Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #कुलिङ_पिरियड
  • #‘नीलो आकाशैमा बादलु’
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #लोतीखोला_बेलीब्रिज
  • #विद्यादेवी भण्डारी
  • #गाथामग_चह्रे
Search Here
समाचार
  • Home
  • समाचार
  • गगनलाई गलाउन दिनरात खट्दै देउवा
गगनलाई गलाउन दिनरात खट्दै देउवा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन ८, २०८०

हेर्दा हेर्दा कांग्रेस साँच्चै बूढो भयो । त्यति साह्रो बूढो त हुन नपर्ने हो । तर, कांग्रेसभित्र धोत्रो पसेका, पात सुकेको बेहालै भो । अब कसैको बैशाखी टेकेर हात समातेर हिँड्नुपर्ने हालतमा छ । एक्लै एकछिन उभिन सक्दैन शेरबहादुरजीलाई गएर सोध्नुस् त ! कांग्रेस एक्लै एकछिन उभिन सक्छ भनेर । अरेबाबा सक्दैन एमालेले बर्बाद गर्छ भन्छन् ।
केपी शर्मा ओली
अध्यक्ष, नेकपा एमाले

नेपाली कांग्रेसले भविष्यमा हुने आवधिक निर्वाचनहरुमा निर्वाचनपूर्व गठबन्धन गरेर अब कहिल्यै आफ्ना मतदातालाई अन्य कुनै दलको चुनाव चिह्नमा मत हाल्ने अवस्था सिर्जना गर्ने छैन
गगन थापा
महामन्त्री, नेपाली कांग्रेस

भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने भएको हुँदा पार्टीले तत्कालीन परिस्थितिअनुसार गठबन्धनको औचित्य सान्दर्भिकतालगायत विषयमा ठोस मूल्यांकन र छलफल गरी त्यसै बेलामा उचित निर्णय लिन सक्ने छ
शेरबहादुर देउवा
सभापति, नेपाली कांग्रेस


काठमाडौं– प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसलाई यतिबेला नीति अधिवेशनका पर्व महासमितिमा व्यस्त छ । ललितपुरको गोदावरीमा रहेको सनराइज हलमा कांग्रेस महासमिति सदस्यहरु भेला भइरहँदा पार्टीको नीति प्रस्ताव छायामा परेको छ ।

महामन्त्री गगन थापाले तयार पारेको सांगठनिक प्रस्तावका कारण उपसभापति पूर्णबहादुर खड्काले तयार पारेको नीति प्रस्ताव छायामा परेको हो । उपसभापति खड्काको प्रस्तावमा गठबन्धनकै कारण कांग्रेस पहिलो दल बनेको उल्लेख छ भने गगनको प्रस्तावमा अबको कुनै पनि निर्वाचनमा तालमेल गर्न नहुने प्रस्ताव राखेका छन् ।

‘नेपाली कांग्रेसले भविष्यमा हुने आवधिक निर्वाचनहरुमा निर्वाचनपूर्व गठबन्धन गरेर अब कहिल्यै आफ्ना मतदातालाई अन्य कुनै दलको चुनाव चिह्नमा मत हाल्ने अवस्था सिर्जना गर्ने छैन,’ गगनको प्रस्तावमा यो संकल्प गर्नुपर्ने उल्लेख छ । गगनको यही प्रस्ताव पार्टी सभापति शेरबहादुर देउवाका लागि भने टाउको दुखाइको विषय बनेको छ ।

यही कारण देउवाले महासमिति उद्घाटनमै गगनको यो प्रस्तावलाई घुमाउरो पारामा अस्वीकार गरे । गठबन्धनको सरकार समयको माग भएको दाबी गर्दै देउवाले भविष्यको निर्धारण पार्टीको विधानमा उल्लेख गर्न नहुने तर्क गरे । ‘भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने भएको हुँदा पार्टीले तत्कालीन परिस्थितिअनुसार गठबन्धनको औचित्य सान्दर्भिकतालगायत विषयमा ठोस मूल्यांकन र छलफल गरी त्यसै बेलामा उचित निर्णय लिन सक्ने छ,’ देउवाले सोमबार भने ।

देउवा महामन्त्री थापाको प्रस्तावबाट यो बुँदा जसरी पनि हटाउन चाहन्छन् । त्यसैले महासमिति सदस्यहरुको सेन्टिमेन्ट लिन लिखित मन्तव्य राखेर देउवाले संयमता देखाएको उनी निकट नेताहरु बताउँछन् । यसअघिको निर्वाचनमा एमाले माओवादी मिल्दा कांग्रेस प्रत्यक्षमा २३ सिटमा सीमित भएको विषय सम्झनुपर्ने देउवा पक्षका नेताहरुको तर्क छ । नयाँ दलको उदय भएसँग माओवादी र एमाले मिले कांग्रेस अझै खुम्चिने उनीहरुको दाबी छ । यस्तो अवस्थामा देउवाजस्ता पाका नेताको भनाइमा गगन पुस्ता सहमत हुनुपर्ने देउवा पक्षका नेताहरुको तर्क छ ।

तर संस्थापनइतर भने कांग्रेस बलियो हुन एक्लै चुनावमा जानुको विकल्प नभएको बताउँछन् । डा. शेखर कोइराला पनि गगनको मतमा सहमत छन् । ‘हरेक तहका निर्वाचनमा अब उप्रान्त नेपाली कांग्रेसले कुनै राजनीतिक दलसँग चुनावी गठबन्धन वा तालमेल गर्नु हुँदैन,’ फागुन ४ गते केन्द्रीय समितिमा शेखरले भनेका थिए ।

यसका लागि निर्वाचन प्रणाली भने फेर्नुपर्ने डा. शेखरको पनि सुझाव छ । ‘अहिले संविधानमा भएको निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत आउने सम्भावना देखिँदैन,’ फागुन ४ गते डा. शेखरले केन्द्रीय समितिमा भनेका थिए, ‘तसर्थ संविधान संशोधनमार्फत निर्वाचन प्रणाली परिवर्तन गर्न सबै राजनीतिक दलहरुसँस संवादका लागि कांग्रेसले पहल गर्नुपर्छ ।’

सभापति देउवाले पनि संविधानमा मिश्रित निर्वाचन प्रणाली अपनाएकाले अहिले कुनै दलको स्पष्ट बहुमत आउने सम्भावना नरहेको उल्लेख गरेका छन् । कांग्रेसकै नेतृत्वमा संविधान जोगाउनका लागि अहिलेको गठबन्धन भएकोले यसको राजनीतिक जिम्मेवारी पनि कांग्रेसले लिनुपर्ने देउवाले उल्लेख गरेका छन् । ‘वर्तमान गठबन्धन हामीसमेतको अग्रसरतामा संविधानको रक्षाको उद्देश्यले गठन भएको हुँदा यसको निरन्तरता हाम्रो राजनीतिक जिम्मेवारी पनि हुन गएको छ,’ देउवाले सोमबार भने ।

महामन्त्री थापाले आफ्नो प्रस्तावको अधिकांश बुँदाहरुमा देउवा नेतृत्वको कांग्रेसको गुनगान गाए पनि गठबन्धनबारे भने अब फरक प्रस्ताव गरेका छन् । यस विषयमा ठोस निर्णय लिन देउवाले बूढानीलकण्ठमा पटक–पटक पदाधिकारी बैठक डाकिसकेका छन् । महासमिति उद्घाटनअघि पनि देउवा निवासमा यो विषयमा छलफल भएको थियो । यद्यपि महामन्त्री थापाले अडान नछाडेपछि देउवाले आफ्नो मन्तव्यमै गठबन्धनबारे बोल्नुपरेको थियो । सोमबार राति अबेरसम्मै यो विषयमा छलफल चल्ने र सहमतिका नभए आज मंगलबार  पनि छलफल चल्ने पार्टी प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले बताए ।

पदाधकिारीको बैठक चल्दाचल्दै सोमबार साँझ देउवा उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका उपसभापति खड्कालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका थिए । गठबन्धन भत्किनेबारे महासमितिमा कुनै प्रस्ताव नआउने र आए पनि पारित नहुने विश्वास दिलाउन देउवा र खड्का बालुवाटार पुगेको बताइएको छ । 
महामन्त्री खड्काको प्रस्तावमा भोलि बिहान ९ बजेबाट चारवटा समूह बनाएर छलफल सुरु हुने कार्यतालिका रहेको छ ।

शेखर गगन ओलीको लाइनमा लागेको आरोप
देउवापक्षका नेताहरुले शेखर गगन एमाले अध्यक्ष केपी ओलीकै लाइनमा लागेको आरोप लगाएका छन् । ओली जसरी पनि गठबन्धन फुटाएर सत्तामा जाने दाउमा रहेको र हो मा हो मिलाउने काम शेखर गगन पक्षबाट भएको उनीहरुको दाबी छ ।

सोमबार देउवाले गठबन्धनबारे गोदावरी महासमितिमा आफ्नो भनाइ राख्दै गर्दा यता एमाले अध्यक्ष ओलीले च्यासलबाट कांग्रेस एक्लै उभिनै नसक्ने तर्क गरे । ‘हेर्दा हेर्दा कांग्रेस साँच्चै बूढो भयो । त्यति साह्रो बूढो त हुन नपर्ने हो । तर, कांग्रेसभित्र धोत्रो पसेका, पात सुकेको बेहालै भो । अब कसैको बैशाखी टेकेर हात समातेर हिँड्नुपर्ने हालतमा छ,’ ओलीले भने, ‘एक्लै एकछिन उभिन सक्दैन शेरबहादुरजीलाई गएर सोध्नुस् त ! कांग्रेस एक्लै एकछिन उभिन सक्छ भनेर । अरेबाबा सक्दैन एमालेले बर्बाद गर्छ भन्छन् ।’

ओली र शेखर गगनको बोली ठ्याक्कै एकै भएको एक महासमिति सदस्यले बताए । ‘ठ्याक्कै एकै छैन त ओली र शेखर गगनको बोली ?,’ ती महासमिति सदस्यले प्रश्न गरे, ‘यता देउवालाई मुखमा आएको प्रधानमन्त्री पद जोगाउन धौधौ भइसक्यो ।’


 


प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ०९:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीमा युवा तथा खेलकुदमन्त्री पाण्डेद्वारा शपथ
लुम्बिनीमा युवा तथा खेलकुदमन्त्री पाण्डेद्वारा शपथ सोमबार, साउन १२, २०८२
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी सोमबार, साउन १२, २०८२
‘गुरही पर्व’ पर्वको तयारी पूरा
‘गुरही पर्व’ पर्वको तयारी पूरा सोमबार, साउन १२, २०८२
काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरणका कार्य सम्पन्न
काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरणका कार्य सम्पन्न सोमबार, साउन १२, २०८२
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त सोमबार, साउन १२, २०८२
मिथिलामा ‘झुला’ पर्व सुरु
मिथिलामा ‘झुला’ पर्व सुरु सोमबार, साउन १२, २०८२
एमसिसीको निरन्तरता
एमसिसीको निरन्तरता सोमबार, साउन १२, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
बाढीले  बगायो बेलिब्रिज
बाढीले बगायो बेलिब्रिज
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP