Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #कुलिङ_पिरियड
  • #‘नीलो आकाशैमा बादलु’
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #लोतीखोला_बेलीब्रिज
  • #विद्यादेवी भण्डारी
  • #गाथामग_चह्रे
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘दलभित्र आन्तरिक लोकतन्त्र कार्यान्वयन हुन सकेको छैन’
‘दलभित्र आन्तरिक लोकतन्त्र कार्यान्वयन हुन सकेको छैन’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ७, २०८०

सुर्खेत -  देशमा लोकतान्त्रिक व्यवस्था सुरु भएको लामो समय भईसक्दा पनि लोकतन्त्रका लागि लडेकै दलभित्र आन्तरिक लोकतन्त्र कार्यान्वयन हुन नसकेको नेताहरुले बताएका छन्।कर्णाली उत्सवको ‘लोकतन्त्रः दलभित्र, देशभित्र’ सत्रमा वक्ताका रुपमा सहभागी नेताहरुले ‘दलभित्र आन्तरिक लोकतन्त्र कार्यान्वयन हुन सकेको छैन’ बताएका हुन् ।

कर्णाली उत्सवको ‘लोकतन्त्रः दलभित्र, देशभित्र’ सत्रमा वक्ताका रुपमा सहभागी नेताहरुले दलका युवा नेताहरुलाई आन्तरिक लोकतन्त्र व्यवस्थापन गर्ने चुनौती रहेको बताए। प्रतिनिधि सभा सदस्य हृदयराम थानीले लोकतान्त्रिक मान्यता अनुसार राखिएको समानुपातिक व्यवस्थाको उपयोग गर्नेक्रममै दलहरुले आफन्तलाई ठाउँ दिन खोजेर सिण्डिकेट लगाएको बताए। ‘संसदमा दलका प्रतिनिधि जनताबाट अनुमोदित भएजस्तै नेताहरु कार्यकर्ताबाट अनुमोदित हुनुपर्छ, कतिपय दलहरु अहिले यही लोकतान्त्रिक पद्धतिमा जान सकेका छैनन्,’प्रतिनिधि सभा सदस्य महेश बर्तौलाले भने।

दलभित्र लोकतान्त्रि पद्धद्धि पूर्ण रुपमा अबलम्बन गर्न सकिए दलहरू पनि बलियो बन्ने उनले बताए। मुलुकका हरेक शक्तिहरु जनताको नियन्त्रणमा छ भन्ने आभास जनतालाई गराएमा मात्र लोकतन्त्रको पूर्ण कार्यान्वयन भएको महसुश जनताले गर्न सक्ने उनले बताए।माओवादी केन्द्रका बागमती अध्यक्ष एवम् बागमती प्रदेश सभा सदस्य सरल सहयात्रीले दलहरू आन्तरिक रूपमा लोकतत्रिक प्रणाली अपनाउन चुकेको बताए। यसले युवा पुस्ताका नेतामाथि आन्तरिक लोकतन्त्रलाई व्यवस्थित गरेर कसरी लैजाने भन्ने चुनौति सिर्जना भएको उनले बताए।

आगामी दिनमा दलभित्र लोकतान्त्रिक प्रणाली अबलम्बन गर्ने कुरामा युवा पुस्ताका नेताहरु प्रतिबद्ध रहेको सहयात्रीले बताए। लोकतन्त्रिक पद्धति अबलम्बन गराउन सकिने कानुनहरु पूर्ण कार्यान्वयनमा लैजान नसक्दा जनताले लोकतन्त्रको आभास गर्न नसकेको उनीहरूको बुझाई छ।‘लोकतन्त्रका लागि पटकपटक लडाई लड्यौं, तर पनि लोकतन्त्रलाई सही बाटोमा लिन किन सकिएन भन्ने प्रश्न कायमै छ, गणतन्त्रपछि भ्रष्टचारको लय झन् बढेको छ,’ प्रतिनिधि सभा सदस्य थानीले भने, ‘हामी दलहरु पनि सुध्रिनुपर्ने छ, दलहरु सुध्रिएर अघि बढे लोकतन्त्रको पूर्ण कार्यान्वयन हुन्छ।’उनले राज्य सञ्चालनमा पुगेका दलहरुका कतिपय गतिविधिले पनि आम जनताले लोकतन्त्रको प्रत्याभूत गर्न नसकेको उनले बताए।‘ऐन कानुनबाट नियमन गर्नुपर्ने सामाजिक सञ्जाल टिकटक बन्द गरिन्छ, यसमा लोकतन्त्र कसरी प्रत्याभूत गर्ने?’ उनले प्रश्न गरे।

लोकतन्त्रको खम्बाका रूपमा रहेका दलहरु जति मजबुत र लोकतान्त्रिक भए त्यति नै मुलकको लोकतान्त्रिक संस्कार प्रवद्र्धन हुने प्रतिनिधि सभा सदस्य बर्तौलाले बताए। दलहरुले निर्माण गर्ने बिचार उच्च लोकतान्त्रिक मूल्य र मान्यताबाट निर्देशित हुनुपर्ने उनले बताए।‘हामी दलहरुले आफूलाई सही ढंगबाट अघि बढाउनुपर्छ, हामी चुनाव जित्नमा मात्र केन्द्रित हुन्छौं, जुन लोकतन्त्रको मान्यता होईन,’ उनले भने, ‘लोकतन्त्रको मान्यता भनेको हार स्वीकार गर्न सक्नु हो, यसको मतलब हामी दलहरु नै लोकतान्त्रिक भएनौं।’  बागमती प्रदेश सभा सदस्य सहयात्रीले लोकतन्त्र सुरुआती चरणमा रहेको बताए। यसलाई आगामी दिनमा कसरी बलियो बनाएर लैजाने भन्ने दलहरुको हातमा रहेको उनले बताए।

कर्णाली प्रदेश सभा सदस्य कल्याणी खड्काले लोकतन्त्रका लागि दलहरुले लोकतन्त्रका लागि महत्वपूर्ण संघर्ष गरेपनि नियमकानुन कार्यान्वयन गर्न नसक्नुले जनताले लोकतन्त्रको प्रत्याभूत गर्न नसकेको बताइन्। दलहरुले जनतालाई सार्वभौम हुन् र हामी सार्वभौम जनताका प्रतिनिधि हौं भन्ने विश्वास गर्न नसकेकाले पनि नागरिक लोकतन्त्रप्रति निराश देखिएको उनले बताइन्।


प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १५:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीमा युवा तथा खेलकुदमन्त्री पाण्डेद्वारा शपथ
लुम्बिनीमा युवा तथा खेलकुदमन्त्री पाण्डेद्वारा शपथ सोमबार, साउन १२, २०८२
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी सोमबार, साउन १२, २०८२
‘गुरही पर्व’ पर्वको तयारी पूरा
‘गुरही पर्व’ पर्वको तयारी पूरा सोमबार, साउन १२, २०८२
काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरणका कार्य सम्पन्न
काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरणका कार्य सम्पन्न सोमबार, साउन १२, २०८२
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त सोमबार, साउन १२, २०८२
मिथिलामा ‘झुला’ पर्व सुरु
मिथिलामा ‘झुला’ पर्व सुरु सोमबार, साउन १२, २०८२
एमसिसीको निरन्तरता
एमसिसीको निरन्तरता सोमबार, साउन १२, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
बाढीले  बगायो बेलिब्रिज
बाढीले बगायो बेलिब्रिज
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP