Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • अस्थायी भवनमा पढ्दै चिनियाँ टोलीको पर्खाइमा विद्यार्थी
अस्थायी भवनमा पढ्दै चिनियाँ टोलीको पर्खाइमा विद्यार्थी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन १८, २०७६
Hardik health
काठमाडौं–रानीपोखरीस्थित पुरानो स्थलमा अत्याधुनिक नयाँ भवन त ठडिएको छ तर सर्ने टुङ्गो नहुँदा दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) का विद्यार्थी अझै प्रदर्शनीमार्गस्थित अस्थायी भवनमा पढिरहेका छन् । प्रदर्शनीमार्गको वाल्मिकी क्याम्पसको खाली ठाउँमा निर्मित अस्थायी भवनमा भानु माविका मात्र होइन संस्कृत माविका विद्यार्थी पनि पढ्छन् । नेपाली विद्यालय शिक्षाको एक धरोहर ऐतिहासिक दरबार हाइस्कुल विद्यार्थी संख्या घट्दो छ तर कक्षाकोठाको अभावमा कूल १५० विद्यार्थीलाई पनि भानु माविले बिहानी र दिवा सत्रमा गरी पढाइरहेको छ । ती विद्यार्थीका लागि १८ शिक्षक खटिएका छन् । शिक्षक, विद्यार्थी र अभिभावकको ध्यान अहिले छिमेकी चीनतिर खिचिएको छ । गोरखा भूकम्पमा क्षतिग्रस्त सो भवन निर्माणका लागि सहयोग गरिरहेको चीन सरकारले निर्माण सम्पन्नको प्रमाणपत्र र हस्तान्तरणको साइत कहिले जुराउला भन्नेमा उनीहरूको चासो हुनु स्वभाविक हो । सो विद्यालयमा स्थानीय विद्यार्थी भने थोरै छन् । शहरी क्षेत्रका अभिभावकका छोराछोरी निजी विद्यालयमा पढ्ने भएकाले यस्ता पुराना र सामुदायिक विद्यालयमा काठमाडौं बाहिरका जिल्लाबाट विभिन्न पेशा, व्यवसायका लागि यहाँ आई अस्थायी बसोबास गर्ने अभिभावकका छोराछारी पढ्छन् । सायद पहुँचवाला अभिभावकको कमीले होला राजधानीको मुटुमा रहेको यस विद्यालयबारे नीतिगत तहमा खासै चासो दिइन्न । विद्यालयले सरकारी नीतिको पालना गर्नै विद्यार्थीसँग कुनै शुल्क लिँदैन । गुणस्तरको छनक दिन र निजी विद्यालयका विद्यार्थी आकर्षित गर्न कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी माध्यम पनि चलाएको छ । शिक्षकले अतिरिक्त समय दिए पनि विद्यार्थी संख्या वृद्धि हुन सकेको छैन । विद्यार्थी संख्या वृद्धि नहुनुमा भवनको अभाव पनि मानिएको छ । चीनको वुहान प्राप्तमा कोरोना भाइरसको सन्त्रास नआएको भए यतिबेला सम्भवतः दरबार हाइस्कुलको नयाँ भवनमा विद्यार्थी पसिसकेका हुने थिए । चीनको साङ्घाइ कन्स्ट्रक्सनले गत मंसिरमै विद्यालयको भवन निर्माण सम्पन्न गरिसक्ने जनाएको थियो । कोरोना भाइरसको प्रभावले अन्तिम अनुगमनका लागि चीनबाट आउने टोली र केही सामान रोकिएको विद्यालयका प्रधानअध्यापक अखिलेष आजादले बताए । उनले भने, ‘मिति सारेर यही फागुनभित्र हामी सर्ने भनेका थियौँ, अब त्यो पनि टर्ने भयो ।’ नवनिर्मित भवनमा हस्तान्तरण नभएसम्म शिक्षक, विद्यार्थी वा अन्य पक्षलाई निर्माण पक्षले भित्र प्रवेश नदिने भएकाले प्रधानाध्यापक आजादलाई आफ्नो विद्यालय भवन कस्तो बन्यो भन्ने एक प्रकारको खुल्दुली पनि छ । सो कम्पनीले ‘टर्न कि मोडेल’ मा ८५ करोडको लागतमा जम्मा १९ महिनामा भवन निर्माण सकाउने गरी १०० कामदार खटाएको थियो । नौ रोपनी जग्गामा निर्मित नयाँ भवनमा चार तला र ४० कक्षाकोठा छन् । भवनको नक्सा ‘चाइना एभिएसन प्लानिङ एण्ड डिजाइनिङ इन्स्टिच्युट’ ले तयार गरेको थियो । उक्त ढाँचामा विद्यालय पुनःनिर्माणमा सहयोग गर्नेमा चीनका साथै नर्वे र युएसएड छन् । यस विधिमा दातृ निकायकाले आफ्नै स्रोत र साधनमा विद्यालय बनाइ हस्तान्तरण गर्छन् । विसं २०७२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षतिग्रस्त सो विद्यालयको पुनःनिर्माण कार्यको शिलान्यास २०७५ साउन १८ गते गरिएको थियो । विसं १९१० मा राणा परिवारका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले सो विद्यालय स्थापना गरेका थिए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय कार्यान्वयन एकाइ (शिक्षा)का आयोजना निर्देशक चूडामणी पौडेलका अनुसार सो भूकम्पबाट सात हजार ९२३ विद्यालय क्षतिग्रस्त भएकामा हाल करिब ७० प्रतिशत विद्यालय पुनःनिर्माण भइसकेका छन् । यसमध्ये अनुमानित १० प्रतिशत विद्यालय गैरसरकारी क्षेत्रले बनाएका छन् । समुदायस्तरमा बनाइका विद्यालय भवन भने छिटो तयार भएका छन् । भारत सरकार, एशियाली विकास बैंक, जापान सहयोग नियोग (जाइका) लगायतले विकास साझेदारामार्फत वैदेशिक स्रोत दिइ विद्यालय पुनःनिर्माणको अर्काे ढाँचामा पनि काम भइरहेको छ । यसमा नेपाल सरकारको खरिद नियमावलीअनुसार निर्माण व्यवसायी छनोट हुन्छ तर ‘टर्क कि मोडेल’ मा सहयोग गर्ने पक्षले सबै जिम्मा लिन्छ ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  ०७:५६
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP