Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संकट
  • #भिनेता_धीरज_कुमार
  • #इयु_चीन
  • #बाँझोपना
  • #एनआरएनए_जापान
  • #छाउगोठ
  • #धुलिखेल-खावा_सडक
  • #सांसद
  • #मौद्रिक नीति
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • केजिएफका डविङ आर्टिष्ट सचिनले गरे हिन्दीमागोर्खा वारियरको स्वराँकन 
केजिएफका डविङ आर्टिष्ट सचिनले गरे हिन्दीमागोर्खा वारियरको स्वराँकन 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ ९, २०८०

काठमाडौं– आगामी ११ फागुनबाट नेपालमा रिलिज हुने ऐतिहाँसिक नेपाली अन्तराष्ट्रिय चलचित्र गोर्खा वारियर अहिले चार भाषामा तयार भईरहेको छ । यो चलचित्रको नेपाली भर्सन तयार छ भने हिन्दी, अँग्रेजी र कोरियन भर्सन तयार गर्ने क्रम पनि अन्तिम चरणमा पुगेको छ । यो चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

यसै क्रममा गोर्खा वारियरको हिन्दी सँस्करणको स्वराँकन कार्य मुम्बईमा अन्तिम चरणमा पुगेको छ । यो चलचित्रको मुख्य नायक रितेस चाम्सको हिन्दी संस्करणको स्वराँकन भारतका चर्चित डविङ आर्टिष्ट सचिन गोलेले गरिरहेका छन् । सचिन ति कलाकार हुन, जसले दक्षिण भारतीय फिल्म केजीएफका लागि अभिनेता यशको हिन्दी संस्करणको स्वराँकन गरिसकेका छन् । केजीएफको च्याप्टर वान र टु हिन्दी सँस्करणमा नायक यशको स्वराँकन सचिन गोलेले गरेका कारण पनि हिन्दी सँस्करणको स्वराँकन निकै प्रभावशाली बनेको थियो । तिनै कलाकारले यतिबेला अभिनेता रितेश चाम्सको हिन्दी भाषाको स्वराँकन गरेको यो चलचित्रका निर्देशक मिलन चाम्सले जानकारी गराएका छन् । यही चलचित्रबाट नायकको रुपमा रितेशले शिर्ष भूमिकामा डेब्यु गरेका हुन् ।   

यो चलचित्रको हिन्दी सँस्करणमा अरु कलाकारको स्वराँकन पनि डिज्नीलगायत विभिन्न हलिउड तथा दक्षिण भारतीय फिल्मको स्वराँकन गर्ने भारतीय डविङ आर्टिष्टको स्वरमा डविङ गर्ने कार्य तिब्रगतिमा भईरहेको निर्देशक चाम्सले जानकारी गराएका छन् । यो सिनेमाको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत समेत रहेको छ । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।

हालैमात्र पहिलोपटक बेलायतमा ऐतिहाँसिक रेड कार्पेट प्रिमियर गरेपछि अन्तराष्ट्रिय जगतमै चर्चा कमाएको नेपाली चलचित्र ‘गोर्खा वारियर’ यही ११ फागुनबाट देशव्यापी रिलिज हुँदैछ । चलचित्र गोर्खा वारियरले ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस’ (बाफ्टा) अवार्डका लागि हालै प्रारम्भिक चरणको सूचीमा प्रवेश पाएको छ । यो सँगै गोर्खा वारियर अन्तराष्ट्रिय रुपमै लोकप्रिय हुँदैछ । 

यो चलचित्रको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । 
गोर्खा वारियरमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ । 

यो चलचित्रमा दोश्रो विश्व युद्ध अन्तर्गत मलायाको युद्धमा गोर्खा सैनिकले बीरताका साथ लडेर हाँसिल गरेको सफलतासँगै उनीहरुको सँघर्षको कथा समेटिएको छ । सँसारमै शाहसिक भनेर चिनिने गोर्खाली योद्धाको सँघर्षमा आधारित गोर्खा वारियरले उनीहरुको युद्धसँगै पारिवारिक कथालाई पर्दामार्फत विश्वका दर्शकमाझ पु¥याउने कथन निर्देशक मिलन चाम्सको रहेको छ ।
 


प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
लिम्बु भाषामा ‘ए फुंङ्..’ सार्वजनिक 
लिम्बु भाषामा ‘ए फुंङ्..’ सार्वजनिक  आइतबार, साउन ४, २०८२
चलचित्र ‘परिवार’ निर्माणको घोषणा
चलचित्र ‘परिवार’ निर्माणको घोषणा शुक्रबार, साउन २, २०८२
चलचित्र ‘गुन्यु चालो : द ड्रेस’को गीत ‘म फूल हुँ कि काँडा’  सार्वजनिक
चलचित्र ‘गुन्यु चालो : द ड्रेस’को गीत ‘म फूल हुँ कि काँडा’ सार्वजनिक बुधबार, असार ३२, २०८२
रहेनन् अभिनेता धीरज कुमार
रहेनन् अभिनेता धीरज कुमार मंगलबार, असार ३१, २०८२
“आकाशै राम्रो जुनले“ सार्वजनिक
“आकाशै राम्रो जुनले“ सार्वजनिक मंगलबार, असार ३१, २०८२
चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक
चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक मंगलबार, असार ३१, २०८२
इन्द्र चौधरीको 'सुदूरपश्चिमका थारू संस्कृति र लोककथा' सार्वजनिक
इन्द्र चौधरीको 'सुदूरपश्चिमका थारू संस्कृति र लोककथा' सार्वजनिक सोमबार, असार ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
डण्डा चलाउने संस्थापन, फुटको संघारमा संस्थापनइतर
डण्डा चलाउने संस्थापन, फुटको संघारमा संस्थापनइतर
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
जसपाको निष्कर्ष– संघीयतापछि देशले कोल्टे फेर्यो 
जसपाको निष्कर्ष– संघीयतापछि देशले कोल्टे फेर्यो 
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP