझ, लुम्बिनीका युवाद्धारा तयार पारिएको लुम्बिनी प्रदेशको प्रादेशिक कार्ययोजना निर्माण गरिएको नेपाल युवा परिषद्का संस्थापक केन्द्रीय अध्यक्ष सरोज बानियाँले बताए ।

 उनका अनुसार लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट आउनुभएका युवाले आफ्नो कला संस्कृति झल्कने वेशभूषा, स्थानीयस्तरमा पाइने रैथाने खानाका परिकार र रैथाने बीउ उक्त प्रदेश युवा सम्मेलनमा प्रदर्शन गरिएको युवा परिषद् प्रदेश संयोजक सोम गुरुङले बताइन् ।

सम्मेलनले युवा उद्यमशीलताको सिर्जना सम्भावना र रचनात्मक, प्रभाकारी शासनका लागि युवा सशक्तिकरण, जलवायु कार्यमा युवा संलग्नता, दिगो भविष्यका लागि पहल, वन्यजन्तु संरक्षमा डिजिटल आविष्कार अन्वेषणलगायत विषयगत क्षेत्रमा छलफल भएको घरबास (होमस्टे) महासङ्घका महासचिव कृष्ण चौधरीले बताए ।

‘उद्यमी युवा समृद्ध देशः दिगो विकास लक्षमा सामान परिवेश’ भन्ने मूल नाराका साथ बाँकेको गाभर भ्यालीमा सम्मेलन आइतबारदेखि तीन दिनसम्म चलेको थियो । नेपाल युवा परिषद्ले सन् २०२० मा नेपालगञ्जमा पहिलो लुम्बिनी प्रदेश युवा सम्मेलन गरेको थियो ।
 


प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन सोमबार, जेठ ११, २०८३
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, जेठ ६, २०८३
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा आइतबार, जेठ ३, २०८३
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने शुक्रबार, जेठ १, २०८३
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग बुधबार, वैशाख ३०, २०८३
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य शनिबार, वैशाख २६, २०८३
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु बुधबार, वैशाख २३, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP