Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लिम्बु भाषा
  • #संकट
  • #कुलिङ_पिरियड
  • #‘याङवाङ यु७’
  • #गाथामग_चह्रे
  • #इयु_चीन
  • #कृषि
  • #‘स्वर्ग मेरो’
  • #एनपिएल
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रधानमन्त्रीको उद्घाटन मोह
प्रधानमन्त्रीको उद्घाटन मोह
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २, २०८०

मेलम्ची खानेपानी उद्घाटनः आयोजनाअन्तर्गत हाल प्रयोग हुँदै आएको वैकल्पिक प्रणालीलाई पनि बाह्रै महिना सञ्चालन गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित पदाधिकारीलाई मैले निर्देशनसमेत दिएको छु ।
अर्घाखाँची पर्यटन महोत्सवः आजकाल म १० बजे नै सिंहदरबार पुग्छु । सबै मन्त्रालयहरुको ब्रिफिङ लिन्छु । उनीहरुलाई तार्गेट दिन्छु । यो एक महिनाभित्र पूरा भएन भने हेरफेर गर्ने प्रतिबद्धता व्यक्त गरेको छु ।
मगर संघको माघीः म जति सफल हुनुपर्ने हो, अझै भएको छैन । मैले पूर्वलाई किराँत प्रदेश बनाउनुपर्छ भनेर अन्तिमसम्म प्रयास गरेकै हो । तर दुर्भाग्य हाम्रो पार्टी निर्णय गर्ने हैसियतमा चुनावबाट आउन सकेन । परिणाम तपाईं हामीले भोगिराखेकै छौं । 
थारु समुदायको माघीः मैले गणतन्त्रका निम्ति जनक्रान्ति तयारी थाल्दा पहिलो सहयोग गर्ने थारु समुदाय थियो । त्यसकारण थारुको हकहित अधिकारका लागि मेरो काँधमा ठूलो जिम्मेवारी छ । मेरो विवाह हुँदा ससुराली गाउँ थारु बाहुल गाउँ थियो । भावनात्मक रुपमा जोडिएको ठान्छु ।

काठमाडौं– कार्यशैली परिवर्तनको वाचा कसेका प्रधानमन्त्री पुष्पकमल दाहालले एकै दिन चारवटा कार्यक्रम उद्घाटन गरेका छन् । माघे संक्रान्तिको अवसर पारेर बिहानै दाहालले मेलम्चीको पानी वितरणको उद्घाटन गरेका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘डमी धारा’ राखेर दाहालले खानेपानी वितरण थालनी गरेका हुन् ।

यसअघि पनि पटक–पटक उद्घाटन गरेरै पानी वितरण भएकोले यो विषयमा प्रधानमन्त्री दाहालको चौतर्फी आलोचना जारी छ । काठमाडौंका मेयर बालेन्द्र साहले समेत ‘हामीसँग भएको एउटा मन कति पल्ट जित्नुहुन्छ दाहाल सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्वकीर्तिमान कायम गरेर,’ भनी व्यङ्ग्य कसेका छन् । पहिल्यै उद्घाटन भएको थाह पाउँदापाउँदै प्रधानमन्त्री दाहालले सिंहदरबारमा तामझामका साथ कार्यक्रमसमेत गरे ।

कार्यक्रममा दाहालले १२ महिनै पानी आउने व्यवस्था मिलाउने दाबी पेश गरे । ‘खानेपानी मन्त्रालय तथा मेलम्ची खानेपानी विकास समितिको प्रयासमा यस वर्ष खानेपानी पथान्तरण कार्य सम्पन्न भई पुनः वितरण शुभारम्भ कार्यक्रममा हामी सरिक भइरहेका छौं। आयोजनालाई दीगो रूपमा सञ्चालन गर्ने विषय नेपाल सरकारले प्राथमिकतामा राखेको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘दीर्घकालिन समस्या समाधानका लागि विस्तृत अध्ययन तथा ठोस कार्ययोजना बनाई आयोजनाको पुनर्निर्माणको कार्य कार्यान्वयन गरिने छ । आयोजनाअन्तर्गत हाल प्रयोग हुँदै आएको वैकल्पिक प्रणालीलाई पनि बाह्रै महिना सञ्चालन गर्नेगरी व्यवस्था मिलाउन सम्बन्धित पदाधिकारीलाई मैले निर्देशनसमेत दिएको छु ।’

त्यसलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले माघीका अवसरमा आयोजना गरेको चियापानमा सहभागी हुन शितलनिवास पुगेका थिए दाहाल । उनी केही समय त्यता रहेर अर्घाखाँची उडे । अर्घाखाचीको सन्धिखार्कमा आयोजित अर्घाखाँची पर्यटन प्रवद्र्धन कार्यक्रम उद्घाटन गर्दै दाहालले महोत्सवहरू हुन थाल्नु अर्थतन्त्र सुधारका दृष्टिले शुभसंकेत भएको बताए । ‘अघिल्लो वर्ष यस्ता मेला–महोत्सवहरू विरलै हुने गर्दथे । तर, यस वर्ष अभियानकै रूपमा मेला–महोत्सवहरू हुन थालेका छन् । विश्व बैंकलगायतका अन्तर्राष्ट्रिय संघसंस्थाहरूले नेपालको अर्थतन्त्रमा राम्रो सुधार आएको तथा २०२४ मा थप प्रगति हुने प्रक्षेपण गरेका छन् । अर्को वर्ष हामीले राम्रो प्रगति गर्नेछौं,’ दाहालले भने ।

कार्यक्रममा दाहालले आफ्नो नेतृत्वमा प्रगति नै प्रगति भएको फेहरिस्त सुनाउन भ्याए । ‘एक वर्षको अवधिमा सामाजिक न्याय, सुशासन र समृद्धिको क्षेत्रमा महŒवपूर्ण उपलब्धिहरू हासिल भएका छन् । विदेशमा रहेका र अनौपचारिक क्षेत्रका लागि श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको छ । देशका सबै सरकारी अस्पतालका १० प्रतिशत बेड गरिब, विपन्न र असहाय नागरिकका लागि छुट्याउनुका साथै महिला, ज्येष्ठ नागरिक र बालबालिकाको स्वास्थ्य प्रवद्र्धनका नमूना कार्यक्रमहरू लागू गरिएको छ,’ उनले भने, ‘सुशासनका क्षेत्रमा नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, अवैध सुन तस्करी प्रकरणलगायतका अनियमितताको छानविन गरी कानुनी कार्वाही अगाडि बढाइएको छ । नागरिकताबिहीन लाखौं नेपालीहरूलाई नागरिकता ऐन ल्याएर नागरिकता प्रदान गरिएको छ । मिटरब्याजलाई कानुनी रूपमै जघन्य अपराधको रूपमा किटानी गरी त्यसबाट पीडित लाखौं नागरिकलाई न्याय दिइएको छ ।’

दाहालले यतिमै रोकिएनन्, टाट पल्टिन लागेका सार्वजनिक संस्थानहरु आफ्नै पालामा नाफामा गएको दाबीसमेत उनले गरे । ‘पासपोर्ट, लाइसेन्सलगायतका सेवा प्रदायक कार्यालयहरूका लामा–लामा लाइन हटेका छन ्। विद्यालयमा पाठ्यपुस्तक र किसानहरूका निम्ति समयमै मल उपलब्ध गराइएको छ । विश्वविद्यालयहरूमा गुणात्मक सुधार ल्याउन खुला प्रतिस्पर्धाको प्रक्रिया सुरू भई न भसकेको छ,’ प्रधानमन्त्रीले भने, ‘विगतका घाटा ब्यहोरेर टाट पल्टिन लागेका सार्वजनिक संस्थानहरू नाफामा गएका छन् ।’

मन्त्री हटाउने चेतावनी
आफ्नो कार्यकाल सफल भएको बताउने प्रधानमन्त्री दाहालले मन्त्रीहरुलाई भने तार्गेट दिएर काम गर्न लगाएका र नगरे हेरफेर गर्ने चेतावनी दिए । ‘आजकाल म १० बजे नै सिंहदरबार पुग्छु । सबै मन्त्रालयहरुको ब्रिफिङ लिन्छु । उनीहरुलाई तार्गेट दिन्छु । यो एक महिनाभित्र पूरा भएन भने हेरफेर गर्ने प्रतिबद्धता व्यक्त गरेको छु,’ दाहालले भने ।

आफ्नै कार्यशैलीबाट सरकारलाई अझ सुधारको गतिमा लैजाने दाहालको तर्क थियो । गत पुस १० गते जनताको नाममा सम्बोधन गर्दै काम गर्न नसक्ने मन्त्रीहरुलाई ठाउँ ओगटेर नबस्न भनेका थिए । ‘म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई पनि भन्न चाहन्छु, हामीलाई असफल हुने छुट छैन । कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन,’ दाहालले भनेका थिए, ‘हामी सबै आ–आफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौं । कार्यक्षमता प्रमाणित गर्न सकेनौं भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ ।’

दाहालले कार्यसम्पादनमा अब्बल नभए आफूले पनि पद ओगटिरहन नमिल्ने बतएका थिए । आफ्नो पालामा भएका प्रगतिका विवरणको फेहरिस्त सुनाएका दाहाल आफैं भने उद्घाटन र सम्बोधनका कार्यक्रममा सवारी हुनेबाहेक कार्यसम्पादनमा असफल देखिन्छन् ।

‘म जति सफल हुनुपर्ने हो, अझै भएको छैन’
अर्घाखाँचीबाट फर्केलगत्तै दाहाल प्रधानमन्त्री दाहाल पुगे टुँडिखेल । नेपाल मगर संघले सोमबार माघी पर्वको अवसर पारेर टुँडिखेलमा माघी महोत्सवको आयोजना गरेको थियो । प्रधानमन्त्री दाहालले पूर्वी नेपाललाई किराँत प्रदेश बनाउने आफ्नो लक्ष्य पनि निर्वाचनमा पार्टीको हैसियत कमजोर हुँदा पूरा हुन नसकेको बताए । उनले नेपालका प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति बनाउने मागप्रति आफू सहमत रहेको उल्लेख गर्दै त्यसमा पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

देशभक्तिको पक्षमा, जनताको परिवर्तनको पक्षमा, निरंकुशताका विरुद्ध लोकतन्त्रको पक्षमा बलिदान गर्ने सम्पूर्ण सहिदहरुप्रति उच्च सम्मान हुनुका साथै नेपालको क्रान्तिकारी आन्दोलन र राजनीतिक योद्धाहरुको पनि सम्मान हुने भएकाले पनि नेपालका प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने कुरामा आफूले पहल गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो ।

आफू सफल प्रधानमन्त्रीको रुपमा सन्धिखर्कमा प्रस्तुत गरेका दाहालले यहाँ भने भनेजति सफल हुन नसकेको तर्क गरे । ‘म जति सफल हुनुपर्ने हो, अझै भएको छैन । यो कुरा साँचो हो । मैले पूर्वलाई किराँत प्रदेश बनाउनु पर्छ भनेर अन्तिमसम्म प्रयास गरेकै हो । मैले निर्वाचनको क्रममा पनि किराँत भनेको एउटा जातिको मात्रै कुरा होइन,’ दाहालले भने, ‘एउटा इतिहास, सभ्यता र संस्कृतिको कुरा हो भनेकै थिए । तर दुर्भाग्य हाम्रो पार्टी निर्णय गर्नै हैसियतमा चुनावबाट आउन सकेन । परिणाम तपाई हामीले भोगिराखेकै छौं ।’

‘प्राप्त अधिकार रक्षा र सुदृढ गरेर अगाडि बढौं’
टुँडिखेलमै थारुहरुले माघी महोत्सव आयोजना गरिएको थियो । प्रधानमन्त्री दाहाल मगरको माघीबाट थारुको माघीमा पुगे । उक्त कार्यक्रममा उनले आफूले थालेको युद्धमा पहिलो सहयोग थारुले गरेको दाबी गरे । ‘मैले जतिबेला गणतन्त्रका निम्ति जनक्रान्ति तयारी थाल्दा पहिलो सहयोग गर्ने थारु समुदाय थियो । त्यसकारण थारुको हकहित अधिकारका लागि मेरो काँधमा ठूलो जिम्मेवारी छ,’ दाहालले भने ।

उनले आफ्नो ससुरालीसमेत थारु बाहुल गाउँ भएकोले कुनै न कुनै रुपले भावनात्मक रुपमा जोडिएको बताए । उनले नेपालको संविधानले पहिचान र अधिकारका क्षेत्रमा धेरै अधिकारहरू संस्थागत गरेकाले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति रचनात्मक भूमिका खेल्नुपर्ने बताए ।प्रधानमन्त्री दाहालले वर्तमान संविधान राजनीतिक सन्तुलन र सहमतिको दस्तावेज भएको कुरामा जोड दिँदै अधिकारको रक्षा र सुदृढ नगर्दा वर्तमानका उपलब्धिहरूसमेत गुम्नसक्नेतर्फ सचेत रहन आग्रह गरे ।
 


प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १०:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत बुधबार, साउन ७, २०८२
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक बुधबार, साउन ७, २०८२
‘दिव्य पशुपति अभियान’ सुरु:  पर्यटनमन्त्रीको सहभागितामा वृक्षारोपण
‘दिव्य पशुपति अभियान’ सुरु:  पर्यटनमन्त्रीको सहभागितामा वृक्षारोपण बुधबार, साउन ७, २०८२
गाथामग  चह्रे  पर्व मनाउँदै नेवार समुदाय
गाथामग चह्रे  पर्व मनाउँदै नेवार समुदाय बुधबार, साउन ७, २०८२
केरुङमा फसेका नेपालीलाई आज स्वदेश फर्काइँदै
केरुङमा फसेका नेपालीलाई आज स्वदेश फर्काइँदै बुधबार, साउन ७, २०८२
पर्यटक तान्दै चौरीखर्क
पर्यटक तान्दै चौरीखर्क बुधबार, साउन ७, २०८२
कुलिङ पिरियड राख्नैपर्ने कांग्रेस नेताहरुको माग, देउवा भने एमालेलाई सघाउने तयारीमा
कुलिङ पिरियड राख्नैपर्ने कांग्रेस नेताहरुको माग, देउवा भने एमालेलाई सघाउने तयारीमा बुधबार, साउन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP