Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘दिव्य पशुपति अभियान’ सुरु:  पर्यटनमन्त्रीको सहभागितामा वृक्षारोपण
‘दिव्य पशुपति अभियान’ सुरु:  पर्यटनमन्त्रीको सहभागितामा वृक्षारोपण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन ७, २०८२

काठमाडौं– विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पशुपतिनाथ मन्दिर परिसरमा ‘दिव्य पशुपतिनाथ अभियान’ को औपचारिक सुरुवात गरिएको छ । प्लास्टिक फोहोर व्यवस्थापनको समस्या र हरित वातावरण पवर्द्धनलाई ध्यान केन्द्रित गर्दै मंगलबार वृक्षारोपणमार्फत अभियानको थालनी गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले वृक्षारोपण गरेर अभियानको उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा दुई सयभन्दा बढीको उपस्थिति रहेको थियो । कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका कार्यकारी सदस्य सचिव सुवास चन्द्र जोशी, गौशाला प्रहरी प्रभागका डीएसपी सुकदेव खनाल, काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरू, मैनादेवी फाउन्डेसनका अध्यक्ष केपी खनाल, अनुसन्धान तथा दिगो विकास केन्द्र नेपाल (क्रिएसन) की महासचिव तथा क्लाइमेट स्मार्ट सिटीज परियोजनाकी टिम लिडर सुजाता कोइराला लगायतको उपस्थिति रहेको थियो ।

अभियान अन्तर्गत वृक्षारोपण, सरसफाइ, फ्रन्टलाइन कर्मचारीका लागि व्यावसायिक सुरक्षा तालिम, प्लास्टिक फोहोरको पुनःप्रयोग र पुनःचक्रणमा केन्द्रित जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताइएको छ। मन्त्री पाण्डेले अभियानलाई वार्षिक रूपमा निरन्तरता दिनुपर्नेमा जोड दिँदै भने, ‘यो अभियानले हाम्रो पवित्र सम्पदालाई स्वच्छ र हरियाली बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउनेछ। साथै, यसले दिगो र समावेशी शहरी विकासको दृष्टिकोणलाई पनि प्रतिविम्बित गर्छु ।’ 

Hardik health

मैनादेवी फाउन्डेसनका अध्यक्ष केपी खनालले वर्षभरि सञ्चालन हुने कार्यक्रमहरूमा समुदायको सक्रिय सहभागिता सुनिश्चित गरिने र वातावरणीय संरक्षणमा ध्यान केन्द्रित गरिने जानकारी दिए। क्रिएसनकी महासचिव कोइरालाले प्लास्टिक फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि जनचेतनाको भूमिका अपरिहार्य रहेको बताउँदै भनिन्, ‘पशुपतिनाथ क्षेत्रमा जस्तै वातावरणमैत्री अभियान भरतपुरमा पनि प्रारम्भ गरिनेछ।’

क्रिएसनले लिड गरेको ‘क्लाइमेट स्मार्ट सिटीज’ परियोजनाअन्तर्गत सञ्चालनमा आएको ‘दिव्य पशुपतिनाथ अभियान’ दीर्घकालीन रूपमा अगाडि बढाउने भएको छ । यस अभियानले फोहोर व्यवस्थापन, प्लास्टिक प्रयोग न्यूनीकरण, पुनः प्रयोग र पुनः चक्रण पवर्द्धनजस्ता गतिविधि समेट्नने जनाएको छ ।


प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १४:२५
#‘दिव्य पशुपतिनाथ अभियान’
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP