Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • नेपाली कामदार लैजान जापानका व्यावसायी इच्छुक
नेपाली कामदार लैजान जापानका व्यावसायी इच्छुक
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन १६, २०७६
Hardik health
काठमाडौं– नेपाली कामदार लैजान जापानका निजी क्षेत्रहरू अत्यन्तै इच्छुक देखिएका छन् । बिहीबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यालय काठमाडौंमा आयोजना भएको अन्तक्र्रिया कार्यक्रममा जापानका आउटसोर्सिङ इन्कर्पोरेट टोकियोका कार्यकारी निर्देशक सुइची साहोले नेपाली कामदारको इमानदारिताका कारण जापानीहरूको रोजाइमा नेपाली परेको बताए । कार्यक्रममा कार्यकारी निर्देशक साहोले आफ्नो कम्पनीले जापानमा मात्र नभएर १७० मुलुकमा ९० हजार कामदारले काम पाइरहेको बताएका छन् । आफ्नो कम्पनीले अहिले पनि नेपालीहरूलाई प्राथमिकताका साथ काममा लगाइरहेको बताएका छन् । यसैले पनि जापानका लागि नेपालका राजदूतसँगको सल्लाहमा आफू नेपाल सरकारसँग कसरी बढीभन्दा बढी नेपालीहरूलाई जापानमा कामदारका रूपमा लैजान सकिन्छ भन्ने बारेमा कुरा गर्न आएको उनले बताए । आफू नेपालमा आएपछि विभिन्न क्षेत्रका व्यक्ति÷व्यक्तित्वहरूसँग भेट भएको बताउँदै कार्यकारी निर्देशक साहोेले भने, ‘मुख्यगरी नेपालका श्रम मन्त्रीसँग भेट भएको र यो उपलब्धिपूर्ण हुने आसा पलाएको छ ।’ यसबीचमा खाडी मुलुकभन्दा जापानमा जान चाहने नेपालीहरूको इच्छा पनि आफूले पाएको यत्ति मात्र नभएर जापानमा नेपालमा भन्दा १० गुणा बढी पारिश्रमिक रहेको पनि उनले बताएका छन् । जापानमा दक्ष कामदार मात्र चाहिने हुनाले अहिले कम्बोडिया, फिलिपिनो र इन्डोनिसयाबाट कामदार झिकाइएको तर यसका लागि जापानले नै सम्बन्धित मुलुकहरूमा तालिम केन्द्रहरूको स्थापना गरेको पनि उनले बताए । जापानमा नेपालीको आम्दानी करिब २ लाखको हाराहारीमा रहेकाले जापान नेपालीहरूका लागि उत्कृष्ट श्रम गन्तव्य हुन सक्ने पनि उनले बताएका छन् । आगामी सन् २०३० सम्ममा जापानले एक लाख नेपाली कामदारलाई लैजाने सोच बनाएको पनि उनले बताए । तर, यसका लागि सबैभन्दा बढी समस्या भनेको नै लागत खर्च हो । यसका लागि जापानी संस्कार जानेको, भाषाको ज्ञान हुनुपर्ने, अनुशासनका साथै प्रमुख रूपमा नेपाली एजेन्टले लिने शुल्क हो । यहाँ नेपालमा जापानको नाममा अत्यन्तै बढी शुल्क लिने र कामदारले जापानमा काम गर्न नसकेर नेपाल फक्र्यो भने ऋणको भारी बोक्नुपर्ने आफूले पाएको उनले बताएका छन् । तर, यो समस्या नेपालमा मात्र नभए संसारभरी नै भएको भन्दै यसरी लागतभन्दा बढी शुल्क लिएको पाइएमा जापानले नै उसको इजाजतपत्र रद्द गरिने हुनाले आजदेखि नै सबैले ध्यान दिनुपर्ने उनले बताए । कम्बोडिया, फिलिपिन्स, इन्डोनेसियाजस्ता मुलुकहरूमा पनि बढी शुल्क असुलेको पाइएको र बढी रकम लिनेलाई कालोसूचीमा राखेर जापानले उनीहरूबाट कामदार नलिइएको बताउँदै भने, ‘हामी भोलि रहौँला, नरहौँला तर अबको तीन÷चार पुस्तासम्मका लागि उपयुक्त प्रणाली विकास गरेर कोही कसैबाट नठगिने वातावरण तयार गर्नुपर्छ ।’ अबको केही वर्षपछि जापान प्रौढ (बुढबूढी)हरूको मात्र मुलुक बन्ने सम्भावना बढ्दै गएकाले यसबेला पनि नेपालीहरूले जापानमा मौका पाउनुपर्ने र यसका लागि नेपाल सरकारले जापान सरकारसँग वार्ताहरू अघि बढाउनु जरुरी रहेको उनले बताएका छन् । जापान कामदारले कहिल्यै नपुग्ने मुलुकमा गनिन्छ । त्यहाँ जति कामदार आउँछन् उनीहरूका लागि काम दिन सक्ने वातावरण रहेको बताउँदै यस्तो अवस्थाको फाइदा लिन नेपाल सरकार चुक्नु नहुने उनले बताए । कार्यक्रममा संघका महासचिव सुजित श्रेष्ठले नेपाल र जापानबीच भएको सम्झौता अनुरूप काम अगाडि बढ्न नसकेको र अहिले नेपाल सरकार पनि परिमार्जनको तयारीमा रहेकाले उनीहरूले मन्त्रीको भ्रमणको चाँजोपाँजो समेत मिलाएको जानकारी दिएका छन् । तर यसका लागि जापानले नै नेपालमा तालिम केन्द्र स्थापना गर्ने यसबाट दक्ष कामदार उत्पादन गरेर जापान लैजाने पक्षमा जापान रहको उनले जानकारी गराए । जापानको आउटसोर्सिङ इन्कर्पोरेट नै नेपालमा साझेदारीमा विभिन्न तालिम केन्द्र खोल्ने र उनीहरूले नै नेपाली रिक्रुटमेन्ट कम्पनीहरूलाई कामदारको आपूर्तिको कोटा बाँड्ने महासचिव श्रेष्ठले जानकारी गराएका छन् । हाल सो कम्पनीले जिट्कोलाई नै निरन्तरता दिने पक्षमा उभिएको उनले बताएका छन् । जिट्कोबाट नेपाली कामदार जाँदा अहिले पहिले ३ वर्ष, त्यसपछि ५ वर्षका लागि सो भिसा परिणत हुने हुनाले सोही प्रणालीबाट एक नेपालीले चाहेको खण्डमा जापानमा ८ वर्ष बस्न सक्ने बताउँदै यहि प्रणाली नेपालका लागि उत्तम हुने महासचिव श्रेष्ठले बताए । उनका अनुसार जापानले नेपालीलाई शून्य लागतमा लैजाने कुरा भएको छ । नेपालीलाई सेवा शुल्कबापत जापानी कम्पनीले एक हजार अमेरिकी डलर उपलब्ध गराउनेसमेत कुुरा भएको महासचिव श्रेष्ठ बताउँछन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६  ०५:११
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP