रौतहट– एमालेको रौतहट जिल्ला अधिवेशन उद्घाटन गर्न पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई १०१ किलोको मालाले रौतहटमा स्वागत गरिएको छ ।
उनको स्वागतमा पार्टी कार्यकर्ताहरुले १०१ किलोको माला लगाइदिएका हुन् ।
एमालेको रौतहट जिल्ला कमिटीको १० औं अधिवेशन बिहीबार नै ओलीले उद्घाटन गर्नेछन् ।