Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘सामाखुसी क्षेत्रबाट म्यानपावर हटाउन खोजे सशक्त प्रतिवाद गरिन्छ’
‘सामाखुसी क्षेत्रबाट म्यानपावर हटाउन खोजे सशक्त प्रतिवाद गरिन्छ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ २४, २०८०
हरिबहादुर पाण्डे अध्यक्ष, सामाखुसी वैदेशिक रोजगार एकता समिति

काठमाडौं महानगरपालिकाले महानगरको वडा नंं २७ अन्तर्गत सामाखुसी आवास क्षेत्रमा भएका म्यानपावर कम्पनीहरु हटाउन उर्दी जारी गरेपछि यतिखेर व्यवसायीहरु अन्योल र त्रसित देखिएका छन् । सात दिनको समयसीमा दिएर म्यानपावरलगायत व्यावसायिक कार्यालय र कलकारखाना हटाउन गत बिहीबार महानगरपालिकाले माइकिङ गरेपछि व्यवसायीहरु आन्दोलित भएका छन् । दशकौंदेखि व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीले विनाजानकारी महानगरले जारी गरेको उर्दीलाई प्रतिवाद गर्ने बताएका छन् । यसै सन्दर्भमा समस्या समाधानका लागि पछिल्लो समय भइरहेका गतिविधि र व्यावसायिको तयारीबारे नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वउपाध्यक्ष तथा सामाखुसी वैदेशिक रोजगार एकता समितिका अध्यक्ष हरिबहादुर पाण्डेसँग प्रभावले गरेको कुराकानीः

►काठमाडौं महानगरपालिकाले सामाखुसी टाउन प्लानिङबाट म्यानपावर कम्पनीहरु हटाउनुपर्‍यो भन्दै माइकिङ गरेपछि व्यवसायी त्रसित छन्, यस्तो अवस्था कसरी आयो ?
राज्यको कमजोरीकै कारण व्यवसायीहरुले दुःख पाउँदै आएका छन् । विधिवत्रुपमा राज्यबाटै अनुमति लिएर करोडौँ रुपैयाँ धरौटी राखेर दशकौंदेखि व्यवसाय गरिरहेकाहरुलाई हठात् हट्नुपर्‍यो भन्ने उर्दी आएपछि त्रसित हुनु स्वाभाविकै हो । यस्तो अवस्था आउनुमा व्यवसायीहरुकै बेमेल, अव्यवस्थित पार्किङ र व्यावसायिक रुपमा हुने भीडभाडले काम गरेको हुनसक्छ । जे भए पनि विकल्पविनाको उर्दीले समस्या हल गर्दैन । यसमा हामी छलफल गर्दै छाैँ ।

►सामाखुसी आवास क्षेत्र भएका कारण यहाँबाट व्यावसायिक कम्पनीहरुलाई हटाउनुपर्ने माग बढेको भनिन्छ नि ? 
यो क्षेत्र (सामाखुसी) अहिले आएर रेसिडेन्सी एरिया (आवास क्षेत्र) भएको होइन, हामी दशकौंदेखि यहाँ कार्यालय सञ्चालन गरिरहेका छाैँ । यत्तिका वर्ष उहाँहरु (स्थानीय तहका प्रतिनिधिहरु) कहाँ जानुभएको थियो ? र, अहिले यस्तो कुरा गरिरहनुभएको छ । विनासूचना माइकिङ गर्दै सात दिनभित्र म्यानपावरलगायत व्यवासायिक कार्यालयहरु, कलकारखाना हटाउनु भन्ने उर्दी गर्नु विडम्बना हो ।

Hardik health

►तपाईंहरुको कारण भीडभाड बढेकाले स्थानीयलाई समस्या भएको पनि हुनसक्छ, त्यता ध्यान दिनुभएको छ कि छैन ?
सामाखुसी रेसिडेन्सी एरिया हो भन्ने सबैलाई थाहा छ, यो पनि थाहा छ कि यहाँका घरबेटीहरु र विभिन्न पेसा व्यवसाय गरिरहेकाहरुले म्यानपावरहरुकै कारण मनग्य आम्दानी गरिरहेका छन् । यस्तो ठाउँमा व्यापार व्यवसाय गर्न सटर खोल्न पाइने, म्यानपावरको अफिस राख्न नपाइने भन्ने कुरा तर्कयुक्त छैन । हो, यहाँ वैदेशिक रोजगारीमा जाने मानिसको भीडभाड हुन्छ, पार्किङको समस्या छ । यसले केही हदसम्म समस्या ल्याएको छ । त्यसका लागि यहाँको आवासीय समितिसँग छलफल गरिरहेका छाैँ । मंगलबारबाटै बाइकहरुलाई निःशुल्क पार्किङका लागि नजिकैको मण्डलामा व्यवस्था मिलाइएको छ । चारपांग्रे सवारीसाधनका लागि पनि उपयुक्त स्थानको पहिचान गरी व्यवस्था मिलाइँदै छ । समस्या समाधानका थुप्रै विकल्पहरु हुँदाहुँदै उर्दी जारी गर्नु बल मिच्याइँ मात्र हो ।
 
►तपाईं यस क्षेत्रमा भएका म्यानपावर कम्पनीहरुको क्षेत्रीय संस्थाको अध्यक्ष भएको नाताले समस्या समाधानका लागि कस्तो प्रयास गरिरहनुभएको छ ?
हामी अहिले यहाँको आवासीय समितिसँग छलफलमै छाैँ । समस्या हल गर्न भनेरै विभिन्न विकल्प दिएर बुधबार पनि छलफल गर्दै छाैँ । यति गर्दा पनि उहाँहरुले ‘तपाईंहरु हट्नैपर्छ’ भन्नुभयो भने वडा कार्यालय जान्छाैँ । त्यहाँबाट पनि निकास निस्केन भने महानगरपालिकको कार्यालयमा जान्छाैँ । यति गर्दा पनि भएन भने आफ्नो व्यावसायिक सुरक्षाका लागि अदालत जान बाध्य हुनेछाैँ ।


 
►सामाखुसीमात्रै किन, तपाईंहरुले अन्य विकल्प पनि सोच्नुभएको होला नि ?
हामीले म्यानपावर सार्ने विकल्प नै देखेका छैनौं । विकल्पको सवालमा यहाँबाट अन्त जाने कुरै आउँदैन । कि आवासीय क्षेत्रका सबै घरबेटीहरुले तपाईंहरुले ‘म्यानपावर सार्नुहोस्, यहाँ राख्न दिंदैनौं’ भन्नुभयो भने विकल्प सोच्नुपर्ने हुनसक्छ । घरबेटीले बस्न दिएसम्म महानगरले हट भनेर मात्रै हुँदैन । हाम्रो संविधानले नै स्वतन्त्र रुपमा पेसा व्यवसाय गर्न पाउने ग्यारेन्टी गरेको अवस्थामा राज्यबाट अनुमति लिएर कर तिरेर सञ्चालन भइरहेको व्यवसायमाथि जथाभावी गर्न पाइँदैन । हामी २१औं शताब्दीको व्यवसायी हौं । श्रम, ऐन, नियम र पेसागत मर्यादा राम्रोसँग थाहा छ । यहाँबाट हटाउन खोजिए सशक्त प्रतिवाद हुन्छ । देशव्यापी आन्दोलन गर्न पनि हामी तयार छाैँ ।
 
►कतिपय सन्दर्भमा व्यवसायीहरुबीच एकता छैन भन्ने चर्चा सुनिन्छ, समस्या आउनुमा त्यसैको असर त हैन ?
यथार्थ कुरा । व्यवसायीहरुको एकता हिजो पनि थिएन आज पनि छैन । आजको इस्यु व्यवसायीहरुको एकताको मात्र कुरा होइन, समाखुसीमा भएका ५५ वटा म्यानपावरहरुलाई हटाइयो भने भोलि अन्य क्षेत्रमा भएका म्यानपावरहरुको सुरक्षा अवस्था के हुन्छ ? भन्ने हो । भोलि सिनामंगलमा भएको म्यानपावर हटाउनुपर्‍यो भनिएला, पर्सी बसुन्धराको भन्लान् । त्यस्तै चक्रपथको कुरा आउला, ललितपुरबाट पनि हाटाउनुपर्‍यो भन्लान् । यस्तो अवस्थामा कहाँ जाने हो ? राज्यले जवाफ दिनुपर्‍यो । हाम्रा कारणले भनौं हामीले सञ्चालन गरेको म्यानपावरले कुनै समस्या सिर्जना गरेको भए वा हुने अवस्था आए त्यस्ता समस्या र कमीकमजोरी सुधार गर्न हामी प्रतिबद्ध छाैँ ।

 


प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार आइतबार, चैत २२, २०८२
आठ महिनामा भित्रियो साढे १४ खर्ब 
आठ महिनामा भित्रियो साढे १४ खर्ब  शुक्रबार, चैत २०, २०८२
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी बिहीबार, चैत १९, २०८२
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत १८, २०८२
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP