Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • मन्त्री नेम्बाङको कामः तीन महिनामै ९ हजार खाल्डा पुरियो
मन्त्री नेम्बाङको कामः तीन महिनामै ९ हजार खाल्डा पुरियो
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन १८, २०७६
Hardik health
काठमाडौं– उपत्यकाको मुख्य सडक केही वर्ष अघिसम्म दिउँसै धुलाम्मे देखिन्थ्यो । मोटरसाइकल चालक र पैदलयात्री धुलोको ठुलो मारमा पर्थे । सरकारी कर्मचारी सडक यात्रामा एउटा पोशाक र कार्यालयमा अर्काे पोशाक लगाउन बाध्य थिए । उपत्यकाको मुख्य सडकमा हाल त्यो समस्या केही हराएर गएको छ । काठमाडौं महानगरपालिकाले ब्रुमरको सहायतामा नियमित धुलो सफा गरिरहेको छ । प्रहरीले ट्राफिक व्यवस्थापन, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वाधार विकास र शहरी विकास मन्त्रालयले शहरको सौन्दर्यकरणका साथै अन्य योजना सञ्चालन गरिरहेको छ । वर्षौँदेखि बिग्रिएका ट्राफिक बत्तीसमेत सञ्चालनमा आएको छ । उपत्यकाको मुख्य सडकमा खाल्डाखुल्डी देखिँदैन । भएका खाल्डा पुर्ने काम जारी छ । सडक चिल्ला र आकर्षक बन्दै छ । ठाउँठाउँमा रंगरोगन लगाएर सौन्दर्यकरणका काम भइरहेको छ । अहिलेको अवस्था नै पर्याप्त नभएपनि उपत्यकाको सडकमा देखिने गरी सुधार आएको छ । सरकारले उपत्यकाको भौतिक पूर्वाधार, यातायात र ट्राफिक व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम अघि बढाएकाले यो सम्भव भएको हो । संघीय राजधानी काठमाडौंको यातायात व्यवस्थापनमा देखिएका समस्याको पहिचान गर्दै त्यसको समाधान गर्ने काममा सरकारको विशेष ध्यान छ । विदेशी विशिष्ट पाहुना र पर्यटकले पहिलो साक्षत्कार गर्ने तथा धेरैजसो अन्तर्राष्ट्रिय सभा–सम्मेलन हुने भएकाले व्यवस्थित र सुन्दर काठमाडौं बनाउन काठमाडौं केन्द्रीत योजना अघि बढाइएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने मुलुकको राष्ट्रिय आकांक्षा पूरा गर्न पूर्वाधारको विकास महत्वपूर्ण आधार हो । पूर्वाधार निर्माण विना विकास र समृद्धिको चाहना सकिँदैन । नीतिगत र सांगठनिक सुधार गरी विकास निर्माणलाई तीव्रता दिएको बताए । मन्त्री नेम्वाङले भने, ‘विकासको आधार तयार पार्ने अभियानमा सरकार छ, यो वर्षको प्राथमिकतामा उपत्यका हो, उपत्यकाको ‘व्यूटिफिकेसन’मा हाम्रो बढी जोड छ ।’ काठमाडौं उपत्यकाको कतिपय कोरिडोर खुलिसकेका छ भने कतिपय निर्माणाधिन अवस्थामा छ । उपत्यका भित्रिने शाखा सडकको स्तरोन्नतिसमेतलाई प्राथमिकता दिएर काम भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो १०० दिनमा मात्रै सरकारले काठमाडौं उपत्यकाको नौ हजार ५०० खाल्डाखुल्डी पुरेको जनाएको छ । हिउँदमा कालोपत्र गरिने समय नभएपनि उक्त अवधिमा उपत्यकाको मुख्य क्षेत्रका २७ किलोमिटर सडक कालोपत्र भइसकेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्ममा सरकारले उपत्यकाको ८५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको छ । उपत्यकाको कोरिडोरलगायत क्षेत्रको स्तरोन्नति र कालोपत्रको प्रगति छुट्टै छ । मन्त्रालयका अनुसार काठमाडांैको कोटेश्वर चोकमा वर्षाैदेखि हुँदै आएको ट्राफिक जाम व्यवस्थापनका लागि अल्पकालिन समाधानका रूपमा सडक चौडा पार्ने प्रक्रिया थालिएको छ । सडक चौडा पार्न चोकको दक्षिणतर्फको जग्गा प्राप्त भइसकेको र उत्तरतर्फको जग्गा अधिग्रहणको प्रक्रियामा छ । मनोहरा कोरिडोरको सडकलाई प्रयोगमा ल्याई कोटेश्वर चोकमा आउने सवारीलाई कम गर्न वैकल्पिक मार्ग सञ्चालनमा ल्याउन निर्माण कार्य थालिएको मन्त्रालयले जनाएको छ । आफ्नो एक सय दिनको उपलव्धीबारेमा जानकारी दिँदै मन्त्री नेम्वाङले उपत्यकाको चक्रपथअन्र्तगत ग्वार्काे, सातदोबाटो, नक्खुचोकमा फ्लाई ओभरका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम थालिएको बताए । सूर्यविनायक–धुलिखेल सडकखण्डलाई विस्तार गर्न र जडिबुटी–कोटेश्वरको जामको दीर्घकालिन समाधानका लागि जापान सरकारसँग समन्वय भइरहेको उनले बताए । काठमाडौं उपत्यकाको १७ वटा चोकमा ट्राफिक बत्ती जडान गरिसकिएको छ भने छ वटामा असार महिनाभित्रमा जोड्ने योजना सरकारको छ । रासस
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  ०७:२९
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP