Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • ओली र किराँतीले मिलेर हेरे गोर्खा वारियरकाे प्रिमियर
ओली र किराँतीले मिलेर हेरे गोर्खा वारियरकाे प्रिमियर
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन ११, २०८०

काठमाडौं- गोर्खा वारियरको ऐतिहासिक प्रिमियर गरिएकाे छ । शुक्रबारबाट देशभर हलमा रिलिज हुन लागेकाे गोर्खा वारियर बुधबार बेलुका काठमाडौँको कमलपोखरीस्थित बिग मूभिजमा भब्य रेड कार्पेट प्रिमियर गरिएको हाे । 

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराती, पूर्व उपप्रधान मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, साँसद ज्ञानेन्द्र बहादुर शाही, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, नेपालका लागि बेलायती राजदुत रब फेनलगायत अग्रज देखि नयाँ पुस्तका चलचित्रकर्मी, सञ्चारकर्मी तथा विभिन्न संघ संस्थाका पदाधिकारीले रेड कार्पेट प्रिमियरमा सहभागी भएर यो चलचित्र हेरेका छन् ।428614715_7542319132466296_3943771930017129040_n1708668113.jpg

चलचित्रको प्रिमियर अघि रेड कार्पेट कार्यक्रम आयोजना गरिएको थियो । रेक कार्पेटमा अतिथिहरुलाई ब्यान्ड बाजासहित भव्य स्वागत गरिएको थियो । गोर्खा वारियर हेरेपछि एमाले अध्यक्ष ओलीले नेपालमा आफुले हेरेको मध्य युद्ध सम्बन्धि निकै राम्रो सिनेमा बनेको छ भने,‘यसले नेपाली कथा र विषयलाई समेटेको छ । चलचित्र भवनमा रहँदा मैले हाम्रो कथालाई पर्दामा हेर्न पाउँदा खुसी महसुस गरेँ ।’ उनले यो चलचित्रलाई नेपाल सहित अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्न सबैले सहयोग गर्नु पर्ने अपिल समेत गरे । 

यस्तै सिनेमा हेरेपछि आफु निकै भावुक भएको बताउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किरातीले भने,‘मेरो बुबा र बाजेले पनि बृटिस सेना भएर मलाय सहित अन्य युद्ध लड्नु भएको थियो । सोही कारण यो चलचित्र हेर्दा मैले आफ्नो कथा जोडिएको पाएँ ।’ यो चलचित्रलाई हरेक नेपालीले हेर्नुपर्छ भन्दै मन्त्री किारतीले अगाडि थपे,‘हाम्रो पुर्खाले लडेको युद्धसँगै वीर भनेर पाउने सम्मानका बारेमा हामी अवगत हुने मौका यो चलचित्रबाट पाउनेछौँ ।’ 

Hardik health

428608886_7542317185799824_8004366945385296719_n1708667973.jpg

यो चलचित्रले नेपालीको वीरताको गाथालाई विश्वभरमा फैलाउने भनाई राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्गदेनले अगाडि थपे, ‘हामो देश नेपाललाई सगरमाथा झैँ गोर्खालीको देश भनेर पनि चिन्ने गरिन्छ तर यस्तो विषयमा चलचित्र निर्माणको सँख्या निकै कम हुनु भने दुःखद हो ।’ यस्ता ऐतिहाँसिक मौलिक चलचित्रलाई हामीले हेरेर हौसला प्रदान गर्नु पर्ने उनको सुझाब थियो ।

यस्तै सँघीय सांसद ज्ञानेन्द्र शाहीले राज्यले चलचित्रको विकाशका लागि उपयुक्त नीति नल्याएको भन्दै धेरै समयमा एक पटक बन्ने गोर्खा वारियर जस्ता ऐतिहाँसिक चलचित्रलाई सरकारले बिशेषरुपमा सहयोग गर्नु पर्ने बताए ।अग्रज अभिनेता हरिवंश आचार्य पनि चलचित्रको खुलेर प्रसँसा गर्दै भने ,‘आजभन्दा ८० वर्ष अघिको समाजको कथा र गोर्खालीको सेनाको गाथा निकै मार्मिकसँग यो चलचित्रमा उतारिएको छ । नेपालमा युद्ध सम्बन्धि यतिराम्रो चलचित्र यस अघि कहिल्यै बनेको थिएन ।’ 

428608484_7542314765800066_1645402883491766079_n1708667971.jpg

यो चलचित्र हेरेपछि निर्माता संघका अध्यक्ष नवल खड्का, अभिनेताहरु सरोज खनाल, गजित विष्ट, प्रशान्त ताम्राकार, प्रवण भुसाल, अभिनेत्री प्रियङ्का कार्की, पल्पसा डँगोल, श्रद्धा क्षेत्री, गरिमा शर्मा, कलाकारहरु किरण केसी, निर्मल शर्मा, दीपक आचार्य (काकु), कुमार कट्टेल, हरिस निरौला, निर्देशक ज्ञानेन्द्र देउजा, दिवाकर भट्टराई, वितरक करण श्रेष्ठलगायतले गोर्खा वारियरको खुलेर प्रसँसा गरे ।

प्रिमियर शोमा यो चलचित्रका निर्देशक मिलन चाम्सले भने,‘मैले गोर्खाली सेना र गोर्खा वारियरबारे  यस अघि धेरैपटक बोलें । अब यो चलचित्र हेरेर बोल्ने पालो दर्शकको भएको पनि अबगत गराउँदछु ।’ वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर तयार गरिएको चलचित्रमार्फत प्रिमियरमा पाएको प्रतिक्रियाले आफू झनै उत्साहित भएको पनि निर्देशक चाम्सले बताए । यो चलचित्र मुलुकका १२० भन्दा बढी सिनेमा हलमा शुक्रबारबाट प्रदर्शन हुने पनि चाम्सले जानकारी गराए । 

428607859_7542312929133583_9023085398815713452_n1708667977.jpg

यो चलचित्रका अभिनेता रितेश चाम्सले आफु आजको दिनको प्रतीक्षामा रहेका जनाउँदै गोर्खा वारियरले उत्कृष्ट प्रतिक्रिया पाएका कारण यो चलचित्रलाई दर्शकले मन पराउनेमा ढुक्क छु भने । यस्तै अभिनेत्री रेविका गुरुङले ७५ वर्ष अघिको समाजको महिला चरित्रमा प्रस्तुत भएको जनाउँदै फिल्म हेर्दा आफ्नो भूमिकाको क्रममा दर्शक रोएको देखेर आफुले पनि आँशु थाम्न नसकेको बताईन । अर्का अभिनेता बिजय लामाले यो नेपाल र नेपालीलाई चिनाउने वीरताको कथायुक्त सिनेमा भएकाले यसलाई सबैले हेर्नु पर्छ भने । 

428611855_7542312585800284_7204865298902097314_n1708668112.jpg

यसका निर्माता सुमन राईले आफुलाई यो चलचित्रको कथा निर्देशक चाम्सले सनाउँदा नै औधी मन परेकाले गोर्खा वारियर निर्माण गरेको हो भने । चलचित्र हेरेपछि धेरै राम्रो लागेको पनि उनले बताए ।सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको यो चलचित्रमा यो चलचित्रमा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राई, सुरज तमु, त्रिचु राई, दिग्गज खत्री, सिद्धार्थ सिंह, सरोज खालिङलगायतको मुख्य भूमिका रहेको छ ।

गोर्खा वारियरको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यसको कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।यो चलचित्रको गीत शैलेन्द्र खनाल ‘शरद’ले लेखेका हुन भने सो गीतमा एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ । फिल्मलाई राजेन्द्र मोक्तानको रंग संयोजन गरेका छन् । यो चलचित्रमा हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी छ ।428615497_7542318455799697_7839105446540842297_n1708668111.jpg


प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  ०९:३०
#गोर्खा_वारियर
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’ बिहीबार, कात्तिक १३, २०८२
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय बुधबार, कात्तिक १२, २०८२
गोजीमा दाम छैन’ १० करोडले हेरे
गोजीमा दाम छैन’ १० करोडले हेरे बुधबार, कात्तिक १२, २०८२
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै बुधबार, कात्तिक १२, २०८२
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार सोमबार, कात्तिक १०, २०८२
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस आइतबार, कात्तिक ९, २०८२
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक  आइतबार, कात्तिक ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP