Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #एनएफपिजे
  • #फाउल_पोक्स
  • #निर्वाचन_आयोग
  • #श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा
  • #सिसी क्यामेरा
  • #रास्वपा
  • #गगनकुमार थापा
  • #नाकछोङ
Search Here
समाचार
  • Home
  • समाचार
  • विश्व स्वास्थ्य संगठनको चेतावनीपछि भ्रमण वर्ष कार्यक्रम स्थगित
विश्व स्वास्थ्य संगठनको चेतावनीपछि भ्रमण वर्ष कार्यक्रम स्थगित
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, फागुन १७, २०७६
Hardik health
काठमाडौं – विश्व स्वास्थ्य संगठनको चेतावनीपछि सरकारले अघिल्लै वर्षदेखि प्रचारमा ल्याएको नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ । अष्ट्रेलिया भिषण आगलागीको चपेटामा पर्दासमेत हाम्रा पर्यटन मन्त्रीले त्यहाँ पुगेर ठूलो उत्सव मनाएका थिए । त्यसको अष्ट्रेलिया र नेपाल दुवैतिर व्यापक बिरोध भयो । अहिले पनि नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनको चेतावनी नआइन्जेल सरकार भ्रमण वर्षको कार्यक्रम स्थगित गर्न तयार थिएन । त्यहीकारण दुई महिनादेखि संसारका विभिन्न देशमा प्रचारप्रसार गरिँदै आएको नेपाल भ्रमण वर्ष २०२० स्थगित गरिएको छ । कोरोना भाइरस भनिने कोभिड—१९ विश्वभर तीव्र गतिमा फैलन थालेपछि नेपाल सरकारले विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको कुरा एक औपचारिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी गराएका छन् । शनिबार पर्यटन प्रवर्द्धनका निम्ति काठमाडौंमा आयोजित पदयात्रा कार्यक्रम पछि बोल्दै मन्त्री योगेश भट्टराईले विदेशमा हुने प्रचारप्रसारका काम स्थगित गरी सरकार आन्तरिक पर्यटन प्रवर्द्धनको काममा केन्द्रित भएको जानकारी दिए । परिस्थिति अनुकुल नहुँदासम्म आन्तरिक पर्यटनलाई जोड दिने नीति लिएको उनको धारणा थियो । नेपाल भ्रमणवर्ष २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यलाई कोरोना भाइरसको आतंकले अवरोध गरेको उनले बताए । विश्वजगत कोरोनाबाट प्रभावित बन्दै गएको सन्दर्भमा आएका सुझावलाई मध्यनजर राखी विदेशमा हुने प्रचारप्रसारका कार्यक्रम स्थगित गरिएको बुझिएको छ । विदेशमा हुने पर्यटन प्रचारप्रसारका कामलाई केही समय स्थगित गरी देशभित्रको पर्यटन प्रवर्द्धनको काममा बढी ध्यान दिने नीति सरकारले अघि सारेको छ । परिस्थिति अनुकुल भई सन्त्रास हट्दै गएपछि फेरि सक्रियताका साथ भ्रमणवर्षको प्रवर्द्धनात्मक कार्यक्रम लिएर निस्कने पर्यटन मन्त्रालयको योजना छ । २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्ष २०२० लाई धुमधामसँग मनाउन र विभिन्न माध्यमबाट प्रचारप्रसारका काम अघि बढेपनि नयाँ वर्ष २०२० सुरु भएसँगै चीनको वुहानबाट देखा परेको कोरोनाका कारण उक्त कार्यक्रम नराम्ररी प्रभावित भयो । कोरोनाकै कारण वर्षको सुरुदेखि नै चीनबाट आउने पर्यटकहरुको संख्यामा कमि आएको थियो । नेपालमा कोरोनाको प्रभाव नदेखिएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा नाकाहरुमा सरकारले कडाइ गरेको छ । सरकारले विमानस्थल र सीमा नाकाहरुमा आवश्यक उपकरणसहित स्वास्थ्यकर्मीको टोली खटाएको छ । कोरोना प्रभावित मुलुकहरुमा पर्यटन आवतजावतमा मात्रै नभएर व्यापार व्यवसाय, औषधि उत्पादन, कच्चा पदार्थ आयात निर्यातमा पनि असर गरेको छ । कतिपय ठाउँमा हप्तौँदेखि विद्यालयहरु समेत बन्द रहेका छन् । त्यसको प्रभाव नेपालमा पनि कुनै न कुनै रुपमा पर्नु अवश्यम्भावि छ ।
प्रकाशित मिति: शनिबार, फागुन १७, २०७६  १५:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण शुक्रबार, पुस ४, २०८२
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा सोमबार, मंसिर २९, २०८२
एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनका लागि सरकार सकारात्मक छ :  अर्थमन्त्री खनाल
एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनका लागि सरकार सकारात्मक छ :  अर्थमन्त्री खनाल बिहीबार, मंसिर २५, २०८२
एनआरएनए महासचिव लामाले ल्याए सदस्यता विकेन्द्रीकरण र पारदर्शिताको मोडेल
एनआरएनए महासचिव लामाले ल्याए सदस्यता विकेन्द्रीकरण र पारदर्शिताको मोडेल बिहीबार, मंसिर २५, २०८२
एनआरएनए एकतालाई प्रभावकारी बनाउन सबै मुद्दा फिर्ता गर्न उपाध्यक्ष साहको आग्रह
एनआरएनए एकतालाई प्रभावकारी बनाउन सबै मुद्दा फिर्ता गर्न उपाध्यक्ष साहको आग्रह सोमबार, मंसिर २२, २०८२
एनआरएनएबीचको ऐतिहासिक एकता दिगो कायम होस्: सञ्‍चारमन्त्री खरेल
एनआरएनएबीचको ऐतिहासिक एकता दिगो कायम होस्: सञ्‍चारमन्त्री खरेल आइतबार, मंसिर १४, २०८२
गैरआवासीय नेपाली संंघकाे एकता कोशेढुंगा सावित हुनेछः प्रधानमन्त्री कार्की
गैरआवासीय नेपाली संंघकाे एकता कोशेढुंगा सावित हुनेछः प्रधानमन्त्री कार्की आइतबार, मंसिर १४, २०८२
लोकप्रिय
  • Week
  • Month
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
नबिल बैंककाे   पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
नबिल बैंककाे पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP