Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • गुनासो पोख्दै 'बबिना' 
गुनासो पोख्दै 'बबिना' 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन २०, २०८०

काठमाडाैं - चर्चित गायिका बविना भट्टराईको स्वर तथा संगीतमा  “गुनासो छैन” बोलको गीत सार्वजनिक भएको छ ।गीतले मिलन र विछोद दुवै भावलाई समेटेको ‘गुनासो छैन’ गीत  सार्वजनिक भएकाे हाे।

गीतकार सरला श्रेष्ठ आफ्नो गीत ‘गुनासो छैन’ लाई प्रेमप्रति समर्पित गीत भएको बताउँछिन् । गीतकार सरला श्रेष्ठको शब्द रहेको उक्त गीत इमेज एफ.एम. ९७.९ को प्रस्तुति मेची देखि महाकाली सम्ममा र गीतकार सरला श्रेष्ठको अफिसियल युटुव च्यानलमार्फत एक साथ सार्वजानिक गरेको हाे ।

यो गीतको एउटा पाटोले विरहको भाव बोलेको छ भने अर्को पाटोले प्रेम प्रतिको समर्पित भाव बोलेको छ । आँफूले असाध्यै माया गरेको मान्छे अनि आँफूलाई पनि माया गर्ने मान्छेलाई छोडेर उनी टाढिनु दुःखद् हो भने उनी यसरी टाँढिदा पनि उनी प्रति आफ्नो मनमा प्रेमिल भाव उब्जाइरहने, उनी टाढिए पनि गुनासो नगर्ने, उनलाई सुखी र खुसी देख्न चाहिरहने, उनको आँखामा आँसु देख्न नचाहने उसको भाव प्रेमिल भाव हो, सकारात्मक भाव हो भन्ने गीतकार सरला श्रेष्ठको धारणा रहेको छ ।

‘शारदा’ साहित्यिक मासिकको पूर्णाङ्क ११५, २०८० कार्तिक अंकमा छापिएका सरला श्रेष्ठका विवधतायुक्त गीतहरु मध्ये उक्त मासिक पत्रिकाको पृष्ठ ५३ मा छापिएको यो गीत पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन र नेपाली गीति क्षेत्रमा पहिलो चारु गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बविना भट्टराईको स्वर तथा संगीतमा  “गुनासो छैन” बोलको गीत सार्वजनिक भएको छ ।

Hardik health

उक्त गीतको एरेन्ज साहस शाक्यले गरेका छन् भने  मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । म्युजिक नेपालको स्टुडियो, अनामनगरमा नकुल कार्कीले रेकर्डिङ गरेका उक्त गीतको भिडियो जस्केलो क्रियशनद्धारा निर्माण गरिएको हो । गीतको भिडियोमा बबिना आफै फिचर्ड छिन् ।

सरला श्रेष्ठका सरल शब्दहरुमा आफ्नो संगीत र स्वर दिन पाउँदा आँफू आनन्दित भएको गायिका तथा संगीतकार बबिना भट्टराई बताउँछिन् । सरल भाव र सरल व्यक्तित्व सरला श्रेष्ठका सरल शब्दहरुले आँफूलाई लोभ्याएको बताउने बबिना सरला श्रेष्ठका गीतहरुले समाज बोलेको, नारी मनोभावना बोलेको तथा प्रेमिल भावको अभिव्यक्ति दिएको आँफूलाई महशुष भएको र वहाँका धेरै गीतहरु सुन्दा तथा अध्ययन गर्दा आफ्नै जीवन अनि आफ्नै समाज बोलेको अनुभूत भएको बताउँछिन् ।

उनी भन्छिन् ‘वहाँ संगको पहिलो सहकार्य मेरो लागि निकै सुखद् एवं अविश्मरणीय रह्यो । आगामी यात्राहरु पनि यस्तै सुखद् हुने विश्वास लिएकी छु ।’ त्यस्तै गीतकार सरला श्रेष्ठ बबिनाको स्वर र संगीतले आफ्ना शब्दहरुले जीवन्तता पाएको बताउँदै भन्छिन् ‘बबिना एउटा सम्भावना बोकेकी गायिका तथा संगीतकार हुन्, नगन्य मात्रमा महिला संगीतकारहरु भएको अवस्थामा बबिनाको उपस्थितिले नेपाली संगीत क्षेत्र सिंगारिने विश्वास लिएकी छु साथै आगामी दिनहरुमा पनि बबिनाको यस्तै साथले मेरा शब्दहरुलाई जीवन्तता दिई नेपाली दर्शक श्रोताहरु माझ ल्याउन सघाउ पुग्ने आशा लिएकी छु ।’

‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी....’ बोलको अविनाश थापाको शब्द तथा दिपक शर्माको संगीतमा पहिलो गीत गाएकी बबिनाकोे १५ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी  छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । 

 व्यवसायिक गीतहरु उनको आफ्नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् । भर्खरै नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो चारु मा संगीत तथा स्वर दिएर उनले नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो चारु गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी छिन् ।


प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’ बिहीबार, कात्तिक १३, २०८२
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय बुधबार, कात्तिक १२, २०८२
गोजीमा दाम छैन’ १० करोडले हेरे
गोजीमा दाम छैन’ १० करोडले हेरे बुधबार, कात्तिक १२, २०८२
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै बुधबार, कात्तिक १२, २०८२
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार सोमबार, कात्तिक १०, २०८२
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस आइतबार, कात्तिक ९, २०८२
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक  आइतबार, कात्तिक ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP