Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • सुदूरपश्चिम प्रदेश सरकार सफल भएको छः मन्त्री शाह
सुदूरपश्चिम प्रदेश सरकार सफल भएको छः मन्त्री शाह
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन १८, २०७६
Hardik health
काठमाडौं–सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश बहादुर शाहले समग्रमा सुदूरपश्चिम सरकार सफल भएको दाबी गरेका छन् । शान्ति–सूरक्षा, अमनचयन कायम गर्न, सुशासन कायम गर्न र संघीयता कार्यान्वयनको लागि आफूहरूको सरकार सफल भएको उनको भनाई छ । शनिबार आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले आफूहरू ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने अभियानमा जुटेको र सोहीअनुसार सशक्त भूमिका निर्वाह गरिरहेको पनि स्पष्ट पारे । यद्धपी उनले सुदुरपश्चिम प्रदेश सरकार गठन भएपछि जनताका थुप्रै आशा र आकांक्षा रहेको र अहिलेपनि विद्यमान रहेको सुनाउँदै ती आकांक्षा पूरा गराउने दिशातर्फ सुदुरपश्चिम सरकार अग्रसर रहेको बताए । मन्त्री शाहले सुदुरपश्चिम प्रदेश प्राकृतिक रूपमा पनि धनी रहेको सुनाए । उनले आफूहरूले संघबाट प्राप्त अधिकारलाई सदुपयोग गरेर संघीयता कार्यान्वयनमा अघि बढेको पनि सुनाए । त्यतिमात्रै होईन, आफूहरूले बजेट कार्यान्वयनमा पनि पारदर्शीता अपनाएको उनले सुनाए । यो बीचमा आफूहरूले वित्तिय सम्मेलनको सफलतापूर्वक आयोजना गरेको र अब छिट्टै लगानी सम्मेलनको आयोजना गरिने पनि उनले जानकारी दिए । त्यस्तै, सरकारले विकटता हेरेर सुत्केरीको अवस्था हेरेर स्वास्थ्योपचारको प्रवन्ध गरेको पनि सुनाए । सरकारले राजश्व र भन्सारमा वृद्धि गरेको र कर छली घटाएको पनि उनको भनाई छ । मन्त्री शाहले पश्चिम सेती, अपर कर्णाली, पञ्चेश्वर आयोजना कार्यान्वयनको लागि संघीय सरकारलाई आग्रह गरिएको पनि सुनाए । त्यस्तै, भारत र चीन दुवैसँग नाका खोल्नको लागि संघीय सरकारलाई अनुरोध गरिएको उनले बताए । संघीयता कार्यान्वयनको लागि आफूहरू ईमानदार भएर लागिरहेको सुनाए । यो बीचमा सुदुरपश्चिम प्रदेशले केही दुःखद् पक्ष र विपतको पनि सामना गरेको शाहले सुनाए । उनले आफ्नो प्रदेश सरकार कानून निर्माण र पूर्वाधार विकासमा पनि सफल भएको सुनाए । उनले प्रदेश प्रहरी गठनको लागि आफूहरूलाई बाटो खुलेको सुनाउँदै त्यसको लागि पनि सरकारले ठोस निर्णय गरेर अघि बढ्ने जनाए । उनले प्राकृतिक विपद् (हावाहुरी) आउँदा भएको क्षतिलाई ध्यान दिएर सोहीअनुसार आपत्तकालिन बैठक राखेर राहत दिएको पनि सुनाए । त्यस्तै, उनले सीमा अतिक्रमण भएको विषयमा पनि गम्भिर रूपमा लिएर अघि बढेको स्पष्ट पारे । निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा दोषी पत्ता लगाउनको लागि सुदुरपश्चिम सरकारले तदारुकताका साथ काम गरेको भएपनि अहिलेसम्म दोषी पत्ता लगाउन नसकिएकोमा भने उनले दुःखेसो पोखे । उनले छाउपढी प्रथा उन्मुलनको लागि आफ्नो सरकार गम्भिर रहेको विश्वास दिलाए । उनले संविधानले दिएको अधिकारअनुसार आफुहरूले अधिकार लिएको र संघीय सरकारले पनि सोहीअनुसार सहयोग गरिरहेको विश्वास दिलाए । राष्ट्रपति विद्यादेवी भण्डारी सुदुरपश्चिम प्रदेशको भ्रमणमा जाँदा प्रदेश सरकारले विदा नदिएको पनि उनले स्पष्ट पारे । त्यस्तै मन्त्री शाहले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने पार्टी सचिवालयको निर्णय सबैले मान्नुपर्ने बताए । उनले भने,‘वामदेवजी जत्तिको योग्य र परिपक्व नेता राष्ट्रियसभामा जानुपर्छ । अर्को कुरा, अर्थमन्त्रीजीपनि अर्थशास्त्रको विज्ञ हो । सचिवालयले जे निर्णय गरेको छ, त्यही निर्णय मान्नुपर्छ । हाम्रो नेतृत्वले क्रुसियल अवस्थामा सप्राईज निर्णय गरेर समाधान गर्ने गरेका छन् ।’ वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने र वर्तमान अर्थमन्त्रीलाई पनि निरन्तरता दिन सकिने विकल्प पनि सुनाए ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  ०८:०५
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP