Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • नेपाली युवाको बलिउड यात्रा, जसले अभिनयमा जम्न अमेरिका छाडे
नेपाली युवाको बलिउड यात्रा, जसले अभिनयमा जम्न अमेरिका छाडे
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन १८, २०८०

काठमाडौं– कलाकार सुवास रसाली आम युवाभन्दा फरक देखिन्छन् । कयौं युवाहरूका लागि अमेरिका सपनाको देश हो । त्यहाँ पुग्नकै लागि ठूलो रकम खर्चिनेहरूको संख्या बढिरहेको छ । अमेरिकालाई नै आफ्नो सपना र भविष्य बनाउँदै बिदेसिनेको लर्को बढ्दो छ । तर, त्यो भीडमा फरक देखिन्छन्, सुवास । उनी अमेरिकालाई ‘गुड्बाई’ गरेर फर्किदिए ।

‘म जेमा खुसी हुन्छु, त्यो काम गर्छु,’ हालै काठमाडौंमा भेटिएका सुवासले भने, ‘मलाई स्कुलदेखि नै डान्स र आर्टमा रुचि थियो ।’ सुवास कलाकारितामा यसरी डुबे कि उनले बाँकी सबै कुरा भुलि दिएका छन्  । कलाकारितामा उनी सौर्य नामले चिनिन्छन् । नेपालदेखि बलिउडसम्मको उनको यात्रा रोचक र संघर्षपूर्ण छ । त्यो सुन्नुअघि उनको अमेरिका यात्राको प्रसंग सुनौं ।


नवलपरासीको अरुणखोलामा जन्मिएका सुवासले अरुणखोला इंगलिस बोर्डिङ स्कुलबाट एसएलसी उत्तीर्ण गरे । लैनचौरको निस्ट नेसनल स्कुल अफ साइन्सेजबाट आइएस्सी पूरा गरे । उच्च शिक्षा अध्ययनका लागि सुवास सन् २००६ मा अमेरिका उडे । भर्जिनिया इन्टरनेसनल युनिभर्सिटीबाट बिबिए अध्ययन गरे । काम गर्दै आफ्नो अध्ययनलाई पनि अगाडि बढाए ।

त्यसको चार वर्षपछि बीचमा घुम्नका लागि अमेरिकाबाट भारत फर्के । त्यही समयमा मुम्बईस्थित किशोर नमितको कपुर एक्टिङमा छ महिनाको विशेष डिप्लोमा कोर्समा भर्ना भए । बरुन धवन र अर्जुन कपुर उनका सिनियर थिए । अतुर माथुरजस्ता नामी व्यक्तिले उनलाई पढाए । नायिका शिबाङ्गिनि राणा पनि उनकी सहपाठी हुन् । दैनिक बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म कक्षा हुन्थ्यो । सैद्धान्तिक र प्रयोगात्मक कक्षा लिएपछि उनको बुझाइको दायरा अझ फराकिलो भयो । जब त्यो कोर्स पूरा गरे तब उनलाई बल्ल महसुस भयो, म त कलाकार रहेछु भन्ने कुरा गहिरो तवरले महसुस गरे ।

Hardik health

एक्टिङ (अभिनय) कोर्सपछि सुवासले दुईवटा विज्ञापन खेले । बैंक र फर्निचरको विज्ञापनमा खेले पनि उनलाई अनुभव मिल्यो । सिक्नका लागि सुवास कहिल्यै पनि पछि हट्दैनन् । सन् २०११ म फेरि उनी अमेरिका उडे । वासिङ्टन डिसीस्थित द थियटर ल्याबमा फेरि छ महिने कोर्स गरे । त्यहाँबस्दा उनले महसुस गरे– जीवन जिउने आफ्ना लागि हो । समय छोटो छ । कुन बेला के हुन्छ, थाहा हुन्न ।

त्यसैले फटाफट काम गर्नुपर्छ । अध्ययनसँगै सुवासले एउटा डायमण्ड पसलमा सेल्स म्यानेजरका रूपमा काम गर्थे । उनले त्यसमा आठ वर्ष काम गरे । कमाई राम्रै थियो, आफ्नै गाडी, फ्ल्याट थियो । उनले आनन्दको जीवन व्यतित गरिरहेका थिए । तैपनि उनले सन् २००६ देखि २०१६ सम्म निरन्तर कर्मथलो बनाएको अमेरिकालाई ‘बाईबाई’ गर्दै मुम्बई फर्किए ।

‘कम्फर्ट जोनमा बस्नु हुन्न लाग्यो,’ सुवासले हल्का अंग्रेजी मिश्रित लवजमा भने, ‘मैले संसार छोडेर जाँदा अमेरिकन सेवा, सुविधा, पैसा केही पनि लाने होइन ।’ उनलाई कलाकारितामै राम्रो गर्न सक्छु भन्ने विश्वास जाग्यो । आखिर नृत्य र अभिनय उनको नसानसामा बगिरहेको थियो । चलचित्रको त उनी सानैदेखि प्रशंसक थिए नै ।

rasal-21709268766.jpg

बलिउडसम्म सुवासको यात्रा
सुवासले केही सिरियल र चलचित्रमा अभिनय गरेका छन् । केही विज्ञापनमा काम गर्ने मौका पाएका छन् । कलर्स टिभीबाट प्रसारण भएको मेरी आसिकी तुम्सेही, बिग म्याजिक च्यानलबाट प्रसारण भएको टेडी मेढी फ्यामिली, २४ सिजन २, र कुछ रंग प्यार के ऐसे भि, य है मोहब्बतेंमा अभिनय गरेका छन् । यस्तै दिलतो बच्च है जी, निर्जा, ओमानिया जस्ता चलचित्रमा उनले अभिनय गरेका छन् । 

सुवासले ओमानिया चलचित्रको छायांकन भइसकेको छ । प्रदर्शन हुन भने बाँकी छ । चन्द्रकान्त सिंहले निर्देशन गरेको यस चलचित्रमा श्वेता तिवारी, अस्मित पटेल, रश्मी देसाइ र सोफिया हायातले अभिनय गरेका छन् । कन्फेसन–इट्स कम्ल्पिकेटेड नामक वेब सिरिज पनि अभिनय गरेका छन् । एकातर्फ एस्क नामक एक सर्ट मुभीमा पनि अभिनय गरेका छन् । आधा दर्जनभन्दा बढी विज्ञापनमा काम गर्ने मौका पाएका छन् ।

बलिउडसम्मको यात्रा गर्दा सुवासले अनेक दुःख, संघर्ष गरेका छन् । गोविन्दालाई घरमै पुगेर भेटेका छन् । उनले गोविन्दाबाट प्रेरणा र सल्लाह लिएका छन् । झन् गोविन्दाले ‘म कलाकारितामा प्रवेश गर्दा तिमीजस्तै देखिन्थें’ भनेपछि त मख्खै परे । चर्चित कलाकार अजय देवगनसँग पनि सुवासले काम गर्ने मौका पाए । ‘दिलतो वच्चा हे जी’ चलचित्रमा सँगै काम गर्ने मौका पाएका छन् ।

आफ्नो पहिचान कस्तो बनाउनचाहनु हुन्छ भनेर प्रश्नमा उनी भन्छन् ‘एकदमै राम्रो कलाकार बन्न चाहन्छु,’ उनले थपे, ‘एक असल मानिस बन्न चाहन्छु ।’ कलाकार बनेर जीवनयापन गरेर गर्न मुस्किल छ । त्यसैले उनी आर्थिक रूपमा बलियो बन्नका लागि व्यापार गर्न चाहन्छन् । कलाकारितालाई मुख्य पेसा अपनाए पनि त्योसँगै सुवास व्यापार पनि अगाडि बढाउन चाहन्छन् । उनको पुर्ख्याैली पेसा ज्वेलरी व्यवसाय हो । त्यसलाई उनी चटक्कै छोड्न सक्दैनन् ।

घुमफिरमा रुचि
सुवास घुम्न एकदम रुचि राख्छन् । हरियाली, शान्त वातावरण, एकान्त उनलाई खुब मनपर्छ । फुर्सदमा जब उनी समुद्री किनारमा घुम्न पुग्छन्, निकै आनन्दित महसुस हुन्छ । नेपालमा सगरमाथा आधार शिविर र मुस्ताङ पुग्ने उनको ठूलो धोको छ ।
 


प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १०:२६
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’ बिहीबार, कात्तिक १३, २०८२
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय बुधबार, कात्तिक १२, २०८२
गोजीमा दाम छैन’ १० करोडले हेरे
गोजीमा दाम छैन’ १० करोडले हेरे बुधबार, कात्तिक १२, २०८२
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै बुधबार, कात्तिक १२, २०८२
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार सोमबार, कात्तिक १०, २०८२
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस आइतबार, कात्तिक ९, २०८२
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक  आइतबार, कात्तिक ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP